मालपोत कार्यालयहरु खोल्न निर्देशन
काठमाडौं , २४ जेठ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले शुक्रबार एक सूचना जारी गर्दै आइतबारदेखि सबै कार्यालय खोल्न निर्देशन दिएको छ । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।
२०७७ जेष्ठ २४ गते, शनिबार