राजनीति

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको […]

२०८१ मंसिर २ गते, आईतवार

निर्वाचन आचारसंहिता लागू

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू भएको जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय […]

२०८१ मंसिर २ गते, आईतवार

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदै

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुन लागेको उक्त निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा हुने जनाएको छ । आज साँझ ५ देखि […]

२०८१ मंसिर २ गते, आईतवार

‘अमृत सापकोटा नेकपामा छैनन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पर्साका सेक्रेटरी फिरोज सीले पर्सा जिल्ला कमाण्डर छुँ भन्दै रकम असुली गर्दै हिड्ने गोरखाका अमृत सापकोटा आफ्नो पार्टी कार्यकर्ता नभएको स्पष्ट पारेका छन् । सेक्रेटरी फिरोजले पर्सा एसपी कुमोद ढुङ्गानाले सञ्चार माध्यममा नेकपाका कार्यकर्ता भनी प्रेषित समाचार सत्य नभएको बताएका छन् ।नेकपाको नाममा नक्कली धन्दा गरिरहेका सापकोटालाई २८ गते अपरान्ह […]

२०८१ मंसिर २ गते, आईतवार

युवा संगठन नेपालद्वारा ३५ क्विन्टल धान उत्पादन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट संगठन युवा संगठन नेपाल केन्द्रीय समितिले दाङको तुलसीपुर-२ मचोटमा करिब २२ कठ्ठामा लगाएको धान भित्र्याएको छ । संगठनले २२ कठ्ठामा करिब ३५ क्विन्टल धान उत्पादन गरेको संगठनका केन्द्रीय उपाध्यक्ष विश्लेषण सीले जानकारी दिंदै भने- ‘हामी योजनाबद्ध ढंगले कृषि उत्पादनमा जोडिएका छौँ । राजनीतिलाई उत्पादनसंग जोडेर काम गरिरहेको पार्टी नेपालमा नेकपा […]

२०८१ मंसिर १ गते, शनिबार

‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने तयारी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक नवलकिशोर साह सुडीले बालविवाहका कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिला थप प्रताडित […]

२०८१ मंसिर १ गते, शनिबार

कर्जन्हाका पूर्वमेयरसहित पाँचजना भ्रष्टाचारी ठहर

काठमाडौँ । विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगापासवानसहित ५ जनालाई प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको ठहर छ । अदालतले भ्रष्टाचार मुद्दामा पूर्व मेयर पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

२०८१ कार्तिक ३० गते, शुक्रबार

‘देशलाई प्रतिगमनतिर लैजाने कसरत असफल पारौं’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले देशलाई फेरि एकपटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको बताएका छन । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।प्रचण्डले आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको […]

२०८१ कार्तिक ३० गते, शुक्रबार

राष्ट्रपति पौडेल स्वदेश फर्किए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन्। राष्ट्रपति पौडेल अजरबैजानको बाकु शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिई आज स्वदेश फर्किएका हुन्। उनी कतारको राजधानी दोहा हुँदै शुक्रबार काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति पौडेल यही कात्तिक २५ गते उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजान प्रस्थान गरेका […]

२०८१ कार्तिक ३० गते, शुक्रबार

रास्वपाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता

काठमाडौँ । अधिवक्ता अनुपम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता गरेका छन् । सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, अदालतको बुधबार आदेशपछि अवहेलनाको निवेदन दर्ता भएको हो । अधिवक्ता भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद र नेताविरुद्ध दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते […]

२०८१ कार्तिक २९ गते, बिहीबार