राजनीति

जनपत्रकार संगठन कास्कीको भेला सम्पन्न

काठमाडौँ । जनपत्रकार संगठन कास्की जिल्लाको भेला सम्पन्न भएको छ। भेलाले सृष्टि वाईवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको बताइएको छ। संगठनको सचिवमा सुदिप भट्टराई चयन भएका छन । भेलामा नेपाल कम्युनिस्ट पार्टी जिल्लाका इन्चार्ज पुर्नजित पुन र सेक्रेटरी बिस्वासको उपस्थिति रहेको र रमाकान्त बास्तोलाको अध्यक्षतामा भेला सम्पन्न भएको बताइएको छ ।

२०७७ माघ १२ गते, सोमबार

दुबै कोरियाबीच सामाजिक सांस्कृतिक सम्बन्धहरुको बिकास हुदै

काठमाण्डौ । कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बन्दै गएको कुटनितिक बिज्ञहरुले बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजित कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौति र अवसरहरु बिषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।सो अवसरमा बोल्दै पूर्व उपराष्ट्रिपति परमानन्द झाले दुबै कोरियाका नागरिकहरुले समान संस्कार र संस्कृति अंगालेका बताए ।उनले दुबै […]

२०७७ माघ १३ गते, मंगलवार

नेकपाले घमिर घटनामा संलग्नलाई कारबाही गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीका सेक्रेटरी माहुरीले शनिबार वक्तव्य जारी गर्दै मालिका गाउँपालिका घमिरस्थित देवीस्थान मावि र वडा नं. ७ को कार्यालयमा भएको घटनाबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीलाई कडा कारबाही गर्ने जनाएका छन । सेक्रेटरी माहुरीले दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदार संलग्न रहेको जनगुनासो आएको भन्दै यसबारे पार्टीले अनुसन्धान गर्ने समेत […]

२०७७ माघ ११ गते, आईतवार

नेकपाद्वारा डिल्लीराज शर्मा ‘लय सहनी’ को सदस्यता खारेज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले रुकुम पश्चिमका जिल्ला समिति सदस्य एबम युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) का अध्यक्ष डिल्लीराज शर्मा ‘लय सहनी’ को सदस्यता खारेज गरेको छ। लय सहनीलाई पार्टीविरोधी गतिविधि गरेको निष्कर्ष निकाल्दै पार्टी साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको बताइएको छ । सो पार्टीका जिल्ला इन्चार्ज चन्द्रले विज्ञप्ति जारी गरी बिगत एकडेढ वर्षदेखि […]

२०७७ माघ १० गते, शनिबार

आज नेपाल बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दकोे आव्हान गरेको छ । सो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत सयौ नेता- कार्यकर्ताहरुको तत्काल रिहाईको माग गर्दै सो पार्टीले नेपाल बन्दको आव्हान गरेको हो । आज विहानैदेखि देशभर बन्दको प्रभाव परेको छ । देशका बिभिन्न स्थानमा बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत नगन्य रहेको छ […]

२०७७ माघ १० गते, शनिबार

नेपालबन्दको पूर्वसन्ध्यामा देशभर मसाल जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि माघ १० गते नेपाल बन्द घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो ।  नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा आज साँझ देशभर मसाल जुलुस प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गैरन्यायिक गिरफ्तारीका बिरुद्द आयोजित नेपाल […]

२०७७ माघ ९ गते, शुक्रबार

नेकपाद्वारा सिलवाललाई तत्काल रिहा नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका मोरङ जिल्ला इन्चार्ज तथा ब्युरो सदस्य डीबी सिलवाललाई तत्काल रिहा नगरे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । सो पार्टीको मेची–कोसी ब्युरोले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीका मोरङ जिल्ला इन्चार्जसमेत रहेका ब्युरो सदस्य डीबी सिलवाललाई सरकारले बिनाकारण गिरफ्तार गरी मिक्लाजुङ कारबाहीसँग जोडेर फसाउन खोजेको भन्दै अविलम्ब रिहा नगरिए […]

२०७७ माघ ९ गते, शुक्रबार

पार्टी निर्देशनबिना चन्दा असुली गर्ने डाँगीलाई कारबाही

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी निर्देशनबिना चन्दा असुली गर्ने टोपबहादुर डाँगीलाई कारबाही गरेको छ । सो पार्टीको गङ्गादेव गाउँ समिति रोल्पाले पार्टी निर्देशनबिना चन्दा असुली गर्ने जिल्ला तथा गाउँ समिति सदस्य टोपबहादुर डाँगी ‘टिम’ लाई कारबाही गरेको हो ।इन्चार्ज किरणले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला तथा गाउँ समिति सदस्य डाँगीलाई पार्टीको साधारण सदस्यसमेत नरहने […]

२०७७ माघ ९ गते, शुक्रबार

जनपत्रकार सङ्गठनद्वारा संयोजक विकलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपालले सङ्गठनका संयोजक शेरबहादुर विकलाई तत्काल रिहा गर्न माग गरेको छ। संयोजक विकलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी अछाम पुर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको हो । जनपत्रकार सङ्गठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिकी कार्यालय सचिव जानकी चौधरीले बिहिबार प्रेस विज्ञप्ति जारी […]

२०७७ माघ ८ गते, बिहीबार

नेकपा कालीकोटद्वारा विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी कालीकोटले विद्यमान सत्ताविरुद्ध जनतासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको बताइएको छ । सो पार्टीको एरिया नं ४ ले स्थानीय बासिन्दासँग दलाल पुँजीवादी सत्ताको विकल्पमा अन्तरक्रिया गरेको हो । जिल्ला सेक्रेटरी रणदीपको प्रमुख आतिथ्य र सुवासको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनीतिक दल, शिक्षक, बुद्धिजीवी र जनसमुदायको उल्लेख्य सहभागिता रहेको कालीकोटबाट प्राप्त समाचारमा जनाइएको छ […]

२०७७ माघ ८ गते, बिहीबार