राजनीति

प्रसूतिगृहमा २०० आइसोलेशन शय्या बनाइने

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले २०० आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित नयाँ भवनमा कोभिड–१९ सङ्क्रमितका लागि छुट्टै शय्याको व्यवस्था गर्ने तयारी गरेको छ । नेपालमा कोभिडको सङ्क्रमण शुरु भएपछि अस्पतालले सो भवनलाई सम्भावित सङ्क्रमित र […]

२०७७ भाद्र ९ गते, मंगलवार

नेपाल कम्युनिस्ट पार्टीद्वारा पहिरो पीडितहरुको उद्दार र राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले गत ४ गते बिहीबारका दिन अविरल बर्षाका कारण रोल्पा र सल्यानका विभिन्न स्थानमा गएको पहिरोले घरबारविहीन भएका परिवारलाई राहत वितरण गरेको छ । राेल्पाकाे गंगादेव गाउँपालिका वडा नं. ४ पाखापानी धरमपानीका दुर्गा वली र पाखापानी गौरानेटाका सुवास बिरही डिसीको घर माथिबाट आएको पहिरोले घर भत्काउदा खाद्यान्न, लत्ताकपडा गरेर लाखौँको क्षति […]

२०७७ भाद्र ८ गते, सोमबार

नेपाल प्रहरीमा पाँच डिआइजी थपिने !

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ । गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा डिआइजी दरबन्दी थप गर्न सहमत भएपछि मत्रालयले […]

२०७७ भाद्र ७ गते, आईतवार

कांग्रेसद्वारा विदेशमा रहेका श्रमिकको निःशुल्क उद्धार गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत् हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्धार गर्न सरकारसमक्ष पुनः माग गरेको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत् अनुकूल अवस्थामा देशमा रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई भरथेग गरिरहेका नागरिकलाई प्रतिकूल बेलामा सरकारले उचित व्यवहार नगरेको ठोकुवा […]

२०७७ भाद्र ६ गते, शनिबार

कोरोना रोकथाम गर्न उच्चस्तरीय समिति गठन

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेका छन । मन्त्री ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गरेका हुन् । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य […]

२०७७ भाद्र ५ गते, शुक्रबार

नेकपाद्वारा पुल मर्मत सम्भार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको रास्कोट नगरपालिका ९ फुगाडमा भत्किएको पुल मर्मत सम्भार गरेको छ । गत साउन १३ गतेको बाढीले फुगाडमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजसहित झोलुङ्गे पुल बगाएपछि नेकपाका नेता–कार्यकर्ताहरूले जनश्रमदान गरी पुल मर्मतसम्भार गरेका हुन् । गत साउन १३ गते अविरल वर्षासँगै फुगाडमा आएको बाढीले कर्णाली करिडोरको रास्कोट नगरपालिका र पचाल […]

२०७७ भाद्र ४ गते, बिहीबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा : अटेर गरे जरिवाना र कैद !

काठमाडौँ । काठमाडौं उपत्यकामा गए मध्यरातिदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसंगै प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा कडाई गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताइएकाे छ । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान आग्रह गरिएको छ । निषेधाज्ञा पालना गराउन नेपाल […]

२०७७ भाद्र ४ गते, बिहीबार

नेकपाद्वारा बाढीपिडितलाई राहत र क्षतिपूर्तिको माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचार गर्न र ज्यान गुमाएकाहरूका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । सो पार्टीको जिल्ला समिति अछामले कैलास खोलामा आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ ।नेकपा अछाम जिल्ला इन्चार्ज नवीन र […]

२०७७ भाद्र ३ गते, बुधबार

प्रमुख जिल्ला अधिकारीलाई कर्फ्यु लगाउनेसम्मको अधिकार

काठमाडौं । हिजोको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको बताइएको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यु लगाउने अधिकार प्रमुख […]

२०७७ भाद्र २ गते, मंगलवार

आज सहिद रामवृक्ष स्मृति दिवस

काठमाडौँ । आज भदौ २ सहिद रामवृक्ष यादवको २७ औँ स्मृति दिवस । धनुषाको बर्मझियामा जन्मिएका यादवलाई तत्कालीन देउवा सरकारको संरक्षणमा रामवृक्ष यादवको हत्या भएको थियो । २०५१ साल भदौ १ गते नेपाल बन्दको कार्यक्रम सकेर भोलिपल्ट भदौ २ गते वीरेन्द्रबजारबाट घर फर्कंदै गर्दा सादा पोसाकमा रहेका प्रहरी र नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले घरेलु हतियार प्रयोग […]

२०७७ भाद्र २ गते, मंगलवार