राजनीति

पूर्वसचिव भीम उपाध्याय पक्राउ

काठमाडौँ , ११ बैशाख । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायलाई बुधबार राति ललितपुरकाे कुसुन्तीस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेकाे छ । करिब ३५ वर्ष निजामती सेवामा रहेर सेवा गरेपछि दुई वर्षअघि खानेपानी मन्त्रालयकाे सचिवबाट अवकाश लिएका उपाध्यायलाई साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको बताइएको छ। उनलाई सोह्रखुट्टे प्रहरी वृतमा राखिएको छ। […]

२०७७ बैशाख ११ गते, बिहीबार

‘अध्यादेशले सार्वभौमिकता, जनअधिकार र जनजीविकालाई कमजोर बनायो ‘

काठमाडौँ , १० बैशाख । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले सरकारले हालै जारी गरेका दुई अध्यादेशको तीरले एकैपटक राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सार्वभौमिकता, जनअधिकार र जनजीविकालाई कमजोर बनाउन राजनीतिक–संवैधानिक पूर्वाधार तयार गरेको धारणा सार्वजनिक गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले मङ्गलबार अपिल जारी गर्दै दर्जनौँ दोहनकारी दल र दलाल पुँजीवाद नै प्रजातन्त्रको पर्यायवाची हो भन्ने भ्रममा […]

२०७७ बैशाख १० गते, बुधबार

आज ७१ औँ कम्युनिष्ट पार्टी स्थापना दिवस

काठमाडौं, १० वैशाख । आज ७१ औँ कम्युनिष्ट पार्टी स्थापना दिवस, नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७० बर्ष पुरा भएर ७१ औँ बर्षमा प्रवेश गरेको छ । आजकै दिन भारतमा नेपाल कम्युनिष्ट पार्टीको गठन गर्न पुष्पलाल श्रेष्ठ नेतृत्वको पाँच जनाको टोलीले बैठक बसेर पार्टीको घोषणा गरेका थिए । पुष्पलाल श्रेष्ठ, निरन्जन […]

२०७७ बैशाख १० गते, बुधबार

‘देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’

काठमाडाैं, ९ वैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश थप संकटमा फस्दै गएको ठोकुवा गरेका छन । सरकारले सहजै पार्टी फुटाउन मिल्नेगरी अध्यादेश जारी गरेपछि उनले सो ठोकुवा गरेका हुन् । भट्टराईले सरकारले अध्यादेश जारी गरी सुध्रनै नसक्ने कदम चालेको आरोप लगाउदै सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने […]

२०७७ बैशाख ९ गते, मंगलवार

रुसले आफ्ना नागरिक लैजान जहाज पठाउने

काठमाडौं,८ बैशाख । नेपालमा रहेका आफ्ना नागरिक लौजान रुसले रोयल फ्लाइट एयरलाइन्सको चार्टर्ड विमान काठमाडौं पठाउने भएको छ ।,रुसको विमान सोमबार बिहान १० बजे काठमाडौं आइपुग्ने र त्यसपछि लकडाउनका कारण रोकीएका १४३ जना आफ्ना नागरिक लिएर १२ बजेर ३० मिनेटमा फर्किने बताइएको छ । रुसले लकडाउनका कारण रोकिएका विभिन्न देशका नागरिकलाइसमेत उद्धार गरिहेको छ । […]

२०७७ बैशाख ८ गते, सोमबार

सञ्चालनमा नआएका ५० ग्यास उद्योग खारेज

काठमाडौं, ७ बैशाख । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद बिक्री गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो । उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि […]

२०७७ बैशाख ७ गते, आईतवार

आस्थाका बन्दीहरूलाई रिहा गर्न अपिल

काठमाडौँ , ६ वैशाख । लेखक, कवि, पत्रकार, प्राध्यापक तथा साँस्कृतिककर्मीले नेपाल र भारतका जेलमा रहेका आस्थाका बन्दीहरुको रिहा गर्न माग गर्दै सार्वजनिकरुपमा अपिल गरेका छन् । उनीहरुद्वारा जारी अपिलमा भनिएको छ, “आज नेपालको कम्युनिस्ट नामधारी राज्यसत्ताले पनि त्यसरी नै गणतन्त्रका योद्धा वरिष्ठ सांस्कृतिक कर्मी माइला लामालगायत थुप्रैलाई झुट्ठा मुद्दा लगाई जेलमा बन्दी बनाएको छ […]

२०७७ बैशाख ६ गते, शनिबार

राजबन्दी रिहा गर्न माग

काठमाडौँ , ५ बैशाख । कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या एक लाख ४४ हजार नाघेको छ भने २१ लाख ५१ हजार भन्दा धेरै संक्रमित भएका छन । यसै बिषयलाई मध्यनजर गर्दै नेपाल तथा भारतका जेलमा राखिएका लेखक, प्राध्यापक र राजबन्दीहरूको रिहाइका लागि नेपालका ३२ जना लेखक, प्राध्यापक तथा पत्रकारहरूले संयुक्त वक्तव्य प्रकाशित गरी भारतीय […]

२०७७ बैशाख ५ गते, शुक्रबार

लकडाउनमा थप कडाइ, बाहिर निस्कनेलाई मुद्दा !

काठमाडाैं, ४ वैशाख । बुधबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार बैठकले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने समेत निर्णय गरेको छ । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको हो । समितिकै बैठकले संक्रमण […]

२०७७ बैशाख ४ गते, बिहीबार

तलब नलिने नेताको विलासी रहनसहन र चुनाव खर्च कसरी चल्छ ?’

काठमाडौं, ३ वैशाख । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारी तलब भत्ता नलिने ठुला नेताको विलासी रहनसहन र चुनाव कसरी चल्छ भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका प्रवत्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। […]

२०७७ बैशाख ३ गते, बुधबार