राजनीति

‘जनभावना विपरितका विधेयक अमान्य’

काठमाडौं , १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनभावना विपरित हुने गरी सरकारले ल्याएको राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक, मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, राष्ट्रिय सुरक्षा विधेयक समावेशीकरण विरुद्ध पनि भएकाले आफ्नो पार्टीले मान्य नहुने अडान लिएको बताएका छन । सभापति देउवाले दलित विकास समिति खारेज गर्ने सरकारको निर्णयप्रति […]

२०७६ भाद्र १९ गते, बिहीबार

सम्पादक हमालको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

काठमाडौं , १८ भदौ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । अध्यक्ष दीपेन्द्र श्रेष्ठसहितको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पुगी पत्रकार हमालको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । महासंघले प्रमुख […]

२०७६ भाद्र १८ गते, बुधबार

सम्पादक हमाल सर्वोच्चको गेटबाटै पुन : गिरफ्तार

काठमाडौं, १७ भदौ । सर्वोच्च अदालतको आदेशमा रिहा भएका जनसंचार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । अदलत परिसरबाटै उनलाई मंगलवार प्रहरीले पुन गिरफ्तार गरेको हो । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई कास्की प्रहरीले शिशुवाबाट गत भदौ ६ गते गिरफ्तार गरेको थियो । हमाललाई […]

२०७६ भाद्र १८ गते, बुधबार

नेकपाका पाँच नेता रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौं , १७ भदौ । नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेता अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुन गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमवार रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले उनीहरुलाई पुन गिरफ्तार गरेको हो । पक्राउ पर्नेहरुमा नेताहरू घनस्याम श्रेठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम र रमेश खड्का रहेका छन् । गत […]

२०७६ भाद्र १७ गते, मंगलवार

दिनेश र सितारामलाई तत्काल रिहा गर्न माग

काठमाडाैँ, १५ भदाै । नेपाल कम्युनिस्ट पार्टी जनकपुर व्युरोले व्युरो सदस्य दिनेश शारु र शुभचिन्तक सितारामलाई तत्काल रिहा गर्न माग गरेको छ । जनकपुर व्युरो इन्चार्ज अरुणले शुक्रबार प्रेस विज्ञप्ति निकाली २०७६ साल भदौ ४ गते पार्टी कामको सिलसिलामा धनुषाको ढल्केबरबाट जनकपुर जाँदैगर्दा बीच बाटोमै साधा पोसाकका प्रहरीले अपहरण गरी बेपत्ता पारिएका व्युरो सदस्य दिनेश […]

२०७६ भाद्र १५ गते, आईतवार

कालिकोट जिल्ला जनपरिषद मदिरा नियन्त्रण अभियानमा

काठमाडाैँ, १५ भदाै । नेपाल कम्युनिष्ट पार्टी कालिकोट जिल्ला जनपरिषदले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको जनाएको छ । जिल्ला जनपरिषदको तर्फबाट अर्जुन वि.क.ले शनिबार एक विज्ञप्ती जारी गदै मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न जिल्लाबासी सबैमा अपिल गरेका छन । विज्ञप्तीमा जनताको वैकल्पिक सत्ताको रुपमा स्थापीत जनपरिषदले समाजमा मौलाउदै […]

२०७६ भाद्र १५ गते, आईतवार

ठेकेदार भारती पक्राउ

काठमाडाैँ, १३ भदाै । नेपाल प्रहरी अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले चर्चित सुडान घोटाला काण्डमा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ गरेको छ । भारतीलाई शुक्रबार बिहान आफ्नै निवास भैंसेपाटीमा बसिरहेका बेला पक्राउ गरिएकाे सीआईबीका एसपी दीपक रेग्मीले जानकारी दिए । सुडान घोटाला काण्डमा दोषी ठहर भई भारती फरार रहेका थिए । विशेष अदालतले […]

२०७६ भाद्र १३ गते, शुक्रबार

‘सरकार प्रतिबन्धको खाडलमा ‘

काठमाडौँ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटका इन्चार्ज बिराटले नेकपामाथी प्रतिवन्ध लगाउने सरकार आफै प्रतिवन्धको खाडलमा परेको वताएका छन । वुधबार जिल्लाको शान्नि त्रिवेणी गाउँपालिकामा पार्टीको २ नम्बर एरियाको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेता विराटले क्रान्तिकारी, तथा देशभक्त जनता वाट घृणीत भएको सरकार पछिल्लो समय चौतर्फि विरोधले आफै प्रतिवन्धमा परेको ठोकुवा गरे । सरकारले […]

२०७६ भाद्र १२ गते, बिहीबार

बिप्पाको कानुनी उल्झन सुल्झियो

काठमाडौँ, १२ भदौ । नेपाल र भारतबीच भएको द्विपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (बिप्पा) कार्यान्वयनको कानुनी बाटो खुलेको छ । सम्झौता कार्यान्वयन रोक्न माग गर्दै आठ वर्षदेखि सर्वोच्चमा विचाराधीन रिट बुधबार खारेज भएको छ । संवैधानिक इजलासले रिट खारेज गरेसँगै सम्झौता कार्यान्वयनको बाटो खुलेको हो भने अरू मुुलुकसित लगानी प्रवद्र्धन गर्न सम्झौता गर्ने मार्गप्रशस्त […]

२०७६ भाद्र १२ गते, बिहीबार

चितवनमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं, ९ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले हिजो साँझ नै निषेधाज्ञा जारी गरेको छ । आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन । स्थानीय प्रशासनले निषेधाज्ञा […]

२०७६ भाद्र ९ गते, सोमबार