राजनीति

कार्की र धमलालाई ७२ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं , १० असोज । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई ७२ घण्टाभित्र सर्वोच्च अदालतमा लिखित जवाफसहित उपस्थित गराउन मंगलबार सरकार, गृहमन्त्रालयलगायत विपक्षीको नाममा आदेश दिएको छ । गैरकानूनी रुपमा गिरफ्तार गरेर प्रहरीले थुनामा राखेको भन्दै रिहा गर्न मागसहित धमलाका पुत्र चेतन शर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि […]

२०७५ आश्विन १० गते, बुधबार

नेकपाका नेता पुन र राईलाई दाङ लगियो

काठमाडौं , ८ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्यद्वय पदमबहादुर राई र ओमप्रकाश पुनलाई अर्को अभियोगमा दाङ लगिएको छ । राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहाभए लगत्तै बम विष्फोटको अभियोगमा दाङ जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । दुवै नेतालाई दाङ ल्याइपुर्याएको पुष्टि एसपी हरिकृष्ण शर्माले गरेका छन । दुवै नेतालाई झण्डै आधा दर्जन जिल्लामा […]

२०७५ आश्विन ८ गते, सोमबार

आज उपत्यका बन्द

काठमाडौं , ७ असोज । नेपाल कम्युनिस्ट पार्टीले नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी, झुठा मुद्दा र यातना दिएको साथै नागरिकमाथि चरम अत्याचार र अन्याय थोपरेको भन्दै विरोधमा आजको लागि घोषणा गरिएको उपत्यका बन्दको प्रभाव ललितपुर, भक्तपुर र काठमाडौं तीन वटै जिल्लामा परेको छ । उपत्यकाबाट बाहिरका लागि छुट्ने कुनैपनि सार्वजनिक यातायातका सवारी छुटेका छैनन् । चलेका […]

२०७५ आश्विन ७ गते, आईतवार

न्यायाधीश जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी

काठमाडौं, ५ असोज । सत्तारुढ दल नेकपाले संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत दीपकराज जोशीविरुद्धमहाअभियोग ल्याउने तयारी गरेको छ । जोशीले न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि नेकपाले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी थालेको हो । महाभियोग प्रस्ताव ल्याउनकै लागि बिहीबार दिउँसो संसद भवनमा नेकपाले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । विवरण विना […]

२०७५ आश्विन ५ गते, शुक्रबार

आज संविधान दिवस

काठमाडौं , ३ असोज । आज संविधान दिवस . नेपालको संविधान तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको छ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले अहिले केहीबेरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, […]

२०७५ आश्विन ३ गते, बुधबार

‘ शिलुलाई राजनीतिक पूर्वाग्रहको आधारमा फौजदारी मुद्दा ‘

काठमाडौं, ३० भदौ । नेपाल कम्युनिस्ट पार्टीका नेतृ उमा भुजेल ‘शिलु’लाई सरकारले राजनीतिक पूर्वाग्रहको आधारमा राज्यविरुद्धको फौजदारी मुद्दा लगाएको ठहर सर्वोच्च अदालतले गरेको छ । शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहसपछि सुुनुवाई गर्दै जारी आदेशमा न्यायाधीशद्वय श्री चोलेन्द्र शमसेर ज.ब.रा. र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेतृ भुजेललाई संविधानअनुरुप खुला राजनीतिक पार्टी नेपाल कम्युनिस्ट पार्टी बनाएर गतिविधि […]

२०७५ भाद्र ३० गते, शनिबार

कालो साडीमा तीज !

काठमाडौं, २७ भदौ । कञ्चनपुरका महिला कालो साडी लगाएर बिरोधमा उत्रिएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै उनीहरु कालो साडी लगाएर बिरोधमा उत्रिएका हुन् । सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय समिति पठाए पनि समितिले यथार्थ पत्ता लगाउन नसकेपछि महिलाहरु आन्दोलित भएका हुन् । सौभाग्यको प्रतीक रातो साडी, चुरा, पोते लगाएर अन्यत्र […]

२०७५ भाद्र २७ गते, बुधबार

सर्वोच्चद्वारा प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौं, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ४८ घण्टाभित्र लिखित जवाफसहित उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । गैरकानूनी रुपमा गिरप्mतार गरी सरकारले प्रहरी हिरासतमा थुनामा राखेको भन्दै रिहाईको माग गर्दै प्रकाण्डका भाई विरेन्द्र विश्वकर्माले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । सोमबार इजलास नम्बर १० मा भएको बहसपछि […]

२०७५ भाद्र २६ गते, मंगलवार

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाइ हुँदै

काठमाडौं , २५ भदौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका ओमप्रकाश मिश्रको आज संसदीय सुनुवाइ हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले मिश्रको सार्वजनिक सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको हो । बैठकले आइतबार प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र उपर उजुरी दिएका उजुरीकर्ताहरुहरुलाई छलफलको लागि बोलाएको छ । मिश्रविरुद्ध जम्मा […]

२०७५ भाद्र २५ गते, सोमबार

सत्तासिन पार्टी त्याग्दै नेकपामा प्रवेश

काठमाडौं , २४ भदौ । पूर्व माके र एमालेका २३ जना कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । संसदीय पुँजीवादी व्यवस्थाबाट जनताको हित हुन सक्दैन भन्दै उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नेकपाले सुर्खेतमा भदौ १ गते देखि सुरु गरेको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ मा उनीहरु प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा १ […]

२०७५ भाद्र २४ गते, आईतवार