राजनीति

आज बिपी स्मृति दिवस

काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५औँ स्मृति दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । सुवर्णशम्शेरलगायत राणा परिवारबाटै विद्रोह गरी विसं २००५ मा स्थापना भएको नेपाली प्रजातन्त्र काँग्रेससँग २००६ साल चैत २६ […]

२०७४ श्रावण ६ गते, शुक्रबार

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने

काठमाडाँै, ५ साउन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ । नेपाली काँग्रेसद्वारा आज जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय, सानेपा, ललितपुरमा बस्ने जनाइएको छ । उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी […]

२०७४ श्रावण ५ गते, बिहीबार

राजपा संविधान संशोधनबाहेक अन्य माग पूरा गर्न सरकार प्रतिबद्ध

काठमाडौँ, ४ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम संविधान संशोधन प्रस्ताव तत्काल पारित हुने अवस्था नरहेकाले त्यस बाहेकका अन्य माग पूरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपा नेपालका शीर्ष नेताको बैठक संविधान संशोधनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भए पनि ठोस निष्कर्षमा […]

२०७४ श्रावण ४ गते, बुधबार

पूर्व राजा ज्ञानेन्द्र अस्पताल भर्ना

काठमाडौं, ४ साउन । पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनलाई आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई भर्ना गरिएको छ । नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल लगिएको निर्मल निवास स्रोतले जनाएको छ । शाहको शुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी […]

२०७४ श्रावण ४ गते, बुधबार

शहीद स्तम्भ दलको झण्डा गाड्ने र भाषण गर्ने स्थान

काठमाडौं, २ साउन । भनिन्छ इतिहास आफँै बोल्छ । तर ऐतिहासिक महत्व बोकेका सम्पदा तथा वस्तुको संरक्षण नगरी स्मृतिको गर्भमा नै इतिहासलाई तुहाइदिने हो भने भावी पुस्ता त्यसबाट अनभिज्ञ रहने नियति नआउला भन्न सकिँदैन । म्याग्दीको सदरमुकाम बेनीमा पनि संरक्षणको अभावमा एउटा इतिहासको यसैगरी अन्त्य भएको छ । इतिहासको अन्त्य गरी निर्माण गरिएको शहीद स्तम्भको […]

२०७४ श्रावण २ गते, सोमबार

आज र भोलि केही स्थानमा विद्युत् कटौती हुने

काठमाडौँ, ३१ असार । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो । केन्द्रका अनुसार नयाँ चाबहिल […]

२०७४ असार ३१ गते, शनिबार

संविधान संशोधन बिना राजपा चुनावमा नजाने

काठमाडौ, ३० असार । राष्ट्रिय जनता पार्टीले तेस्रो चरणको चुनावमा सहभागी हुने नहुने कुरा सरकारको कदमले तय गर्ने बताएको छ । तेस्रो चरणको निर्वाचन असोज २ गते तोकिएको छ । राजपाले केहीदिन अघि निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । तर दल दर्ता गराउँदैमा चुनावमा जानै पर्छ भन्ने नभएको राजपा अध्यक्ष मण्डलका नेता अनिल झाले […]

२०७४ असार ३० गते, शुक्रबार

रेमिटेन्स घट्दै गएपछि …

काठमाडौ, २९ असार । व्यवस्थापिका संसद अर्थ समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकास खर्च बढे स्वदेशमै रोजगारीको अवसर सिजना हुने बताए । उनले रेमिटेन्स घट्दै गएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकार लागि परेको बताए । सचिव सुवेदीले पुनर्निर्माण अभियानलाई राष्ट्रिय अभियानको रुपमा संचालन गरेर पनि मुलुकमा ठूलो रोजगारीको अवसर सिर्जना हुने […]

२०७४ असार २९ गते, बिहीबार

मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त

काठमाडौं , २९ असार । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्रीलाई नियुक्त गरेको छ । मुख्य सचिवको दौडमा नारायण गोपाल मलेगो, शान्तवहादुर श्रेष्ठ, शान्तराज सुवेदी, शंकर अधिकारी, ङइन्द्र उपाध्याय र लोकदर्शन रेग्मी थिए । ति मध्ये वरिष्ठताका आधारमा क्षेत्रीलाई मुख्य सचिवमा वढुवा गरिएको अर्थमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र वहादुर कार्कीले जानकारी दिए […]

२०७४ असार २९ गते, बिहीबार

बुढीगण्डकी आयोजना निर्माणको निर्णय खारेज गर्न माग

काठमाडौं, २८ असार । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । नयाँ शक्ति नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रको पूर्ण बिबरण यस प्रकार रहेको छ – विश्वका सबैजसो मुलुकमा औद्योगीकरणको शुरुको चरणमा […]

२०७४ असार २८ गते, बुधबार