राजनीति

देउवा प्रधानमन्त्री बन्दै

काठमाडौ, २३ जेठ । आज बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र दोस्रो बैठकमा प्रधानमन्त्री निर्वाचन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति देउवाको […]

२०७४ जेष्ठ २३ गते, मंगलवार

भरतपुरमा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं, २२ जेठ । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको माग गर्दै परेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै तीन दिनसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनपछि दुबै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने न्यायाधीश […]

२०७४ जेष्ठ २२ गते, सोमबार

भरतपुर मतगणनाको रिटमा सनुवाई हुदै

काठमाडौ, २२ जेठ । चितवनको भरतपुर महानगरपालिका –१९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुने भएको छ । हिजो दर्ता भएको रिटको आज सुनुवाई गर्ने सर्वोच्च अदालतले जनाएको छ । आयोग, भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत लगायतलाई विपक्षी बनाई महानगरपालिका […]

२०७४ जेष्ठ २२ गते, सोमबार

एमालेले संसद अवरुद्ध गर्ने

काठमाडौ, २१ जेठ । नेकपा एमालेले व्यवस्थापिका–संसदमा आज हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने भएको छ । एमालेले आजको संसद बैठक अवरुद्ध गर्ने र प्रक्रियामा पनि सहभागी नहुने निर्णय गरेको छ । तर संसद अवरोध गर्ने वा नगर्ने भन्नेमा अन्तिम निर्णय गर्न अहिले बिहान छलफल हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको […]

२०७४ जेष्ठ २१ गते, आईतवार

पुनः मतदान स्वीकार नगर्ने एमालेको उदघोष

काठमाडौं, २० जेठ । नेकपा एमालेले चितवन, भरतपुरको वडा नम्बर–१९ मा पुनः मतदान गराउने निर्णय स्वीकार नगर्ने निर्णय गरेको छ । एमाले स्थायी समितिको आज बसेको बैठकले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय ‘संविधानविपरीत’ रहेको ठहर गर्दै उक्त निर्णय अस्वीकार गर्ने निर्णय गरेको हो । यस्तै, एमालेले आइतबार व्यवस्थापिका–संसदमा हुन लागेको प्रधानमन्त्री चयनको तयारीप्रति पनि […]

२०७४ जेष्ठ २० गते, शनिबार

प्रधानमन्त्री चयनका लागि प्रक्रिया सुरु

काठमाडौं, २० जेठ । नयाँ प्रधानमन्त्री चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको जनाएको छ। उम्मेदवारी दर्ताको समय सकिएलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ । नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा […]

२०७४ जेष्ठ २० गते, शनिबार

‘लडागडा घटना नेपाली सार्वभौमसत्तामाथि भारतको ठाडो हस्तक्षेप’

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले भारतीय प्रहरीका डीएसपी नागराजको टोली नेपाल प्रवेश गरी दीपायल सिलगडी नपा–८, लडागडाका लालबहादुर आउजीलाई बुधबार मध्यरातमा घरभित्रबाट अपरहण गरेको घटनाको भत्सर्ना गरेको छ । शुक्रबार क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाउँदै भत्सर्ना गरेका हुन् । लडागडा घटनालाई पार्टीले नेपाली […]

२०७४ जेष्ठ २० गते, शनिबार

‘नेपाली सेना विखन्डनकारीको तमासा हेरेर बस्न सक्दैन’

काठमाडौं, १९ जेठ । पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा भएको सो कार्यक्रममा प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि सेनाले कुनै कसर बाँकी नराख्ने बताए । सेना सधैं संविधानले निर्दिष्ट गरेका मूल्य–मान्यतालाई आत्मसात् गरेर अगाडि बढिरहेको उनको […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

आज जेठ १९, दरबार हत्याकाण्डको १६ वर्ष

काठमाडौं, १९ जेठ । आज जेठ १९, आजभन्दा ठीक १६ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो, जहाँ स्वर्गीय राजा वीरेन्द्र शाहको वंशनाश गरिएको थियो । समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार रात्रिमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका दश जनाको हत्या गरिएको थियो । तत्कालीन राजा […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

आज पनि संसद चलेन

काठमाडौं, १८ जेठ । व्यवस्थापिका–संसदको बिहीबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले बिहीबार दोस्रो दिन सदन अवरोध गरेको हो । बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । एमालेका सांसदहरु […]

२०७४ जेष्ठ १८ गते, बिहीबार