समाज

वडा सदस्यको घर पहिरोले पुर्यो : ६ जनाको मृृत्यु

काठमाडौं । गएराति आएको पहिरोले कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३का वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ। सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ […]

२०७७ श्रावण ३० गते, शुक्रबार

सिन्धुपाल्चोकमा भीषण पहिरो : १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका २ लिदीमा आज बिहान भीषण पहिरो गएको छ । पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता […]

२०७७ श्रावण ३० गते, शुक्रबार

धादिङमा निषेधाज्ञा

काठमाडौँ । कोरोना संक्रमणबाट एक जनाको मृत्यु र संक्रमितको संख्या १ सय ५७ पुगेपछि जिल्ला प्रशासन कार्यालय धादिङले भदौ ३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाईरस पोजेभि देखिएपछि रोकथामको लागि कालुपाण्डे राजमार्गको फुर्केखोला देखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाकका केही वडामा निषेधाज्ञा जारी गरेको […]

२०७७ श्रावण २९ गते, बिहीबार

आजदेखि सवारी पास वितरण बन्द

काठमाडौं । गृह मन्त्रालयले आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको सवारी पास वितरण नगर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड १९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै आज बिहीबारदेखि लागू हुनेगरी जिल्ला प्रशासनले दिदैं आएको पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।गृह मन्त्रालयले ७७ […]

२०७७ श्रावण २९ गते, बिहीबार

पशुपति क्षेत्रमा कोरोना देखिएपछि सबै पसल बन्द

काठमाडौं । पशुपति क्षेत्रमा गत शुक्रबार एक जना पसलेलाई कोरोना देखिएपछि स्थानीय व्यवसायीको समन्वयमा सबै पसलहरु बन्द गरिएको छ । गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको हो ।महानगरीय प्रहरी वृत गौशालाका प्रमुख जितेन्द्र बस्नेतले थप संक्रमण बढ्न नदिन वडाको समन्वयमा […]

२०७७ श्रावण २८ गते, बुधबार

छोरी जन्माउनेलाई पुरस्कार !

काठमाडौं । बर्दियास्थित राजापुर नगरपालिका वडा न ८ ले छोरी जन्माउने आमालाई सुत्केरी खर्च स्वरूप ५ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको छ । उक्त वडाले बढ्दै गएको लैंगिक विभेदको अन्त्य र छोरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप रकम प्रदान गर्न सुरु गरेको बताएको छ […]

२०७७ श्रावण २८ गते, बुधबार

आज ‘श्रीकृष्ण जन्माष्टमी’

काठमाडौं । आज कृष्णाष्टमी , देशभर वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्णको पूजा आराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । आजको दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष […]

२०७७ श्रावण २७ गते, मंगलवार

काठमाडाैंमा कोरोना संक्रमण : कोटेश्वरको असर्फी टोल सिल , कुलेश्वर क्षेत्रका पसल बन्द

काठमाडाैं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो । काठमाडाैँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल अनुसार थप १३ […]

२०७७ श्रावण २६ गते, सोमबार

लामो दुरीको यातायात , हवाइ सेवा, परीक्षा सञ्चालन भदौ १५ सम्मका लागि स्थगित

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले भदौ १ गतेदेखि खोल्न लागिएको आन्तरिक र बाह्य हवाइ उडान तथा अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन गर्न दिनु घातक हुने निष्कर्ष निकालेको छ । केन्द्रको आइतबार बसेको बैठकले छोटो, मध्यम, लामो दूरी चल्ने सार्वजनिक तथा निजी सवारी, आन्तरिक तथा बाह्य व्यवसायिक हवाइ उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, परीक्षा […]

२०७७ श्रावण २६ गते, सोमबार

काठमाडौं उपत्यकाका जि.प्र.का.मा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेक अन्य सेवा बन्द भएका छन् ।आजदेखि काठमाडौं, भक्तपुर र ललितपुर कार्यालयले दिँदै आएका सेवाहरु दुई साताको लागि बन्द गरिएको हो । गत शुक्रवार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट दिने सेवाहरूमध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको थियो । […]

२०७७ श्रावण २५ गते, आईतवार