समाज

काठमाडौंका सबै वडामा कोरोना संक्रमित !

काठमाडौं । पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार […]

२०७७ भाद्र ८ गते, सोमबार

आज ऋषिपञ्चमी

काठमाडाैँ । आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी । ऋषिपञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाई […]

२०७७ भाद्र ७ गते, आईतवार

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­-४ निवासी ६८ वर्षीय वृद्धमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको गत भदौ २ […]

२०७७ भाद्र ६ गते, शनिबार

आज गणेश चतुर्थी

काठमाडौं । आज भदौ शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थी । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाइने चलन छ । यसैगरी आज मिथिला क्षेत्रका महिलाले चौरचन पर्व मनाउँदै छन् । भाद्र शुक्ल पक्षको चौथीका दिन मनाइने यो पर्वमा व्रतालुले आज दिनभर निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन […]

२०७७ भाद्र ६ गते, शनिबार

नौं किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई ९ किलोग्राम ३५० ग्राम चरेशसहित पक्राउ गरिएको बताएको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट गएराति उनलाई पक्राउ गरेको हो ।वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा ठूलो मात्रामा […]

२०७७ भाद्र ५ गते, शुक्रबार

आज हरितालिका तीज

काठमाडौं । आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज । आज हिन्दु महिलाहरुले निराहार व्रत बसी मनाउदैछन् । विवाहित महिलाले पतिको दीर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने गर्दछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । पौराणिक कालमा […]

२०७७ भाद्र ५ गते, शुक्रबार

निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कारबाही !

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजारभन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले आठ सय ५० मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यसैगरी दुई सय २१ वटा चारपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए ।काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा […]

२०७७ भाद्र ४ गते, बिहीबार

तीज सुरु : आज दर खाने दिन

काठमाडौं । हिन्दू नेपाली महिलाले मनाउने चाड तीज सुरु भएको छ । जसअन्तर्गत आज विभिन्न मीठा मीठा परिकारका साथ दर खाइदैछ । हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई व्रतको अघिल्लो दिन दर खुवाउने परम्परा छ । यस दिन माइतीघरमा खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । […]

२०७७ भाद्र ४ गते, बिहीबार

आज कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण औंसी ( कुसे औंसी) अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले आजका दिन घरघरमा कुश भित्र्याउने परम्परा छ । वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा प्रयोग हुने कुशलाई सधैं पवित्र वनस्पति मानिन्छ । आजको दिन पुरोहितहरुले यजमानका कुश लगिदिने चलन छ । आजै पितालाई सम्मान गरि उपहार […]

२०७७ भाद्र ३ गते, बुधबार

आज काठमाडौं उपत्यकामा २०५ सहित देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना सहित देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ३८ संक्रमित थपिएका छन् भने ललितपुर ५० संक्रमित थपिएका […]

२०७७ भाद्र २ गते, मंगलवार