समाज

आज लक्ष्मी पूजा

काठमाडौँ, २१ कात्तिक । आज लक्ष्मी पूजा, आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा, सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघारलगायतका स्थानमा […]

२०७५ कार्तिक २१ गते, बुधबार

राति १० बजेपछि देउसी भैलो खेल्न नपाईने

काठमाडौँ, २० कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले […]

२०७५ कार्तिक २० गते, मंगलवार

आज कुकुर तिहार

काठमाडौँ, २० कात्तिक । आज कुकुर तिहार । सबै नेपालीका घर-आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा-मीठा खानेकुरा खुवाउँदै पूजा गरी मनाइँदै छ । आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास समेत रहेको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ […]

२०७५ कार्तिक २० गते, मंगलवार

तिहार सुरु , आज कागपूजा

काठमाडौं, १९ कात्तिक । आजबाट यमपञ्चक अर्थात तिहार सुरु सुरु भएको छ । तिहारको पहिलो दिन अाज घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन छ । यसरी दीपदान गर्नाले यम-यातनाबाट मुक्त भइन्छ भन्ने […]

२०७५ कार्तिक १९ गते, सोमबार

हुम्लामा हिमपात, सिमकोटको तापक्रम माइनस ६ डिग्री

काठमाडौं, १८ कात्तिक । हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महिनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । […]

२०७५ कार्तिक १८ गते, आईतवार

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडाैं, १६ कार्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको […]

२०७५ कार्तिक १६ गते, शुक्रबार

उखुको भुक्तानी नदिने अग्रवाल पक्राउ

काठमाडौं, १४ कात्तिक । उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट बुधबार उद्योगी राकेश अग्रवाललाई पक्राउ गरेको छ । अग्रवाल इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सन्चालक हुन् । इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि नवलपरासीले रु ८ करोड ५८ लाख ९६ हजार ४८१ तथा अन्नपूर्ण सुगर […]

२०७५ कार्तिक १४ गते, बुधबार

तिहारकालागि दुई लाख माला आयात गरिने

काठमाडौं, १३ कात्तिक । फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस वर्षको तिहारका लागि दुई लाख बढी माला आयात गरिने बताएका छन । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले यस वर्षको तिहारका लागि दुई लाखभन्दा धेरै माला आयात गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस वर्ष […]

२०७५ कार्तिक १३ गते, मंगलवार

दुर्घटनामा एक जनाको मृत्यु, दुईजना घाइते

काठमाडौं, १३ कार्तिक । आज बिहान काठमाडौंको बसुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोट बालकुमारी घर भएका २५ बर्षीय नवराज रिजालको मृत्यु भएको छ । गम्भिर घाइते भएका उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । रिजालले चलाएको बा६८प ७४७८ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे अनियन्त्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा […]

२०७५ कार्तिक १३ गते, मंगलवार

‘सरकारले वाचा पूरा गरेन’

काठमाडौं, १० कात्तिक । झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गरे । नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको आनन्द बजार नजिक कल्र्भट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीबाट गोली लागेर गौतम ढलेपछि केही साता स्थिति निकै तनावग्रस्त बन्यो । लगत्तै तत्कालीन सरकारले गौतमलाई […]

२०७५ कार्तिक १० गते, शनिबार