समाज

काठमाडौं उपत्यकामा ९ ओटा सडक विस्तार, १० ओटा अलपत्र

काठमाडौं, २२ माघ । काठमाडौं उपत्यकामा ९ ओटा सडक विस्तारको काम सम्पन्न भएको छ । लैनचौर–महाराजगन्ज–बूढानीलकन्ठ ८.३५० किमी, गौशाला–बानेश्वर–शंखमूल ३.४३० किमी, माइतीघर–भद्रकाली ०.५५० किमी, माइतीघर–तीनकुने २.६०० किमी, डिल्लीबजार–भाटभटेनी–बालुवाटार ३.२३० किमी, कमलपोखरी–ज्ञानेश्वर–रातोपुल १.५२० किमी, काठमाडौं प्लाजा–जयनेपाल ०.४०० किमी, कालिमाटी–बल्खु–त्रिभुवन विश्वविद्यालय मुख्यद्वार २.२०० किमी र धुम्बाराही–मन्डिखाटार–गोल्फुटार २.४०० किमी लामो सडक विस्तारको काम सम्पन्न भएको काठमाडौं उपत्यका सडक […]

२०७२ माघ २२ गते, शुक्रबार

सार्वजनिक गाडीको भाडा घटाउने तयारी

काठमाडौं, २२ माघ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटेसगै सार्वजनिक गाडीको भाडा घटाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको भाउ घटेकाले त्यसै अनुसार सार्वजनिक गाडीको भाडा समायोजन गर्न लागिएको जनाएको छ । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार भाडा समायोजन गर्न यातायात मन्त्रालयलाई बिहीबार नै घटेको भाडाको दर रेट पेश गरिसकिएको छ । […]

२०७२ माघ २२ गते, शुक्रबार

शान्तिमन्त्री ढकाललाई बर्खास्त गर्न माग

काठमाडौं, २१ माघ । हिन्दू युवा जनशक्ति संघ नेपालले क्रिष्चियन धर्मको प्रचार गर्ने शान्तिमन्त्री एकनाथ ढकाललाई कारवाही गर्न माग गरेको छ । संघका अध्यक्ष विकास कुमार ठाकुरद्धारा आज जारी गरिएको विज्ञप्तिमा क्रिष्चियन धर्मको प्रचार गर्ने शान्तिमन्त्री एकनाथ ढकाललाई बर्खास्त गरी कारवाही गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ- ‘शान्तिमन्त्री एकनाथ ढकालले क्रिष्चियन धर्मको प्रचारका […]

२०७२ माघ २१ गते, बिहीबार

सर्वोच्चमा तत्काल न्यायाधीश नियुक्त गर : बार

काठमाडौं, २१ माघ । सर्वोच्च अदालत बार एसोसिएसनका प्रतिनिधिहरुले हिजो साँझ प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरी सर्वोच्च अदालतमा तत्काल न्यायाधीश नियुक्त गर्न आग्रह गरेका छन । मुद्दाको संख्या बढ्ने तर न्यायाधीश घट्दै जाने स्थितिले न्याय पाउने नागरिकको मौलिक हकमै प्रहार भएको भन्दै यो स्थिति अन्त्यका लागि तत्काल न्यायाधीश नियुक्ति गर्न उनीहरुले आग्रह गरेक हुन् । […]

२०७२ माघ २१ गते, बिहीबार

आम सञ्चार नीति पुनरावलोकन गर्न समिति गठन

काठमाडौं, २० माघ । सरकारले आम सञ्चार नीतिमा पुनरावलोकनका लागि समिति गठन गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नयाँ सञ्चार नीतिको मस्यौदा बनाउन कानुनविद् काशिराज दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट सदस्य छन् । […]

२०७२ माघ २० गते, बुधबार

घुस्याहा डिएसपी अख्तियारको फन्दामा

काठमाडौ, १९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिंदालिदै पक्राउ गरेको छ । ललितपुरका डिएसपी दयानिधि ज्ञवाली र इन्स्पेक्टर रमेश सिंहलाई घुस लिइएरहेको अवस्थामा अख्तियारको टोलीले आज पक्राउ गरेको हो । कालोबजारीको तेल तस्करलाई संरक्षण दिएवापत ललितपुरको एक होटलमा ३ लाख घुस लिइरहेका बेला अख्तियारको टोलीले […]

२०७२ माघ १९ गते, मंगलवार

चोरी गरेरै राजधानीमा घर !

काठमाडौ, १८ माघ । रामेछापका केशव खड्काले चोरी गरेरै ललितपुर टीकाथलीमा घर बनाएका छन् । उनले आफ्ना सहयोगी परिचालन गरेर चोरी गर्दै आएका थिए। खड्का समूहले धनी र विदेशीको घर छान्दै चोर्ने गरेको प्रहरीले जनाएको छ। उनीहरूले लामो समयदेखि चोरी गर्दै आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले बताए। सहयोगी कुमार भन्ने रघुनाथ […]

२०७२ माघ १८ गते, सोमबार

सरकारलाई गरेका सिफारिस कार्यान्वयन भएनन् : मानवअधिकार आयोग

काठमाडौं, १७ माघ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकार उल्लङ्घनका घटनाहरुमा न्यायका लागि आयोगले सरकारलाई गरेका सिफारिस कार्यान्वयनमा नआएको गुनासो गरेका छन् । खाद्य अधिकारवादी संस्था फियान नेपालको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न पटक–पटक आग्रह गरे पनि त्यसको सुनुवाइ नभएको बताए । अध्यक्ष शर्माले […]

२०७२ माघ १७ गते, आईतवार

गस्तीका प्रहरीमाथि गोली प्रहार

काठमाडौं, १७ माघ । जुम्लाको सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । उनको कर्णाली स्वास्थ्य विज्ञान […]

२०७२ माघ १७ गते, आईतवार

तराईको जनजीवन सहज हुदै

काठमाडौ, १६ माघ । मध्य तराईका जनजीवन सहज हुन् थालेको छ । आन्दोलनरत मधेस केन्द्रित दलले आन्दोलनलाई केही खुकुलो पारेपछि जनजीवन सहज हुन् थालेको हो । जनजीवन सहज हुन थालेपछि मध्य तराईका बारा, पर्सा र रौतहटका सर्वसाधारणलाई राहत भएको छ । विगत साढे पाँच महिनादेखिको निरन्तर बन्द, हडताल र नाकाजामका कारण यस क्षेत्रका जनजीवन त्रसित […]

२०७२ माघ १६ गते, शनिबार