समाज

मानव अधिकार आयोग तटस्थ हुन् सकेन : एमाओवादी

काठमाडौं, फागुन २५ – एकीकृत नेकपा माओवादीले गोरखाको फुजेल काण्डमा राष्ट्रिय मानव अधिकार आयोगले तटस्थ भएर काम नगरेको आरोप लगाएको छ ।एमाओवादीको कानून विभागको सोमबार सिंहदरबारमा बसेको बैठकले फुजेल काण्डमा अदालतमा बहसका लागि नेपाल बार एशोसियशनसँग कानून व्यवसायीको नाम मागेर आयोगले गल्ती गरेको ठहर गरेको छ । बैठकले फुजेल काण्डमा प्रयोग नहुन आयोगसँग आग्रह गरेको […]

२०७१ फाल्गुन २५ गते, सोमबार

दलित र जनजातिवीच मागी बिहे

काठमाडौँ ।समाजमा रहेको जातीय विभेदलाई चुनौती दिँदै मोरङको एक युगल जोडीले दलित र जनजातिवीच मागी बिहे गरेका छन् । केरावारी-३ का एक दलित युवकले जनजातिकी छोरीसँग दुबै तर्फका परिवारको स्वीकृतिमा मागी विवाह गरेका हुन् ।दलित र गैर दलित जोडीवीच अहिलेसम्म भागेर मात्रै विवाह हुने गरे पनि दलित युवकले जन्ती लिएर सामाजिक परम्परा अनुसार विवाह गरेका […]

२०७१ फाल्गुन २५ गते, सोमबार

शाहरुख खान काठमाडौं आउदै

काठमाडौ, २५ फागुन । भारतीय अभिनेता शाहरुख खान आज नेपाल आइपुग्ने भएका छन्। हिजो आइतबार काठमाडौं आइपुग्ने कार्यक्रम भए पनि शाहरुख आउने जहाजलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अत्यधिक चापका कारण अवतरण अनुमति नदिएपछि आजलाई उडान सारिएको हो।निरोल्याक पेन्टस्‌ले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आउन लागेका हुन्। निजी विमानबाट खान आज दिउँसो ३ बजे […]

२०७१ फाल्गुन २५ गते, सोमबार

अन्तर्राष्ट्रिय विमानस्थल सुचारु , तीन दिनसम्म २४ घण्टा सेवा

काठमाडौं, फाल्गुन २४ । चार दिनदेखि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हिजो बेलुकीबाट सुचालु भएको छ । विमानस्थलको धावनमार्गमा दुर्घटनाग्रस्त टर्किस एअरलायन्सको विमानलाई त्यहाँबाट हटाइएपछि विमानस्थल सुचालु भएको हो । विमानस्थल सुचालु भएसँगै तीन दिनसम्म चौविसै घण्टा विमान उडान भर्ने र अवतरण गर्ने गरी तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । भारतीय र नेपाली […]

२०७१ फाल्गुन २४ गते, आईतवार

तिब्बती शरणार्थी शिविरमा सुरक्षा निगरानी

काठमाडौ, २४ फागुन । सरकारले देशभर रहेका तिब्वती शरणार्थी शिविरमा निगरानी राखेको छ ।आगामी मंगलबार शरणार्थीहरुले देशभर चीनविरोधी प्रर्दशन गर्ने जानकारीका आधारमा सरकारले शिविरमा सुरक्षा निगरानी बढाएको हो । पालमा चीनविरुद्ध प्रर्दशनको तयारीमा तिब्बती युथ कंग्रेसका अध्यक्ष छिरिङ जिग्मी भारतको धर्मशालाबाट फर्केपछि सरकारले शिविरमा कडाइ गरेको हो ।

२०७१ फाल्गुन २४ गते, आईतवार

डिभी र पिआरधारी कर्मचारी कारबाहीमा पर्ने

काठमाडौं । सरकारले विदेश स्थायी बसोबास अनुमति (पीआर) ग्रिनकार्ड लिएका निजामती सेवासहित अन्य राष्ट्रसेवक कर्मचारीलाई पनि कारबाही गर्ने भएको छ । सेना, प्रहरी, शिक्षकसहितका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संशोधनको गृहकार्य भएको छ । अब सेना, प्रहरी, शिक्षकसहित सबै राष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने गरी अर्काे विधेयक ल्याउने तयारी भइरहेको सामान्य प्रशासनमन्त्री […]

२०७१ फाल्गुन २३ गते, शनिबार

आज तराईमा होली मनाइँदै

काठमाडौ, २२ फागुन। आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ ।रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्तिबाट विजलित पार्न नसकेपछि आफ्ना पुत्र […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार

काठमाडौ–बनारस बस सेवा

काठमाडौ, २१ फागुन। काठमाण्डुबाट भारतको बनारस जानका लागि आजदेखि सिधा बस सेवा शुरु भएको छ । आज बिहान राजधानीको दशरथ रंगशाला कार्यक्रम गरी काठमाडौ–बनारस मैत्री बस सेवा शुरु गरिंएको हो । बस सेवाको नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि र भारतका तर्फबाट त्यहाँको राजमार्ग तथा यातायात मन्त्रालयका सचिव सञ्जय बान्दोपाध्यायले औपचारिक उद्घाटन […]

२०७१ फाल्गुन २१ गते, बिहीबार

आज फागुपूर्णिमा भव्यताका साथ मनाइँदै

काठमाडौँ, २१ फागुन । प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराइ भेगमा भोलि भव्यताका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाड मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउँछन् । नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागुपूर्णिमा आफ्नै विशिष्टता बोकेको […]

२०७१ फाल्गुन २१ गते, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध

काठमाडौं, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको विमान अवतरणको क्रममा दुर्घटना भएपछि विमानस्थल अवरुद्ध भएको छ । स्तानबुलबाट काठमाडौंका लागि उडेको विमान अवतरणको क्रममा धावन मार्गमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।आज बिहान सवा ७ बजे विमान अवतरणको क्रममा दुर्घटनाा भएको अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक पूर्ण चुडालले बताए । उनका अनुसार विमानमा रहेका सबै […]

२०७१ फाल्गुन २० गते, बुधबार