समाज

संकटको कारक संसदिय व्यवस्था !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीका जिल्ला सदस्य काजी गुरुङले बर्तमान संकटको कारक संसदिय व्यवस्था भएको बताउदै यो व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने र जयसिह धामीको जस्तै घटना नघट्ला भन्न नसकिने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो वैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरेक छन । नेकपा कास्कीले दार्चुला घटनाको विरोधमा आयोजना गरेको […]

२०७८ श्रावण १९ गते, मंगलवार

जयसिंह धामीको हत्या भारतीय साम्राज्यवादको उपज

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इञ्चार्ज ओम प्रकाश पुनले जयसिंह धामीको रहस्यमय हत्या भारतीय साम्राज्यवादको उपज बताएका छन् । नेकपा कञ्चनपुरले दार्चुला घटनाको विरोधमा झलारीमा आयोजना गरेको विरोध सभा सभालाई सम्बोधन गर्दै नेता पुनले सो कुरा बताएका हुन्। पुनले धामीको हत्याले देशको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौम स्वतन्त्रता, राष्ट्रिय अस्मितामाथि […]

२०७८ श्रावण १९ गते, मंगलवार

भारतीय दादागिरी असैह्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका सचिव युगीनले नेपाल र नेपाली माथिको भारतीय दादागिरी एउटा स्वाभिमान नेपाली, नेपाल कम्युनिस्ट पार्टीलाई कहिल्यै पनि सह्य नहुने भन्दै यसको प्रतिरोधको लागि एकीकृत जनक्रान्ति बाटोमा लामबद हुन पनि अपिल गरेका छन । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले भारतीय एसएसबीद्वारा दार्चुलामा जयसिंंह धामीको हत्याको विरुद्धमा आयोजना गरेको विरोधसभालाई सम्बोधनगर्दै सचिव युगीनले […]

२०७८ श्रावण १९ गते, मंगलवार

‘जयसिंह धामीलाई तत्काल सहिद घोषणा गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी दीपेन्द्र चलाउनेले भारतीय सिमा सुरक्षा बल (एसएसबी) द्वारा हत्या गरिएका युवा जयसिंह धामीलाई तत्काल सहिद घोषणा गर्न माग गरेका छन् । सो पार्टीले महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा गरेको बिरोध […]

२०७८ श्रावण १९ गते, मंगलवार

नेकपा चितवनद्वारा दार्चुला घटना र भारतीय ज्यादतीविरुद्ध विरोध सभा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी चितवनले दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएर नेपाली युवक जयसिंह धामीको हत्या गरेको घटनाको विरुद्ध र्यालीसहित विरोध सभा सम्पन्न गरेको छ । नेकपाको केन्द्रीय कार्यक्रम अनुसार भरतपुरको चौबीसकोठिबाट निस्किएको विरोध र्याली विरेन्द्र क्याम्पस गेटमा पुगेर सभामा परिणत भएको थियो । नेकपाले […]

२०७८ श्रावण १९ गते, मंगलवार

एमसीसी खारेज अभियानद्वारा दार्चुला घटनाका दोषीमाथी कडा कारवाही गर्न माग

काठमाडौं । एमसीसी खारेज अभियानले भारतीय सुरक्षा बल एसएसबीले दार्चुलाका नेपाली युवा जयसिंह धामीलाई तुइन चुडाएर बेपत्ता बनाएको घटनाको विरोध जनाएको छ । अभियानका संयोजक नारायण शर्माले विज्ञप्ति जारी गर्दै घटनामा दोषीमाथी कडा कारवाही गर्न माग गर्दै पीडितका परिवारलाई क्षतिपुर्ती दिन पनि माग गरेका छन् । संयोजक नारायण शर्माले सो घटनाले भारतको हेपाहा प्रवृतिको उजागर […]

२०७८ श्रावण १८ गते, सोमबार

छिन्नमस्ता भगवतीको मुकुट भेटियो

काठमाडौं । प्रहरीले सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार राती सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट ल्याएको र मन्दिर […]

२०७८ श्रावण १८ गते, सोमबार

जनगणतान्त्रीक सम्पर्क मञ्चद्वारा संगठन बिस्तार तिब्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समिति नेपालले संगठन बिस्तारलाई तिब्रता दिदै आएको छ । सोही क्रममा पश्चिम रुकुम – काठमाडौं सम्पर्क मञ्चमा भरत खड्का र कालिकोट -काठमाडौ सम्पर्क मञ्चमा लोकेन्द्र बोगटीको संयोजकमा ७/७ जना सदस्य चयन गरिएको । उक्त संगठन बिस्तारको कार्यक्रम जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रिय कार्यालय देवीनगरमा प्रमुख अथिति जनगणातान्त्रिक […]

२०७८ श्रावण १७ गते, आईतवार

नेकपा राेल्पाद्वारा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी राेल्पाले कोभिड -19 नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया सम्पन्न गरेको छ। सो पार्टीको हालै बसेको रोल्पा जिल्ला संगठन समितिको बैठकले कोभिड १९ नियन्त्रण एकीकृत जनसुरक्षा अभियान सञ्चालन गर्ने निर्णय अनुसार आज सर्वपक्षीय अन्तरक्रिया सम्पन्न भएको हो । कोभिड १९ नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा जिल्लामा सक्रिय राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला स्वास्थ्य […]

२०७८ श्रावण १७ गते, आईतवार

‘ धामीलाई महाकाली नदीमा खसाल्नेलाई कारवाही गर’

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जयसिंह धामीलाई तुइनको डोरी काटेर महाकाली नदीमा खसालेर ज्यान विपत्ता पार्ने भारतीय सिमा सुरक्षा प्रहरी एसएसबी अन्तर्गतका दोषीलाई तुरुन्त खोज र छानबिन गरि कडाभन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग माग गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । […]

२०७८ श्रावण १६ गते, शनिबार