गैँडाको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौं . चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
२०७७ पुष २२ गते, बुधबार