समाज

आज गोवद्र्धन पूजा

काठमाडौँ , ११ कार्तिक । हिन्दु नेपालीहरुको पर्व यमपन्चक अन्तर्गत आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ […]

२०७६ कार्तिक ११ गते, सोमबार

तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन

काठमाडौँ , १० कार्तिक । आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा । आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तीथीको घटबढले लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै […]

२०७६ कार्तिक १० गते, आईतवार

यमपञ्चक सुरु, आज काग तिहार

काठमाडाैं, ९ कार्तिक । आज यमपञ्चकको पहिलो दिन घरघरमा कागको पुजा गरि मनाईदै छ । कागलाई सन्देश वाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग […]

२०७६ कार्तिक ९ गते, शनिबार

कात्तिक १३ गते सार्वजनिक विदा

काठमाडौँ , ७ कार्तिक । सरकारले कात्तिक १३ गते सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो […]

२०७६ कार्तिक ७ गते, बिहीबार

लागूऔषधसहित तीन पक्राउ

काठमाडौँ , ७ कार्तिक । नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पक्राउ परेका […]

२०७६ कार्तिक ७ गते, बिहीबार

लक्ष्मी पुजाका दिन लोडसेडिङ नहुने

काठमाडौँ , ६ कार्तिक । नेपाल विद्युत प्राधिकरणले वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने लक्ष्मी पुजाका दिन अलोडसेडिङ नहुने बताएको छ । बिगत चार वर्षदेखि लक्ष्मी पुजाका दिन प्राधिकरणले वत्ति काट्न छोडेको छ । तिहारमा सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने गरिन्छ । यसपाली पनि तिहारमा कतै बत्ति नजाने सुनिश्चित गर्न प्राधिकरण जुटिसकेको छ […]

२०७६ कार्तिक ६ गते, बुधबार

मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता !

काठमाडौँ , ५ कार्तिक । सुपर प्लस साइज मोडल नेपालले मोटोपना भएका युवतीहरुको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने बताएको छ । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतिमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो। प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन्। ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट […]

२०७६ कार्तिक ५ गते, मंगलवार

भाइटीकाको शुभसाइत कात्तिक १२ गते ११ः५५ बजे

काठमाडाैँ, ४ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक १२ गते मंगलबार बिहान ११ः५५ बजे रहेको जनाएको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । कात्तिक १२ गते मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् […]

२०७६ कार्तिक ४ गते, सोमबार

३७६ बालबालिकाको उद्धार

काठमाडौं , ३० असोज । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३७६ बालबालिकाको उद्धार गरिएको छ । जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसारजस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिकामाथि हुने हिंसा विरुद्ध काम गर्दै आएको […]

२०७६ आश्विन ३० गते, बिहीबार

आइतबार सार्वजनिक बिदा

काठमाडौं, २४ असोज । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकाय, शिक्षण संस्था एवं विदेशस्थित नेपाली कूटनीतिक नियोगमासमेत सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राससलाई जानकारी दिए […]

२०७६ आश्विन २५ गते, शनिबार