भोटेकोसी नदीमा भीषण बाढी
काठमाण्डौ, २२ असार । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा बुधबार राति अचानक भीषण बाढी आएको छ । बाढीका कारण बाह्रबिसे तल्लो तटीय क्षेत्रका सर्वसाधारणमा भागाभाग भएको छ । भोटेकोसी नदी सहतभन्दा झण्डै अरनीको राजमार्ग छुने गरी बढेपछि पाँच किलोमिटर तल खाडीचौरसम्म भागाभाग मच्चिएको प्रहरीले जनाएको छ । स्थानीय ज्यान जोगाउन भागेर पाँच किलोमिटर टाढासम्म पुगेको बताइएको छ […]
२०७३ असार २२ गते, बुधबार