समाज

प्रहरीको डरले डाक्टर ‘बेहुलो’ भागेपछि…

काठमाडौ, ९ असार । डाक्टर केटासँग शिक्षिका छोरीको विवाह गर्ने सबै तयारी भइसकेको बेला एक्कासी नक्कली सर्टिफिकेटको डरले केटा फरार भएपछि केटी पक्षले बुझाएको ६० लाख रुपैयाँ दाईजो गुमेको छ । महोत्तरीको भ्रमरपुरा निवासी मोहन शर्माले आफ्नो शिक्षिका छोरी प्रिया शर्माको विवाह महोत्तरीकै धिरापुर घर भई हाल जनकपुर उपमहानगरपालिका–१० मा बस्दै आएका लाल ठाकुरका छोरा […]

२०७३ असार ९ गते, बिहीबार

मुग्लिन–नारायणगढ सडक पुन: अवरुद्ध

काठमाडौँ, ९ असार । मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको हो । उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले […]

२०७३ असार ९ गते, बिहीबार

गैरकानुनी वैदेशिक रोजगार कम्पनीलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ८ असार । व्यवस्थापिका–संसदअन्तर्गतको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकले गैरकानुनीरुपमा खोलिएका वैदेशिक रोजगार कम्पनीहरुलाई कारबाही गर्न निर्देशन दिएको छ । बैठकले काबुल घटनाको भत्सर्ना गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ । समितिले द्वन्द्वग्रस्त क्षेत्रमा रोजगारीका लागि नपठाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ । समितिमा सहभागी श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले मृत्यु भएकाका […]

२०७३ असार ८ गते, बुधबार

काबुलमा मारिएका नेपालीको शव ल्याइँदै

काठमाडौ, ८ असार । सरकारले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन चार्टर विमानसहित आज बिहान साढे ३ बजे बिशेष टोली काबुल पाठाएको छ । नेपाल वायु सेवा निगमको एयर बस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको बिशेष ब्युरोका अधिकारीसहितको टोली काबुल गएका छन । टोली काबुल पुगेर बिहान फर्कने […]

२०७३ असार ८ गते, बुधबार

इटहरी बजार डुवानमा

काठमाडौँ, ७ असार । गएरातीदेखी परेको अविरल बर्षाका कारण सुनसरीको इटहरी बजार डुवानमा परेको छ । स्थानीय टेग्रा खोला इटहरी ८ स्थित बस्तीमा पस्दा घरहरु डुवानमा परेका हुन । टेग्रांखोलामा आएको बाढीले इटहरीको साथी पेट्रोल पम्प नजिकबाट बाँध भत्काएर बस्तीमा प्रवेश गरेको हो । बाढीका कारण दुई जनाको मृत्यु भएको छ । घर अगाडीको पैनीमा […]

२०७३ असार ७ गते, मंगलवार

काबुलमा मारिएका नेपालीको शव ल्याउन पहल सुरु

काठमाडौ, ७ असार । परराष्ट्र मन्त्रालयले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोटमा परेर मृत्यु भएका १२ जना नेपालीको शव नेपाल ल्याउने प्रयास भइरहेको बताएको छ । परराष्ट्रले त्यहाँको सरकार र नेपाली प्रतिनिधिसँग सम्पर्क गरिरहेको जनाएको छ । परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले मन्त्रालयले सम्पर्क गरिसकेको पर्सीसम्ममा शव नेपाल ल्याउने प्रयास भइरहेको बताए । उनले मृतकहरुको […]

२०७३ असार ७ गते, मंगलवार

अनलाइन संचालन निर्देशिका सच्याउ : पत्रकार महासंघ

काठमाडौँ, ६ असार । नेपाल पत्रकार महासङ्घले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ का केही प्रावधान संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताका स्थापित मान्यताविपरीत रहेकोे भन्दै सच्याउन सरकारसँग माग गरेको छ । नयाँ माध्यमका रूपमा दु्रत विकास भइरहेको अनलाइन सञ्चारमाध्यमको विकास र विस्तारलाई यस्ता प्रावधानले अङ्कुश लगाउन खोजिएको महासङ्घको तर्क छ । निर्देशिकाको […]

२०७३ असार ६ गते, सोमबार

हात्ती आतङ्क रोक्न विद्युतीय तारबार

काठमाडौँ, ६ असार । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बडुवाल टोलमा जङ्गली हात्तीको आतङ्क रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयको सहयोगमा चार किलोमिटर क्षेत्रफलमा विद्युतीय तारबार गरिएको हो । जङ्गली हात्तीले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्नका लागि परीक्षणका रुपमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको आरक्षका मुख्य संरक्षण […]

२०७३ असार ६ गते, सोमबार

नक्कली चिकित्सकलाई सार्वजनिक गरिदै

काठमाडौ, ५ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उपत्यका र बाहिरबाट पक्राउ गरेको नक्कली चिकित्सकलाई आज सार्वजनिक गर्ने भएको छ । सीआईबीले काठमाडौ उपत्यकाबाट मात्रै झन्डै डेढ दर्जन चिकित्सक पक्राउ गरेको छ । उपत्यकाबाहिर वीरगन्ज, विराटनगर, दाङ, चितवनलगायतका जिल्लाबाट करिब ३८ जना नक्कली चिकित्सक पक्राउ गरेको छ । राजधानीका विभिन्न अस्पतालमा अपे्रसन […]

२०७३ असार ५ गते, आईतवार

तमोरको पुल निर्माणकार्य रोकियो

काठमाडौ, ४ असार । ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुलको निर्माणकार्य नदीमा पानीको बहाव बढेको भन्दै रोकिएको छ । वर्षायामसँगै नदीमा पानीको बहाव बढेको भन्दै ठेकेदार कम्पनीले मंसिरसम्मका लागि काम रोकेको हो । सम्झौता भएको दुई वर्षसम्म काम नै नगरी बसेको हुलास कम्पनीले बर्खा लागेपछि काम सुरु गरेको थियो । तर, पानीको बहावले काम प्रभावित […]

२०७३ असार ४ गते, शनिबार