समाज

दुइ दिनपछि जिवितै उद्धार

काठमाडौं १५ वैशाख। काठमाडौंको गोंगबुबाट दुइदिन पछि जिवितै उद्धार गरिएको प्रहरीेल जनाएको छ । भत्किएको घरको भग्नावशेषबाट उद्धारका लागि आग्रह गरेपछि उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।शनिबारदेखि निरन्तर आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४७ पुगेको गृहमन्त्रालयले जनाएको छ । भुकम्पमा ज्यान गुमाउनेको संख्या अझै बढ्ने मन्त्रालयले जनाएको छ । […]

२०७२ बैशाख १५ गते, मंगलवार

एकै घरमा ५० जना पुरिएको आशंका, ३ शव भेटिए

काठमाडौं ,१४ वैशाख । काठमाडौंको डल्लु स्थित पुलमा छेउँमा रहेको ६-७ तलाको एक घर पूर्णरुपमा भत्किँदा कम्तिमा ५० जना मजदुर पुरिएको आशंका गरिएको छ । घटनास्थलमा ३ वटा शव देखिएका छन् । ति शवलाई बाहिर निकाल्ने प्रयास भैरहेको छ । उद्धारमा नेपाली सेना र भारतीय सेनाको टोली खटिएका छन् । माथिल्लो तलाबाट दुई तला मुनि […]

२०७२ बैशाख १४ गते, सोमबार

महाभुकम्पमा परी ३२ सयको मृत्यु, लाखौ मानिस प्रभावित

काठमाडौं,१४ बैशाख । अस्ति शनिवार मध्यान्य देखि गएको विनाशकारी महाभुकम्पमा परी देशभरका करिब ३ हजार २ सय १८ नाघेको गृहमन्त्रालयले जनाएको छ । घाइतेहरुको संख्या पनि ६२ हजार नाघिसकेको छ ।घाइतेहरुको काठमाडौं लगायत प्रभावित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ । महाभुकम्पमा परी ६६ लाख मानिस प्रभावित भएको सरकारी तथ्याङ सार्वजनिक भएको छ । नेपाली सुरक्षाकर्मी, […]

२०७२ बैशाख १४ गते, सोमबार

बेलगाम दूरसञ्चार कम्पम्नी

काठमाडौँ । दूरसञ्चार प्राधिकरण र संसदीय समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूलाइ सेवा सुधार्न पटक–पटक दिएको निर्देशनको अपहेलना भएको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले तालुक निकायको निर्देशन नटेर्दा दिनप्रतिदिन गुणस्तर खस्कँदै आएको छ । टेलिफोन, मोबाइल, इन्टरनेटमा अधिकांश उपभोक्ताले एकपछि अर्काे समस्या भोग्दै आएका छन् । समस्या थपिँदै जाँदा निर्देशनको थुप्रो पनि चुलिँदै गएको छ । यसै […]

२०७२ बैशाख १२ गते, शनिबार

शाहीकालिन मेयर पक्राउ

काठमाडौं, ११ वैशाख ।महोत्तरीको जलेश्वर नगरपालिकाका शाहीकालिन मेयर शंकर साहलाई प्रहरीले पक्राउ गरेको छ । स्थानिय संसारीमाई पूजा समितिको दुई लाख ७५ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले साहलाई बिहीबार राती पक्राउ गरेको हो । जलेश्वर २ घर भएका साहले गएको असार २४ गते जलेश्वर नगरपालिकाबाट लिएको दुईलाख ७५ हजार रुपैयाँ आफैंले चलाएको अभियोगमा प्रहरीले […]

२०७२ बैशाख ११ गते, शुक्रबार

काठमाडौं–जुम्ला बस सेवा सुरु हुदै

काठमाडौं,१० वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आजदेखि काठमाडौंबाट जुम्लाको सदरमुकामसम्म चल्ने बस सेवा सुरु गर्दैछ । महासंघका महासचिव एवँ प्रवक्ता सरोज सिटौलाका अनुसार दिउँसो २ बजे गोगंबु बसपार्कबाट बस सेवाको उद्घाटन गरिनेछ । काठमाडौंबाट सिधै जुम्लाको लागि पहिलोपल्ट बस गुड्न लागेको हो । काठमाडौं–जुम्ला ८ सय ३० किलोमिटर बाटोको भाडा २८ सय ५० […]

२०७२ बैशाख १० गते, बिहीबार

चट्याङ लागेर मृत्यु

काठमाडौ, १० बैशाख । ताप्लेजुङमा बुधबार दिउँसो परेको चट्याङले लागेर एकको मृत्यु र एक घाइते भएका छन् । चट्याङले लागेर ताप्लेजुङको डुम्रिसेका ३३ वर्षका प्रतिमान विकका छोरा बमबहादुर विकको ज्यान गएको हो । चट्याङले लागेर प्रतिमानकी नातिनी रिता विक घाईते भएकी छन् । घाईते विकको जिल्ला अस्पताल पाँचथर अस्पतालमा उपचार भईरहेको छ । दिउँसो डोको […]

२०७२ बैशाख १० गते, बिहीबार

आज विश्व पृथ्वी दिवस

काठमाडौं, ९ वैशाख । आज विश्व पृथ्वी दिवस । नेपाल सहित संसारभर विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ । नेपालमा वातावरणको क्षेत्रमा काम गर्ने संघ सस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन ।सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकाले पहिलो पटक पृथ्वी दिवस मनाएको थियो । तर पछि सन् २००९ मा राष्ट्रसंघको ६३ औं महासभाले […]

२०७२ बैशाख ९ गते, बुधबार

नौविसेमा बस दुर्घटना ,१२ जनाको मृत्यु

काठमाडौ, ९ बैशाख । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौविसे गाउं विकास समिति वडा नम्बर ५ झयाप्रे खोलामा जी जे १४ एक्स ९९०० नम्बरको भारतीय पर्यटक बोकेको बस दुर्घटना हुंदा १२ जनाको मृत्यु भएको छ । घटनास्थल पुगेको सशस्त्र प्रहरी बलको निलवाराही गणका एसपी काजीदास धौबुजीको टोलीले १२ को मृत्यु पुष्टि गरेको हो । सो टोलीका […]

२०७२ बैशाख ९ गते, बुधबार

आज दुई सय बर्षयताकै शुभ दिन

काठमाडौं, ८ बैशाख । आज बैशाख आठ गते करिब दुईसय बर्ष यताकै शुभ दिन रहेको ज्योतिषहरुले बताएका छन् । भारतीय ज्योतिषहरुले आउँदो अक्षय तृतीया एक सय ९१ बर्ष यताको सबैभन्दा शुभ दिन रहने दावी गरेका हुन् । बैशाख मासको शुक्ल पक्षको अक्षय तृतिया बैशाखको ८ गते मंगलबार दिन कृतिका नक्षत्र, सौभाग्य योग, बृष राशिमा चन्द्रमा […]

२०७२ बैशाख ८ गते, मंगलवार