पर्यटन

गाउँलेले बनाए पदमार्ग

काठमाडौ, २६ चैत । समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् ।स्थानीय बासिन्दाले स्थानीयस्तरबाट नै ३० लाख रूपैयाँ लगानी गरेर पदमार्ग निर्माण गरी उदाहरणीय बनेका हुन् । गाउँदेखि पर्यटकीय तथा धार्मिक क्षेत्र खोप्रा लेक जाने विभिन्न स्थानमा गरी तीन […]

२०७१ चैत्र २६ गते, बिहीबार

पोखराको पार्चेमा नयाँ हिमताल

काठमाडौं । अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ । स्थानीय बासिन्दाले यो तालको नाम कफुचे राखेका छन्। नेपालमा चार हजार पाँच सय मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने दुई हजार चार सय ३७ मिटरको उचाइमा छ। कुफुचे हिमताल पर्यटकीय नगरी पोखराबाट करिब ५१ किलोमिटर उत्तरपूर्वमा पर्छ। अन्नपूर्ण […]

२०७१ चैत्र २५ गते, बुधबार

चैत स्नान मेला सुरु

काठमाडौं । सिन्धुपाल्चोकको प्रख्यात तातोपानीधारामा चैत स्नान मेला सुरु भएको छ । चैत महिनाभर लाग्ने यो मेलामा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको तातोपानीधारा व्यवस्थापन समितिले जनाएको छ । प्राकृतिकरुपमा ४४ डिग्री सेन्टीग्रेड तापक्रमयुक्त तातोपानी धारा पानीमा गन्धक मिसिएकाले छालासम्बन्धी विभिन्न किसिमका रोग निको हुने विश्वासका साथ स्नान गर्नेहरुको मेलामा घुइँचो लाग्ने गरेको छ । […]

२०७१ चैत्र २३ गते, सोमबार

पर्यटन बोर्ड अस्तव्यस्त

काठमाडौँ, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका कामु कार्यकारी निर्देशकसहित ११ जना कर्मचारीविरुद्ध भ्रष्टचारको आरोपमा गत शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेपछि आइतबार बोर्ड सुनसान देखिएको छ । आयोगले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख सुवास निरौला र कर्मचारीसहित ११ जनाबाटमात्र रु ६९ करोड ७५ लाख २६ हजार ८५७ बिगोबराबरको माग दाबी गरी […]

२०७१ चैत्र २२ गते, आईतवार

सगरमाथामा नया रेकर्ड कायम गरिदै

काठमाडौ । यस वर्षको वसन्त यामलाई साइत पारेर सर्वोच्च शिखर सगरमाथामा हालसम्मकै सबैभन्दा धेरै दल र आरोहीले आरोहण गर्दै छन् । यो साताको पहिलो चार दिनमा मात्रै २८ आरोहण दलले पर्यटन विभागबाट अनुमति लिएका छन् । ‘यो वर्ष हालसम्मकै धेरै आरोही पुग्ने सम्भावना छ,’ विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले बिहीबार कान्तिपुरसित भने, ‘यो वर्ष ४० भन्दा […]

२०७१ चैत्र २२ गते, आईतवार

पर्यटन बोर्डमा भएको भ्रष्टाचारविरुद्ध मुद्दा दर्ता हुदै

काठमाडौ, २० चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा झण्डै ८० करोड बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौलासहित ५२ जनालाई प्रतिवादी बनाएको छ । सरकार दुईजना सचिव पनि प्रतिवादीका रुपमा रहेका छन् । हिजो समय अभावका कारण दर्ता नभएको र आज […]

२०७१ चैत्र २० गते, शुक्रबार

पर्यटन बोर्डको बजेट १४ प्रतिशत मात्रै खर्च

काठमाडौँ । चैत महिनाको मध्यसम्म आइपुग्दा पनि नेपाल पर्यटन बोर्डको विनियोजित बजेटको १४ प्रतिशत रकम मात्रै खर्च भएको छ । बोर्डका तत्कालीन कामु कार्यकारी निर्देशक सुवास निरौलाले अवैध ढङ्गले रकमको हिनामिना गरेको भन्दै पर्यटन व्यवसायी आन्दोलित भएपछि लामो समयदेखि बोर्ड विवादमा पर्दै आएको छ । भ्रष्टाचारको आरोपमा हालै निरौला निलम्बित भएपछि केही समयअघि मात्रै नयाँ […]

२०७१ चैत्र १९ गते, बिहीबार

बुढानीलकण्ठ महोत्सव चैत्र २६ देखि

काठमाडौँ । आगामी चैत्र २६ गते देखि बैशाख १ गते सम्म ‘हाम्रो बुढानीलकण्ठ, राम्रो बुढानीलकण्ठ’, ‘जाउँ है बुढानीलकण्ठ’ को नाराका साथ प्रथम ऐतिहासिक बुढानीलकण्ठ महोत्सव २०७१–७२ हुने भएको छ । महोत्सवको आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समिति रहेको छ भने बुढानीलकण्ठ सांस्कृतिक तथा पर्यटन समितिले सहआयोजकको भुमिका निर्वाह गर्ने भएको छ । क्षेत्र विकास समितिअन्तर्गत टोखा […]

२०७१ चैत्र १४ गते, शनिबार

सेतो मच्छिन्द्रनाथको रथयात्रा हुदै

काठमाडाैं, १३ । सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन आर्यावलोकितेश्वर भनिने सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने गर्छ । आज बेलुकी ५ बजे सेतो मन्छिन्द्रनाथको रथ काठमाडाैं जमल नजिकको तीनधारा पाठशालाबाट तानेर रथयात्रा शुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा व्यवस्थापन समितिले जनाएको छ । रथयात्राको लागि मूर्तिलाई केलटोलमा रहेको […]

२०७१ चैत्र १३ गते, शुक्रबार

बैशाख ५ देखि बुङमति महोत्सव

काठमाडौं,१२ चैत । ललितपुर उद्योग वाणिज्य संघले रातो मत्स्येन्द्रनाथको प्रसिद्ध १२ वर्षे मेलाको अवसरमा बुङमति महोत्सव आयोजना गर्ने भएको छ । महोत्सव बैशाख ५ देखि ९ गतेसम्म आयोजना हुने बताइएको छ । महोत्सवमा ओझेलमा परेका प्राचिनकालका विभिन्न परम्परा, संस्कृति, बाजागाजा, नाच तथा सा्रस्कृतिक प्रस्तुति प्रस्तुत गरिने संयोजक प्रेमभक्त महर्जनले बताए । महोत्सवको मूख्य उद्देश्य लोप […]

२०७१ चैत्र १२ गते, बिहीबार