पर्यटन

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुने गरी जिप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारीका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यति बेला ठुलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो […]

२०८२ असार १७ गते, मंगलवार

प्राधिकरणमा दर्ता नभएका प्याराग्लाइडर गैरकानुनी !

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ देखि कम्पनी मातहतका सोलो तथा टेन्डम प्याराग्लाइडर अनिवार्य दर्ता गर्नुपर्ने छ । आर्थिक वर्ष पहिलो तीन महिनासम्म दर्ता गर्न सकिने गरी समय तोकिएको छ । त्यसरी दर्ता नगरेमा प्राधिकरणले प्याराग्लाइडरलाई गैरकानुनी घोषणा गर्ने छ । त्यसो नभए कानुन अनुसार कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको […]

२०८२ असार १० गते, मंगलवार

साततले दरबार पुनर्निर्माण हुँदै

काठमाडौँ । विनाशकारी गोरखा भूकम्पबाट क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न दरबार)को पुनर्निर्माण प्रक्रिया अघि बढेको छ। स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटका प्रमुख सुनिल पाण्डेका अनुसार दिउँसो १ बजेदेखि दरबारको छाना हटाएर क्षतिग्रस्त भाग हटाउने काम सुरु गरिएको छ। चिनियाँ पक्षले सरोकारवालाहरूलाई जानकारी गराउँदै पुनर्निर्माण अगाडि बढाएको हो।विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठका अनुसार […]

२०८२ असार ८ गते, आईतवार

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै

काठमाडौँ । नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा ताल जोगाउन सफाइ थालिएको छ। जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै सङ्कटमा पर्न थालेसँगै ताल सफाइ शुरु गरिएको हो।पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको ताल कावासोती नगरपालिका–७ र ८ मा पर्दछ। कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार ७१३ वर्ग मिटर […]

२०८२ जेष्ठ ३२ गते, शनिबार

पर्यटकको पर्खाइमा ‘धनलक्ष्मी झरना’

काठमाडौँ । चितवनको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई […]

२०८२ जेष्ठ ३० गते, बिहीबार

११० फिट अग्लो यलम्बरको पूर्ण कदको प्रतिमासहित पार्क निर्माण

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा किरातकालीन प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमासहितको यलम्बर पार्क निर्माण सम्पन्न भएको छ । बुइपास्थित पञ्च दोबाटोमा ३० रोपनी क्षेत्रफलको सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको प्रतिमासहित पार्क निर्माण गरिएको हो ।माझ किराँतका रुपमा परिचित खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेश सरकारको […]

२०८२ जेष्ठ २८ गते, मंगलवार

‘मध्यरातमा चिच्याएर वर माग्ने अनौठो मन्दिर’

काठमाडौँ । सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’को रूपमा चिन्छन्। बर्जुको कान नसुन्ने मान्यताले चर्को स्वरमा मध्यरातमा चिच्याएर वर माग्नुपर्छ। बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा रहेको यो मन्दिरमा चिच्याएर वर मागे मनोकामना पूरा हुने विश्वास छ। यो मन्दिर साक्षात् देवीको शक्तिपीठको रूपमा प्रसिद्ध छ। यहाँ दैनिक धार्मिक भक्तजन र पर्यटक आउँछन्। विशेष […]

२०८२ जेष्ठ २४ गते, शुक्रबार

कैलाश मानसरोवर दूरदर्शन सुरु

काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना […]

२०८२ जेष्ठ २३ गते, बिहीबार

बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि…

काठमाडौँ । ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ २०३० को दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर दिएर रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतकै पहिचान बन्यो। यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुल तालको नाम जनजनका मनमनमा पुगेको […]

२०८२ जेष्ठ १८ गते, शनिबार

आज सगरमाथा दिवस : विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको […]

२०८२ जेष्ठ १६ गते, बिहीबार