पर्यटन

मनास्लु आरोहणबाट १५ करोड राजस्व संकलन

काठमाडौँ । मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष […]

२०८२ आश्विन २४ गते, शुक्रबार

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ ।समुद्री सतहबाट ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय […]

२०८२ आश्विन २४ गते, शुक्रबार

सगरमाथा नजिकै फसेका पर्वतारोही सकुशल उद्धार

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ ।हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू […]

२०८२ आश्विन २२ गते, बुधबार

सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा नेपाल भित्रिने कुल पर्यटक संख्या ७८ हजार ७११ मात्र रहेको छ। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १८.३ प्रतिशतले कम हो। सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक नेपाल आएका थिए।पर्यटन बोर्डका अनुसार भदौ २३ र २४ गते भएको […]

२०८२ आश्विन २२ गते, बुधबार

रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने

काठमाडौँ । नागरिक उड्डयन कार्यालय रामेछापले अबदेखि प्रत्येक बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौँ–रामेछाप उडान भर्ने जनाएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् ।केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौँ […]

२०८२ आश्विन २२ गते, बुधबार

खुम्बुमा असोजमै हिमपात, पर्यटकीय याममै चिसोले जनजीवन सुस्त

काठमाडौँ । सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ। हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ।यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ। यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ। यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र […]

२०८२ आश्विन २१ गते, मंगलवार

लाङटाङ ट्रेकिङ गएका चारजना बेपत्ता

काठमाडौँ । लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चारजना खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन् । १६ जनाको समूहमध्ये चार जना खोल्सा तर्ने क्रममा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शुक्रबार लाङटाङ ट्रेकिङका लागि हिँडेका टोलीका उनीहरू शनिबार गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सामा बगेका हुन्।खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएको […]

२०८२ आश्विन १९ गते, आईतवार

आन्तरिक हवाई उडान शुरु

काठमाडौँ । त्रिभुवन विमानस्थल कार्यालयले निरन्तरको वर्षाले शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आइतबार बिहानवाट शुरु भएको जानकारी दिएको छ। कार्यालयले मौसम अनुकुल रहेका स्थानमा आन्तरिक उडान गर्न थालेको बताएको छ ।बुद्ध एयर र यति एयरले काठमाडौं भद्रपुर, विराटनगर र पोखराको उडान भरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। अन्य क्षेत्रमा पनि मौसम अनुकुल रहेको […]

२०८२ आश्विन १९ गते, आईतवार

पर्यटकलाई पदयात्रामा नजान आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ।प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो।विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे […]

२०८२ आश्विन १८ गते, शनिबार

तलेजुको घोडा जात्रा सम्पन्न

काठमाडौँ । बडादशैँको दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेतो घोडा जात्रा सम्पन्न भएको छ । एकादशीको दिन आज बिहान पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाउने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले जानकारी दिए ।बडादशैँको मध्यराति तलेजु आगम घर (मन्दिर)को […]

२०८२ आश्विन १७ गते, शुक्रबार