पर्यटन

आहा ! फुतफुते झरना

काठमाडौँ । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृत्रिम नालीजस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको नीलो ताल झट्ट हेर्दा ढुङ्गेधाराजस्तै देखिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको फुतफुते झरना मनमोहक र आकर्षक छ । अन्नपूर्ण हिमालको आधार शिविर […]

२०८२ कार्तिक ५ गते, मंगलवार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जङ्गल सफारी रुट कायम गरेको छ। वर्षात्को मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जङ्गल सफारी गर्न निकुञ्ज खुला गरिएको हो।निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीका अनुसार पर्यटक प्रवेशका लागि रुट कायम गरिएको हो। निकुञ्जको मुख्य आकर्षण मानिने शुक्लाफाँटा घाँसेमैदानका भित्री फाँटमा वर्षाको पानी अझै […]

२०८२ कार्तिक ५ गते, मंगलवार

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो।बैठकले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई संघीय सरकारद्वारा तोकिएको […]

२०८२ कार्तिक ४ गते, सोमबार

मनाङमा डेढ महिनामा ७ हजार ४६१ पर्यटक भित्रिए​​​​​​​

काठमाडौँ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले डेढ महिनामा मनाङमा साढे ७ हजार बढी पर्यटक भित्रिएको जनाएको छ । एक्यापका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले डेढ महिनामा ७ हजार ४६१ पर्यटकको आगमन भएको जानकारी दिए ।उनका अनुसार याम सुरु भएपछि इजरायलका १ हजार १२७, जर्मनीका ५०१, बेलायतका ४६६ र अष्ट्रेलियाका ४४१ जनाले मनाङ […]

२०८२ कार्तिक ३ गते, आईतवार

धमाधम सुक्न थाले ताल, संरक्षणमा चुनौती

काठमाडौँ । बागलुङमा ताल सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित रुद्रताल, तमानखोला–२ स्थित बराहताल, जैमिनी–३ गाजा दह (ताल), काठेखोला–४ को खोरताल, बागलुङ–१० स्थित बराहतालमा पानी सुक्दै गएपछि संरक्षणमा चुनौती बढेको हो । गाउँ तथा नगरपालिकाले संरक्षण गर्नका लागि डोजर चलाएपछि तालमा पानीको सहत घटेर सुक्न थालेका हुन् ।एक दशक अगाडिसम्म […]

२०८२ आश्विन २९ गते, बुधबार

हिल्सा हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या वृद्धि

काठमाडौँ । हुम्लाको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए ।काठमाडौं, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर मानसरोवर जाने तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको उनले बताए । कोरोना सङ्क्रमणपछि भारतीय […]

२०८२ आश्विन २६ गते, आईतवार

मनास्लु आरोहणबाट १५ करोड राजस्व संकलन

काठमाडौँ । मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ ।आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष […]

२०८२ आश्विन २४ गते, शुक्रबार

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ ।समुद्री सतहबाट ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय […]

२०८२ आश्विन २४ गते, शुक्रबार

सगरमाथा नजिकै फसेका पर्वतारोही सकुशल उद्धार

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ ।हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू […]

२०८२ आश्विन २२ गते, बुधबार

सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक भित्रिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा नेपाल भित्रिने कुल पर्यटक संख्या ७८ हजार ७११ मात्र रहेको छ। यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा १८.३ प्रतिशतले कम हो। सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक नेपाल आएका थिए।पर्यटन बोर्डका अनुसार भदौ २३ र २४ गते भएको […]

२०८२ आश्विन २२ गते, बुधबार