पर्यटन

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट

काठमाडौँ । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट र ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले […]

२०८३ श्रावण ७ गते, बिहीबार

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज छिरेको आशङ्कामा खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको छ । नवलपरासीको (वर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई मंगलबार सार्वजनिक गरिएको हो।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरले दुवैलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ […]

२०८३ श्रावण ६ गते, बुधबार

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ। बर्डफ्लु संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि यही साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ।चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका […]

२०८३ श्रावण ४ गते, सोमबार

शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ

काठमाडौँ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई-टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ। शनिबारदेखि यो प्रणालीको परीक्षण सुरु गरिएको हो। उक्त परीक्षण पूर्ण रूपमा सफल भएपछि आगामी हप्तादेखि निकुञ्जको पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई-टिकेटिङ सेवा सञ्चालनमा ल्याइने निकुञ्ज कार्यालयले जनाएको छ। यो नयाँ व्यवस्थालाई थप […]

२०८३ श्रावण ३ गते, आईतवार

ध्रुवे हात्तीको घाटीमा रेडियो कलर जडान

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले ध्रुवे हात्तीको घाटीमा रेडियो कलर जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्ट गरी घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ । त्यसपछि दाह्रा काटेर छाडिएको […]

२०८३ असार ३२ गते, बिहीबार

जटायु रेष्टुरेन्ट पर्यटकीय र अध्ययन केन्द्र !

काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती सामुदायिक वनभित्र सञ्चालनमा रहेको जटायु रेष्टुरेन्ट अहिले गिद्ध संरक्षणको सफल नमूनासँगै पर्यटकीय तथा अध्ययन–अनुसन्धान केन्द्रका रूपमा विकास हुँदै गएको छ । नाम सुन्दा मानिसका लागि सञ्चालन गरिएको रेष्टुरेन्टजस्तो लागे पनि यो गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको संरक्षण केन्द्र हो । पशु […]

२०८३ असार ३२ गते, बिहीबार

सगरमाथा आरोहण गर्न ७ हजार मिटरका हिमाल आरोहण अनिबार्य

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिएका छन्। सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताएका हुन्। उनले पर्यटनसम्बन्धी नयाँ ऐन, […]

२०८३ असार २२ गते, सोमबार

११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगे !

काठमाडौँ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी–जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । […]

२०८३ असार ७ गते, आईतवार

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइयो

काठमाडौँ । वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । बुधबार दिउँसोदेखि रथ तान्न शुरु गरेर राति जावलाखेल पुर्‍याइएको हो । रथलाई बुधबार जावलाखेल पुर्‍याइएपछि अब शनिबार भोटो जात्रा मनाइन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिने भएकाे हाे । […]

२०८३ असार ४ गते, बिहीबार

हप्ताको दुई दिन बिदाको प्रभाव : पर्यटकीय गन्तव्यमा थप चलायमान

काठमाडौँ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने प्रावधान कार्यान्वयन गरिए पछि पर्यटकीय गन्तव्य थप चलायमान हुन थालेका छन्।गर्मीका कारण यो समयलाई आन्तरिक घुमफिरको यामका रुपमा लिइँदैन। चितवनको सौराहामा दुई दिन बिदाको समय पारेर आएका पर्यटकका कारण त्यहाँका होटेल तथा रेष्टुराँ आन्तरिक पर्यटकले भरिभराउ भएका जनाएको छ। साथै जङ्गल सफारीका लागि जिप लाग्ने ठाउँ होस् […]

२०८३ असार २ गते, मंगलवार