सगरमाथा आरोहण गर्न ७ हजार मिटरका हिमाल आरोहण अनिबार्य

२०८३ असार २२ गते, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथामा बढ्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिएका छन्। सोमवार राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रायलगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने तयारी गरिएको बताएका हुन्। उनले पर्यटनसम्बन्धी नयाँ ऐन, नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएकोले सगरमाथा संरक्षणलाई विशेष प्राथमिकतामा राख्ने बताए।
उनकाअनुसार प्रस्तावित ऐनमा ७ हजार मिटरभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण नगरी सगरमाथा आरोहण अनुमति नपाइने प्रावधान समावेश गरिने तयारी छ। यस्तो व्यवस्थाले सगरमाथामा हुने भीड घटाउनुका साथै अनुभवी आरोहीले मात्र अनुमति पाउने बताए। सगरमाथामा अत्यधिक भीडले यसको दीर्घकालीन संरक्षण र अस्तित्वमा चुनौती उत्पन्न हुने चिन्ताप्रति आफू सहमत रहेको उल्लेख गरे।
उनले पर्यटनको विविधतालाई खालमा राखेर सबै प्रकारका पर्यटन प्रवर्द्धनलाई मन्त्रालयले ध्यान दिने बताए। उनले एकै प्रकारको पर्यटन प्रवर्द्धन दिगो नहुने उल्लेख गरे। उनले ट्वीनटर विमान संरक्षण र विस्तारको नेपाल वायुसेवा निगमलाई आवश्यक निर्देशन दिने बताए। पोखरा र भैरहवा विमानस्थल सञ्चालनको लागि आवश्यक हवाई रुटको लागी कुटनितिक पहल गरिरहेको जानकारी दिए।

प्रतिक्रियाहरु

[anycomment]