अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

२०८३ आश्विन २६ गते, सोमबार


काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको जनाएको छ। एक्यापको धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन् ।
समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको उनको भनाइ छ ।
पर्यटकीय ‘सिजन’ सुरु भएसँगै भदौदेखि पर्यटक आगमन बढ्न थालेको थियो तर असोज ८ देखि ११ गतेसम्मको प्रतिकूल मौसमपछि पर्यटकको आवागमन प्रभावित हुँदा दैनिक एकदुई जनामात्र आउने गरेकोमा अहिले बढ्न थाले सगै सो हाराहारीमा आउन थालेको गुरुङले बताए । उनका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख भएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा बढी इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

७८८ जनालाई हिमाल आरोहण अनुमति

२०८३ आश्विन २२ गते, बिहीबार

कैलाश मानसरोवर यात्रा प्रभावित

२०८३ आश्विन १६ गते, शुक्रबार