आन्तरिक हवाई उडान शुरु

२०८२ आश्विन १९ गते, आईतवार

काठमाडौँ । त्रिभुवन विमानस्थल कार्यालयले निरन्तरको वर्षाले शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आइतबार बिहानवाट शुरु भएको जानकारी दिएको छ। कार्यालयले मौसम अनुकुल रहेका स्थानमा आन्तरिक उडान गर्न थालेको बताएको छ ।
बुद्ध एयर र यति एयरले काठमाडौं भद्रपुर, विराटनगर र पोखराको उडान भरेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। अन्य क्षेत्रमा पनि मौसम अनुकुल रहेको जानकारी आएसँगै उडान शुरु गरिएको कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडान शनिबार बेलुकीदेखि नै नियमित छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्नपूर्ण म्याराथन जेठ २० गते

२०८३ जेष्ठ ७ गते, बिहीबार

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार