पर्यटन

तीनजुरे मिल्के जलजले क्षेत्रमा पर्यटक सूचना केन्द्र

काठमाडौँ, ७ चैत । तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रले तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा पहिलो पर्यटक सूचना केन्द्र संचालनमा ल्याएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै ठाउँबाट धेरै जानकारी प्रदान गर्न पर्यटन सूचना केन्द्र स्थापना गरिएको हो । स्थानीय युवाहरुको पहलमा गठन भएको […]

२०७४ चैत्र ७ गते, बुधबार

परासर प्रतीककुम्भ मेला जारी

काठमाडौं,६ चैत । हिजोबाट पूर्वी नवलपरासीको कावासोती नगरपालिका लोकाहामा नेपालकै पहिलो परासर प्रतीककुम्भ मेला सुरु भएको छ । मेला २५ गतेसम्म सञ्चालन हुने छ । बौद्धिक सनातन हिन्दु धर्म रक्षाका लागि कुम्भ मेलाको आयोजना गरिएको संकल्पकर्ता देवाचार्य जी महाराजले जानकारी दिए । यो क्षेत्रलाई धार्मिक पर्यटनस्थलको रुपमा स्थापित गर्ने, देश विदेशबाट नेपालका तीर्थहरुमा भ्रमण गर्न […]

२०७४ चैत्र ६ गते, मंगलवार

कर्णाली नदीमा र्‍याफ्टिङ

काठमाडौं, ५ चैत । कर्णाली र्‍याफ्टिङ तथा एड्भेन्चर प्रालि कैलालीसँगको सहकार्यमा हुम्ला र्‍याफ्टिङ तथा साहसिक जलयात्राले र्‍याफ्टिङ शुरु गरेको छ । जिल्लामा पहिलो पटक व्यवसायिक रुपमा शुरु गरिएको र्‍याफ्टिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । मनोरञ्जनका लागि गरिने र्‍याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सञ्चालन गरिएको व्यवसायीहरुले बताएका छन् । हुम्लाको प्रशिद्ध […]

२०७४ चैत्र ५ गते, सोमबार

कागबेनीको त्रिवेणीमा पर्यटकको चहलपहल

काठमाडौं, ४ चैत । चैते दशैं पर्व नजिकिँदै गर्दा मुस्ताङको कागबेनी त्रिवेणी स्थलमा चहलपहल बढेको छ । पितृको सम्झना गर्दै कालिगण्डकी नदीमा पिण्डदान गर्न पुग्नेहरुका कारण चहलपहल बढेको हो । बडा दशैं र चैतै दशैंको औशी तिथि आसपास पारेर तिर्थालुहरु मुस्ताङ पुग्ने गर्दछन् । श्राद्ध गर्ने तथा पितृका नाममा तर्पणका लागि शुक्रबार र शनिबार मात्र […]

२०७४ चैत्र ४ गते, आईतवार

डोटी विमानस्थल पुनः सुचारु हुने

काठमाडौं, ३ चैत । झन्डै दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल पुनः सुचारु हुने भएको छ । २०५२ सालदेखि नियमित उडान हुन छाडेको डोटी बिमानस्थल २०६१ सालमा पूर्ण बन्द भएको थियो । तर पछिल्लो समयमा विमानस्थल मर्मत गरेर पुनः सुचारु गराउने पहल शुरु भएको छ । विमानस्थल पुनः सुचारु हुने भएपछि डोटीबासी उत्साहित भएका छन् […]

२०७४ चैत्र ३ गते, शनिबार

युएस बंगलाको काठमाडौं-ढाका उडान बन्द

काठमाडौं, १ चैत्र । युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ । गत सोमबार विमान दुर्घटना भएपछि उसले नेपाल उडान बन्द गरेको हो । विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ । ७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा […]

२०७४ चैत्र १ गते, बिहीबार

धनकुटा महोत्सवमा अवलोकनकर्ताको भीड

काठमाडौं, २६ फागुन । धनकुटा महोत्सवमा अवलोकनकर्ताको भीड लागेको छ । मेलाको पाँचौ दिनसम्ममा करिब २० हजारले अवलोकन गरेका छन् । २० हजार आन्तरिक तथा बाह्य पर्यटक महोत्सवमा भित्रिँदा ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकको धनकुटा उद्योग वाणिज्य संघको अनुमान छ । मेलामा राखिएको सांगीतिक प्रस्तुतिमा रमाउने आउनेहरु बढी देखिएको मेला प्रचार समितिका संयोजक […]

२०७४ फाल्गुन २६ गते, शनिबार

भुटानकी महारानीद्वारा कपिलवस्तु दरबार भ्रमण

काठमाडौँ , २५ फागुन । भुटानकी महारानी आसी साङ्दे छोडेङ्ग वाङ्चुकले आज निग्रोधराम कुदान र भगवान् गौतमबुद्धका पिता राजा शुद्धोदनको प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेकी छन् । महारानी वाङ्चुकले गौतमबुद्धले ज्ञान प्राप्त गरी पहिलोपटक कपिलवस्तु आउँदा आमा–बुवासँग भेट गरेको महत्वपूर्ण मानिएको स्थल, २९ वर्र्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्धोदनको दरबार, दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी […]

२०७४ फाल्गुन २५ गते, शुक्रबार

धुलिखेल महोत्सव जारी

काठमाडौँ , २४ फागुन । धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रङ्गशालामा आयोजना भइरहेको महोत्सव “विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार” को नाराका साथ सुरु भएको हो । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा […]

२०७४ फाल्गुन २४ गते, बिहीबार

राईनासकोट गढी मर्मत

काठमाडौं, २३ फागुन । नेपाली सेना श्रीजंग गणले लमजुङको राईनासकोटमा रहेको ऐतिहासिक गढी मर्मत गरेको छ । राईनासकोट गढीमा भत्किएको पर्खालको मर्मत तथा सरसफाई गरिएको श्रीजङ गणका गणपती माधव थापाले जानकारी दिए । जीर्ण संरचना मर्मत गर्न ३० जनाको टोली खटाइएको थियो । मर्मतका लागि आवश्यक सामाग्री पनि श्रीजंग गणले नै जुटाएको थियो । केही […]

२०७४ फाल्गुन २३ गते, बुधबार