लिम्बु पुस्तकालय स्थापना

२०७९ श्रावण २२ गते, आईतवार

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–१५ मा लिम्बु पुस्तकालयको स्थापना गरिएको छ । लिम्बु विद्यार्थी मञ्च सुनसरीले स्थानीय चुम्लुङ हिममा पुस्तकालयको स्थापना गरेको हो ।
आइतबार गरिएको एक कार्यक्रममा धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले पुस्तकालयको उदघाटन गरेका हुन् । उनले सबैलाई पुस्तकालयमा आएर अध्ययन गर्न आग्रहसमेत गरे । पुस्तकालयमा लिम्बु इतिहाससँगै मुलुकको इतिहासबारे लेखिएका एक हजार भन्दा बढी पुस्तकहरु राखिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु