पीडादायी घाइते दिनहरू

मेरो कार्यक्षेत्र जुन ठाउँ, जिल्लामा थियो त्यो रिङ क्षेत्र (काठमाडौँ उपत्यकावरिपरिको जिल्ला जसलाई युद्धकालमा पार्टीले बनाएको) थियो । त्यहाँका स्थानीय नेता–कार्यकर्ताहरू हामीलाई काठमाडौँमा बसे मरिन्छ भनेर भागेर आएको ठान्दथे । यसले गर्दा उनीहरूमा हामीप्रति एक किसिमको नकारात्मक भाव थियो । रैथाने नेता–कार्यकर्ताबाट हामीले एकप्रकारको अपमानबोध गरिरहेका थियौँ । हामी सहरमा जन्मनु, त्यहीँ कार्यक्षेत्र हुनु नै हाम्रो अपराध ठानिन्थ्यो । जातीय र क्षेत्रीय विभेद जब्बर रहेको सूचना देशका अन्यत्र पनि सुनिन्थ्यो । फेरि पार्टीका कमरेड हामी जहाँका जो भए पनि उही एउटै पार्टी नीतिबमोजिम काम त मिलेरै गर्नु परिहाल्थ्यो । उनीहरू उपत्यकाका कार्यकर्ता जो पूर्णकालीन भएर गाउँ वा भनौँ आधारइलाकामा पुगेका थिए, उनीहरू आफ्नो व्यक्तिगत इच्छा, आकाङ्क्षा, निर्णयले त्यहाँ पुग्न–जान सक्दैनथे । त्यो सबै कहाँ, कसको कार्यक्षेत्र हुने, कसले कुन मोर्चा, जवसमा काम गर्ने ? अझ कस्तो जिम्मेवारी निर्वाह गर्ने यावत् कुराहरूको निर्णय पार्टीको हुन्थ्यो । पार्टी निर्णयमा बहस, छलफल, वादविवाद गर्नेसमेत एकदम कम अवसर मिल्थ्यो । कतिपय अवस्थामा लामो समय पार्टीको आदेश, निर्देशन, सल्लाह, सुझावबेगर पार्टी नीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने अवस्था हुन्थ्यो । सरकारबाट पार्टीलाई प्रतिबन्ध लगाइएको थियो । पार्टीले वर्तमान सरकारको ठाउँमा वैकल्पिक जनसरकार गठन गर्दै घोषित रूपमै सशस्त्र युद्ध गरिरहेको थियो । त्यो अवस्थामा साना–तिना वादविवाद, असन्तुष्टिहरू सबैलाई थाती राख्दै पैतालामुनि कुल्चेर युद्धमा अघि बढ्नुको विकल्प थिएन । पार्टी र जनताको हितका खातिर प्राण आहुति दिनुपरे पनि पछि नहट्ने प्रतिबद्धता गर्दै ‘बाँचे जित मरे सहिद’ भन्ने नारालाई मूल मन्त्रजस्तै बनाइएको थियो । हामीसँग आफ्नो भन्ने निजी सरसामानहरू एउटा झोला र त्यसमा अट्ने लाउने कपडा, ब्रस, मन्जन, काइँयो आदि हुन्थे । जीवनलाई धेरै चीजहरूको आवश्यकता भए पनि यी सबै एउटै झोलामा बोकेर हिँडिरहन सम्भव थिएन । त्यहीमाथि कतिखेर दुस्मनसँग जम्काभेट हुने हो केही ठेगान थिएन । भेटियो भने त्यही आवश्यक खत्र्याकखुत्रुकका सामानले भरिएको झोला कुनै पनि झाडीमा बेबारिसे फालेर बेपत्ताले भाग्नुपर्ने हुनसक्थ्यो । भाग्न सकिएन भने कि दुस्मनले कब्जामा लिन्थ्यो कि दोहोरो भिडन्तको नौटङ्की गर्दै ठाउँको ठाउँ मारिदिन्थ्यो । त्यसैले हामीलाई लड्दै सिक्नुपर्ने, सिक्दै लड्नुपर्ने अत्यावश्यकता थियो । त्यही क्रममा हामी जुन गाउँठाउँमा पुग्थ्यौँ त्यहाँ हामी उच्च सुरक्षा सतर्कताका साथ बस्ने गथ्र्यौँ । हामी जुन गाउँमा खाना खान्थ्यौँ, त्यही गाउँमा सुत्दैनथ्यौँ । जब खाना खाइसक्थ्यौँ तब झोला कसेर रातको ८–९ बजे हामी अर्को गाउँ जानका लागि हिँड्न तयार हुन्थ्यौँ । त्यतिखेर त्यही बस्तीका मान्छेहरूको भने आराम गर्दै सुत्ने बेला भएको हुन्थ्यो । त्यस ठाउँका पाका मान्छेहरू हाम्रो नियति देखेर उदास हुँदै ‘चरासमेत बास बस्ने बेला हिँडेर कहाँ जाने हो ? कहिले पुग्ने हो ? कतिखेर सुत्ने हो ?’ भन्दै मायाले, दुःखले च्वःच्वः गर्दै आँखा पुछ्थे ।
हामी हिँड्न त हिँड्थ्यौँ अँध्यारोमा उज्यालोका लागि टर्च, लाइट केही नबाली हिँड्नुपर्ने थियो । उज्यालो बाल्दा रातमा टाढा–टाढाबाट हामी हिँडेको दुस्मनले थाहा पाउन सक्थ्यो । त्यसैले सुरक्षाको ख्याल गर्दै अँध्यारोमै पङ्क्तिबद्ध भएर एकअर्कोको पाइला पछ्याउँदै हिँडिरहनुपथ्र्यो । गाउँ, पहाड, खोला, खोल्सा, डिलहरूमा धेरै मान्छे रातमा ग¥याम–ग¥याम हिँड्दा कति डिलहरू अन्तिमतिरका मान्छेले टेक्दा चर्केर भासिएर सीधै कान्लामुनि झ्याङ–झाडीमा खसिन्थ्यो । कता चोटपटक लाग्यो हेर्न, छाम्नसमेत भ्याइने थिएन । फेरि हतार–हतार उठेर कुद््नुपथ्र्यो । नत्र टोली छोडेरर अघि गइहाल्थ्यो । लडेको मान्छे छुट्थ्यो । कतिपय बाटो भत्केर टेक्ने ठाउँ नै नभएका भिरहरू हुन्थे । त्यहाँ रूखका जराहरू, हाँगा, बुट्यानहरू समाउँदै पार गर्नुपर्ने हुन्थ्यो । कहिलेकहीँ जङ्गलका गोरेटोहरू यही होला भनेर हिँड्यो, त्यो त जङ्गलतिरै गएर टुङ्गिन्थ्यो । रातैभरि जङ्गलमै भौँतारिएर बिहान मात्र कुनै गाउँमा पुगिन्थ्यो । त्यो पनि अघिल्लो दिन जान भनी हिँडेको गाउँ नभई अकै गाउँ हुन्थ्यो । त्यहीँमाथि दुस्मनले पिछा गरेको खबर आईएनटी (खबर ल्याउने मान्छे) ले ल्यायो भने हामी भोकै, अनिदै जङ्गलमै हुन्थ्यौँ र त्यसबेला हिँड्दाहिँड्दा हिजो सम्साँझै खाएको भात कहाँ पुग्थ्यो, पुग्थ्यो । तिर्खाले हुरुक्कै बनाइसकेको हुन्थ्यो । तर गाउँ नपुगी न खाना, खाजा पाइन्थ्यो न पानी । कहिलेकहीँ खोला–खोल्सामा रसिलो माटो भेटियो भने आपूmसँग सुतीको रुमाल वा अरू जे कपडा छ त्यसलाई माटोमा थिचेर भिजाई त्यसैलाई निचोरेर घाँटी अलिअलि भिजाइन्थ्यो । त्यसपछि झन् हुरुक्कै बनाउलाझैँ गरी तिर्खा लाग्ने हुन्थ्यो । भोकले आन्द्रा बटारिएर रिँगटा चल्थ्यो । जङ्गलमा फलका नाममा थाकल र अमलाबाहेक अरू पाइँदैनथ्यो । त्यही पनि टिपेर खाएपछि अलिकति राहतको महसुस हुन्थ्यो । अब गाउँ पस्न सम्भव नभएपछि हामी जङ्गलमै थुनिएका जङ्गली जनावरजस्ता हुन्थ्यौँ । रात परेपछि जङ्गलबीचमै यसो अलि खालीजस्तो ठाउँ खोजेर सुत्ने गथ्र्यौँ ।
एक दिन त हामी एउटा गाउँबाट खाना खाएर अर्को गाउँका लागि हिँडेका, जुन गाउँका लागि हिँडेका थियौँ त्यहाँ त दिउँसैबाट दुस्मनले माओवादी ‘सर्च’ गर्दै आएर त्यही गाउँको विद्यालयमा शिविर जमाएर पो बसेको रहेछ । त्यो कुरा हामीलाई गाउँको सबैभन्दा छेउमा रहेका घरका परिवारले जानकारी दिए । अब हामी कहाँ जाने भन्ने भयो । भाग्न पनि कति भाग्ने ? लड्न पनि हामी सेनाका टुकडी थिएनौँ । हाम्रो टोलीसँग पर्याप्त हतियारसमेत थिएन । त्यसैले त्यहाँबाट फिर्ता भएर डाँडाको टुप्पामा रहेको तामाङहरूको चिहानघारीमा गएर पालैपालो ‘सेन्ट्री’ बस्दै सुत्यौँ । त्यसैबीचमा पनि अन्धविश्वासको धज्जी उडाउँदै फेरि भूतले खुट्टा तान्ला भन्दै ठट्टा गरेर रमाइलो गर्दै सुत्ने वा भनौँ सुतेजस्तो गरियो । दुई दिन त्यसरी बितेपछि तेस्रो दिन त्यहाँ बसेको सेना अर्को गाउँमा गएपछि बल्ल हामी गाउँमा पस्न सकियो । हाम्रो दानापानी र खाना सहज भयो । त्यसपछि फेरि हाम्रो काम जनताका माझमा निरन्तर सञ्चालन गर्न थालियो । यसरी हामी प्रत्येक पाइलामा खतराहरूसँग निरन्तर खेल्नुपर्ने बाध्यात्मक जीवन गुजार्दै थियौँ । हाम्रो काम फौजी नभएकाले हामीलाई फौजी तालिम दिन आवश्यक ठानिँदैनथ्यो । उता दुस्मन सेनाले भने हामी साङ्गठनिक काममा खट्नेहरूलाई झन् बढी निशाना साध्ने गथ्र्यो किनभने हामी एक त फौजी तालिमबेगरका राजनीतिक कार्यकर्ता थियौँ । हामीसँग हतियार पनि साथमा हुँदैनथ्यो । त्यसैले सेना–प्रहरीहरूलाई हामीलाई कब्जामा लिन पाए वा नक्कली भिडन्तकै नाममा भए पनि मार्न पाए उनीहरूको ‘सर्च अपरेसन’ सफल भएको प्रतिवेदन बुझाएर आफ्नो पदोन्नति गर्न–गराउन सजिलो पर्ने । त्यसैले हामी निशानामा परिहाल्थ्यौँ ।
त्यतिखेर हाम्रो कार्यक्षेत्रकै एउटा इलाकामा सैन्य तालिम, शिविर थियो । त्यहाँ सैन्य क्षेत्रमा मात्र नभएर सङ्गठनमा कार्यरतहरूले पनि भाग लिन पाउने व्यवस्था थियो । जनसेनामा जानेहरू र मिलिसियामा काम गर्नेहरूलाई अनिवार्य गरिएको थियो भने सङ्गठनमा कार्यरतलाई स्वेच्छिक थियो । त्यसमा मलाई पनि भाग लिन असाध्यै मन लाग्यो । किनभने हामी जबजब समूहहरूमा हिँड्नु, बस्नुपर्ने अवस्था आउँथ्यो त्यहाँ भएका सबैलाई ‘सेन्ट्री’ पालैपालो राख्ने चलन वा नियम नै थियो । त्यतिखेर जो तालिम प्राप्त छैन उसलाई सम्भावित कम खतराको समय मध्यरातमा सेन्ट्री पालो पार्थे । किन सधैँ एउटै मान्छेलाई मध्यरातमा ? भन्दा त्यतिखेरै हो अलि कम खतरा, सुरुको समय र बिहानीपखको समयमा बढी खतरा हुन्छ त्यसैले भन्थे । त्यो कुरा मलाई पटक्कै चित्त बुझ्दैनथ्यो । एक त हतियार चलाउन नजान्ने, दुस्मनको गतिबिधिको निगरानी गर्नुपर्ने तर पूरा विश्वास पनि नहुने । त्यसो भए त त्यतिखेर खाली नै राख्नु कि तालिम प्राप्त जनशक्ति नै राख्नु ‘सेन्ट्री’ का नाममा हामीलाई किन दुःख दिने ? भन्ने सवालजबाफ जुनसुकै भेला, बैठक, अरू सामूहिक कार्यक्रमहरूमा भइरहन्थ्यो ।
मान्छेले परिस्थितिअनुसार आपूmलाई आधारभूत तालिम त सबैले लिनैपर्छ भन्ने मेरो आफ्नै मान्यता थियो । युद्ध लडिरहेको पार्टीका कुनै पनि फाँटमा काम गर्ने साथी सामान्य युद्धज्ञान, सैद्धान्तिक मात्र भएर हुँदैन व्यावहारिक रूपमै हुनुपर्छ भन्ने लागिरहन्थ्यो । अब यो मौकामा मैले पनि भाग लिनुपर्छ, सैन्य ज्ञान सिक्नुपर्छ भन्ने भित्री मनदेखि नै लाग्यो । तर अरू केही साथीहरू र जनताबाट पनि तालिमै त नलिए पनि हुन्छ भन्ने सुझाव थियो । तर मलाई भने सधैँको सैन्यज्ञानको अभाव खड्किरहेकाले यो मौका गुमाउनु हुन्न भन्ने लागिरह्यो । आजभोलि भन्दाभन्दै तालिम उद्घाटन हुने दिन आयो । त्यो दिन त्यस क्षेत्र वरिपरिका कार्यकर्तादेखि जनतासम्म सहभागी भएका थिए । वातावरण उत्साहजनक थियो । सबैले बडो जोसका साथ सहभागिता जनाए । मैले पनि मन थाम्नै सकिनँ र अन्ततः पङ्क्तिमा लाग्न गएँ । अब त्यतिखेर तँ सक्दिनस्, नग¥ भनेर कुनै प्रशिक्षक, नेता वा अरू कसैले केही भनेनन् । लगातार चार दिनको तालिम पूरा गरिसकेपछि पाँचौँ दिन १०–१२ फिटमाथिबाट हाम फाल्नुपर्ने थियो । नगरौँ कि जस्तो लाग्यो । फेरि कतिपटक १५÷२० फिटका भिरबाट लड्दा त केही भएन । सकिहालिन्छ नि भनेर मैले त्यो कोर्स पूरा गर्ने निर्णय गरेँ । तर त्यसैले मेरो खुट्टा भाँचिदियो । २०६१ जेठ अन्तिमको समय थियो । छतिवन गाउँ, चुरेको उखरमाउलो गर्मी ।

प्रशिक्षकले फाल हाल्नुभन्दा पहिले पञ्जाले टेक्नुपर्छ भनेनन् । मेरो कुर्कुच्चाले टेकेछ जुन भाँच्चियो । त्यसपछि बल्ल ‘पहिले पञ्जाले टेक्नुपर्ने’ भने । मेरो गोडाले टेक्न छोड्यो । उठ्न खोज्दा एउटाले मात्र टेक्यो । अरू साथीहरूले समातेर अलि पर घाइते शिविरमा लगेर राखे । अझै त्यहाँको तालिमको कार्यक्रम सकिएको थिएन । सुरक्षाको प्रश्न पनि थियो । त्यहाँ गोडा भाँचिएको मान्छेलाई कसरी, के भन्ने ? विभिन्न प्रश्नहरू आउने नै भए । पहिले त मलाई भाँचिएको होलाजस्तो लागेन । मर्केको होला, केही आराम, उपचार गरेपछि ठीक भइहाल्छ नि भन्ने लागेको थियो । जब तीन दिनसम्म पनि गोडाले टेक्नै भएन । सुत्नै नसक्ने गरी दुखिरह्यो । बल्ल गोडा भाँचियो भन्ने लाग्न थाल्यो । अब थप उपचार नगरे हुँदैन भन्ने भयो । त्यहाँका साथीहरूले खयरको कत्थालाई तातो बनाएर लेप लगाइदिए । सिटामोल खाएँ । अस्पताल लैजाने व्यवस्था गर्न नेताहरूलाई भनेँ । हिँड्न नसक्ने भएपछि बस चल्ने बाटोसम्म लैजान बोक्नुपर्ने भयो । २–३ घन्टाको अप्ठ्यारो, भिरालो बाटोमा कसरी लैजाने भन्ने भयो । दुईवटा बाङ्गा लाठा काटेर त्यसमा तन्ना बाँधेर स्ट्रेचरजस्तै बनाएर मलाई त्यसमा हाले । मेरो डँडाल्नामा भने लाठाको गाँठा परेर गन्तव्यसम्म पु¥याउन्जेल पिठ्युँमा घाउ नै भयो । मलाई भने आजसम्म त्यसरी बोकिएर कहिल्यै यात्रा गर्नुपरेको थिएन । बोकिएर जानुपरेकोमा हीनताबोध, गल्ती, पश्चताप केके हो केके एकैचोटि अनेक प्रश्न र विवशताहरू दिमागमा आइरहे ।
जेठको महिना बर्खा लागिनसकेकाले हिउँदमा मात्र चल्ने रुटको बस सदरमुकाम बजारसम्म चल्ने गथ्र्यो । त्यो बस चल्ने बाटोकै डिलको एउटा किराना पसलमा छोडेर पु¥याउन आएका साथीहरू फर्के । म भने अब कसरी अस्पताल पुग्ने ? भन्ने चिन्तामा डुबेँ । एउटा गोडाले पटक्कै टेक्न सकेन । एउटा मात्र गोडाले त त्यही पसलको आँगन नाघेर बस चढ्न सक्ने आँटसमेत भएन । त्यहीमाथि आफ्नो साथमा उपचारका लागि रकम पनि थिएन । गाडीभाडा पनि थिएन । अब के गर्ने ? भन्ने प्रश्न गर्दै दुईदिन त्यहीँ बिताएँ । दुई दिनपछि एउटा साथीले खर्च ल्याएर दिनुभयो । तर साथी छैन, एक्लै कसरी जाने ? कस्तो विडम्बना ! अर्को दुई दिनपछि अब उफ्रँदै भए पनि बस चढेर अस्पताल जानुप¥यो भनेर पर्खिँदै पसलको दाइलाई बस एकछिन रोक्न भन्नुहोला भनेँ । जब आयो उपत्यकाका नेताहरू त्यसैमा चढेर बजारतिर जाँदै रहेछन् । एउटा सोझो गाउँले केटालाई मसँग साथी गइदिन भने । उनले खुरुक्कै माने । तर जब बजार पुगियो आपूmलाई अस्पताल कहाँनेर छ थाहा छैन् । उनी पनि थाहा छैन पो भन्छन् । बसले पार्कमा ओरालिदियो । त्यसपछि हामी रिक्सामा चढेर अस्पताल खोज्न थालेको त बजारमा जहाँतहीँ प्रहरी हुने नै भए । देख्नासाथै ठूलै स्वरमा आत्तिएर ‘ऊः प्रहरी’ भन्न थाले । अब प¥यो फसाद ! कतै अब प्रहरीको फन्दामै पो परिन्छ कि यो तालले त भनेर डर लाग्न थाल्यो । एकातिर गोडाले टेक्दैन, अर्को उपचार गराउन गएका मान्छेलाई अस्पताल कहाँ छ भन्ने पनि थाहा छैन । नकराउनु न त्यसरी झन् हुँदैन नि त भनेर सम्झाएँ । उनको हडबडी कम भएन । सायद उनलाई डर लागेरै होला । त्यसपछि रिक्सालाई नै भनेर यहाँ नजिक अस्पताल कहाँ छ, त्यहीँ लैजानुहोला भनियो । बजारको अन्त्यतिर अलि ठीकैको सामुदायिक अस्पताल रहेछ । त्यहीँ गइयो । जब एक्सरे गरियो, कुर्कुच्चाको हड्डी पूरै फुटेको रहेछ । प्लास्टर गरिदिए । केही औषधी दिए । हामी जतातिरबाट आएको हो उतै फर्केर गयौँ । अब एकै ठाउँमा अझ दिसापिसाबका लागि शौचालयको सुविधा भएको ठाउँमा बस्नुपर्ने भयो । जब दुई दिन भयो गोडाको प्लास्टर त मासुजस्तै गिलो पो छ । थिच्दा लचक–लचक गरेर थिचिन्छ । अब फेरि प¥यो आपत् ! यस्तो चालले त हड्डी के जोडिएला ? कुन हन्डर खाएर बल्लबल्ल गरेर आएको, प्लास्टर यस्तो नक्कली भएपछि फेरि दोहो¥याउन जानुपर्ने भयो । कसलाई भन्ने ? कसरी भन्ने ? खबर पठाउने मान्छेहरू सबै उही शिविरतिरै छन् । आपूm हिँड्न सकिन्न । ओहो ! मनमनै आपूmसँग आफैँँ कुरा ग¥यो, बस्यो । एकातिर शाहीसेना सर्च गर्दै आए भने के गर्नु ? अर्को प्लास्टर दोहो¥याउन जाने कसरी ? भन्ने सोच्दै बसेँ । अब उपत्यकामै गएर कोही चिनेजानेकोमा वा आफन्तकोमा बसेर उपचार गर्नुपर्ला भन्ने सोचेँ । तर आपूmले मात्र सोचेर कहाँ हुनु ! आफ्ना नेताहरूले जाऊ भनेर अनुमति मात्र पनि होइन, अब त पूरै व्यवस्था नमिलाई जानसक्ने अवस्था रहेन । अब के गर्ने भन्दै गर्दा चार दिनपछि एकजना हाम्रो क्षेत्रका जिम्मेवार नेता म भएको ठाउँमा आए । मैले यो प्लास्टर नक्कली परेछ । फेरि जानुपर्ने भो भनेँ । उनले हुन्छ, मिलाउँला भने । त्यसको तीन दिनपछि बजार जाने बस चढेर बजारको नजिकै एउटा औषधी पसलको सम्पर्कमा पठाए । त्यो मेडिकलवाला त्यो दिनमा गाउँमा कसैको उपचारमा गएका रहेछन् । त्यो मेडिकल उनको आफ्नै घरमा रहेछ । त्यो दिन घरमा पनि कोही रहेनछ । मलाई त्यहाँ बिहानको करिब ८ बजेतिर गाडीले झारिदियो । त्यसपछि रित्तो औषधालयको एउटा कुनामा बसेँ । त्यसका विषयमा मलाई खास केही जानकारी थिएन । नचिनेको ठाउँ त्यहीमाथि खुल्लै छ । कोही त आउलान् भनेर कुरेर बसियो । दिनभरि न त्यसका सञ्चालक आए न हाम्रो कोही साथी । खाना, खाजा, पानी केही खान पाइएन । उठेर हिँड्न नसकेपछि त्यहीँ खुट्टा यता फर्कायो, उता फर्कायो, बस्यो । पट्यार लागिसक्यो । जेठको चर्को घाम, भोक, तिर्खा । अब साथीहरूलाई एक किसिमले बोझ भइयो भन्ने गहिरो हीनताबोध भयो । आपूm जहाँबाट आएको हो, त्यहाँका नेताले जहाँ काम गरेको हो उनैले गर्लान् भन्ने काम, गरेका ठाउँकाले नि त्यहाँ भर्खरै जस्तो काम सुरु गर्दागर्दै घाइते भए पनि उपचारमै उदासीनता देखाएका हुन् कि ! भन्ने अनेक शङ्का–उपशङ्का गर्दै दिन कट्यो ।
साँझ ७ बजेतिर औषधालयका मालिक आइपुगे । उनलाई आफ्नो अवस्था बताएँ । उनले उनकै घरमा बासको व्यवस्था गरे । अर्को दुई दिनपछि हाम्रा साथीहरू आएर खर्च दिएर गए । अर्को दिन एकजना मोटरसाइकलवाला मलाई लिएर बजारतिर अस्पताल लैजान आए । उनले एउटा बजारको मेडिकलमै अस्पतालको चिकित्सकले जाँच्दा रहेछन्, त्यहीँ पु¥याए । चिकित्सकले एक्सरे हेरी जाँचेर फेरि प्लास्टर गरिदिए । अनि फर्काएर उही जहाँबाट लगेका थिए, त्यहीँ पु¥याएर आपूm हिँडे । त्यो क्षेत्र दुस्मनको आकस्मिक सर्च भइरहने ठाउँ रहेछ । त्यो सबै मलाई जानकारी थिएन । केही गरी तुरुन्त हिँड्नुपरेमा हिँड्न नसक्ने मान्छेलाई एक्लै त्यहाँ छोडेर फेरि साथीहरू कता पुगे ? थाहा भएन । मैले अब मलाई उपत्यकातिरै पठाउने व्यवस्था गरिदिनुहोला, त्यसो भयो भने तपाईंहरूलाई अलि सजिलो होला भनेँ । उनीहरूले पनि एक्लै निर्णय गर्न सकेनन् । किनभने मेरा बुढा पार्टीका केन्द्रीय नेता थिए । उनीहरू बैठकका लागि गएको बेला भारतको पटनामा सामूहिक गिरफ्तारीमा परेका थिए । उनलाई राज्यले टाउकाको मूल्य नै तोकेको थियो । म एउटी सामान्य कार्यकर्ता मात्र भए पनि उनीसँग जोडिएकाले उपत्यका पठाउन पार्टीले मानेन । त्यसपछि अब साथीहरूले ल्याइदिए केही किताबहरू पढ्ने हो, त्यो पनि सम्भव भएन । साथीहरू कोही फुर्सदमा नजिक आए भने कुराकानी ग¥यो । अन्यथा एक्लै आफ्ना विगत, वर्तमान र भोलिका दिनमा केकसो हुनसक्छ भन्ने अनुमान लगाउँदै बसियो । मलाई दुस्मनको चलखेल हुने क्षेत्र त्यो पनि राजमार्गसँगै जोडिएको घरमा राखिदिए । त्यहाँबाट सार्ने हतार कसैले गरेनन् वा त्यसलाई आवश्यक नै ठानेनन् । मलाई भने अब आपतै परेको थियो । त्यो अवधिमा त्यस क्षेत्रमा सर्च गरेमा मलाई कि मार्ने कि गिरफ्तार गर्ने थियो । धन्न, त्यो एक साता त्यहाँ बसुन्जेल शाहीसेना आइपुगेन । एक साता भइसकेपछि उपत्यकामा कार्यरत साथीहरू मै बसेको घरमा आइपुगे । उनीहरू त्यो दिन त्यहीँ बसे । यहाँ यसरी बसेर हुन्छ ? बरु हामी लगिदिन्छौँ अलि पर गएर बस्नुपर्छ भनेर त्योभन्दा अलि पर लगेर राखिदिए । त्यहाँ एक दिन सेनाको ‘सर्च’ हुने निश्चित भयो । मलाई अलिमाथि गाउँमा लगेर राखे तर नजिकै । अब के नै विकल्प थियो र ? जे पर्छ त्यही बेहोर्नुपर्ला भनेर बसेँ । मसँग अर्को कुनै विकल्प थिएन । संयोगले म भएको घरसम्म उनीहरू पुगेनन् । म बचेँ । अब मलाई अप्ठ्यारो प¥यो । अलि सुरक्षित भूगोलमा गएर बसौँ भने गोडाको प्लास्टर डेढ महिनामा एक्सरे गरी हेरेर मात्र काट्नुपर्छ भनेका छन् । त्यतिखेर बर्खा लाग्छ । त्यसपछि गाउँतिरको यातायात बन्द हुन्छ ।
यता सुरक्षाको चिन्ता, उता उपचारको ! अब कुनलाई प्राथमिकतामा राख्ने भन्ने अन्योलमा भएको बेला फेरि उपत्यकातिरकै साथीहरूले पछि जे भए पनि बस्न त अलि सुरक्षित क्षेत्रतिरै गएर बस्नुपर्छ, यहाँबाट गइहाल भने । म खोलापारि पुगेर बसेँ । गाउँमा जसको पायो उसको घरमा खाना पाए पनि शौचालय नहुने । एउटा शौचालय भएको घरमा बसियो । जेठ महिना । चुरेको फेदमा रहेको त्यो घरमा तराईको जस्तै गर्मी हुन्थ्यो । पानी धेरै खाऊँ भने शौचका लागि धेरै जानुपर्ने । आपूm एक्लै । लड्ने डरले दिनभरिमा आधा लिटरजति पानी, खाना पनि थोरै खाने गरेँ । हिँडडुल गर्न नसकेपछि पर्याप्त खाँदा मोटाउँला, झन् समस्या थपिएला भनेर आधाको पनि आधा पेट खाने, पानी पनि मुख मात्र भिजाउने गरेर एक महिना बसेँ । अब सबै गरी प्लास्टर खोल्ने दिन नजिक आयो तर बजारमा लगेर एक्सरे गरी खोल्न सम्भव भएन । त्यहीँको स्थानीय स्वास्थ्यचौकीमा बैसाखीको भरमा गइयो । त्यहाँका अहेव बिदामा रहेछन् । अरू कर्मचारीले डेढ महिनामा जोडिइहाल्छ नि, खोले हुन्छ भने । आपूmलाई पनि त्यसो भए खोलौँ न त, खोलेपछि हिँड्न सकिएला भन्ने आस लाग्यो । तर त्यहाँ प्लास्टर काट्ने मेसिन कहाँ पाउनु ? तर उनीहरूसँग त्यसको सजिलो जुक्ति रहेछ, पानीमा भिजाएर फुकाउने । त्यो त ‘ब्यान्डेज’ जसरी भिजेपछि खुरुरु आउने रहेछ । खोल्न त खोलियो । तर गोडाले त टेक्नै मानेन । फेरि उही समस्या बैसाखी टेकेरै फर्कियो । त्यहाँ चिकित्सक थिएनन् । अहेव पनि थिएनन् । सहयोगी थिए । तिनले दुईतीन महिना आराम गर्नुपर्छ भनिदिए । त्यसैलाई आधार मानेर मलाई दुई महिना धेरै माथि डाँडातिर लगेर राखियो । अब भने मलाई एकजना सहयोगी साथी राखिदिए । त्यो घरमा थुप्रै घाइतेहरू राख्ने गरिएको रहेछ । एकजना घाइते छ भने सहयोगी दुईतीनजनासम्म हुन्थे रे । खानाचाहिँ आफैँँ बनाएर खानुपर्ने रहेछ । बर्खाको बेला, चामल र दाल त पार्टीकै साथीहरूले ल्याइदिन्थे । तरकारी हामीसँग नहुने । प्रायः लट्टे, लुँडे, काभ्रो, टाँकी खोजेर तरकारीको गर्जो टार्ने गरिन्थ्यो । त्यो देखेर हामी बस्ने घरवरिपरिका मान्छेहरू भन्थे, यस्तो हातगोडा भाँचिएको मान्छे पहिला बस्नेहरू त दिनदिनै मासु पकाएर खान्थे, तपाईंहरू नि कुखुरा किनेर मासु खानु नि । किन साग खोजेर खाएको ? भन्दै अचम्म मान्थे । हामीसँग कुखुरा किनेर खाने पैसा भए त खाने हो, उपचारका लागि त बल्ल–बल्ल पैसा हात पथ्र्यो । मासु खान कहाँबाट पाउनु ? कामबाट टाढा अध्ययन सामग्री पाउन असम्भव, एक्लै एउटा कुनामा बस्नुपर्दा साह्रै दिक्क लाग्थ्यो । आफन्त, नाता–गोता, साथी–सँगी अनेक कुराहरू मनमा खेलिरहन्थे । कतिपय प्रिय लाग्ने कुराहरू दोहोरिइरहन्थे ।
समय प्रशस्त थियो । त्यतिखेर मलाई सबैभन्दा धेरै न्यास्रो तीन वर्षको नाबालक छोराको लाग्न थाल्यो । उसलाई मैले कमरेड निश्चल नकर्मीका आमा मनोरमा र बुबा सूर्यबहादुरको घरमा छोडेर आएकी थिएँ । त्यतिखेर उसको उमेर तीन वर्षको मात्र थियो । उसलाई फेरि भेट्न पाइएको थिएन । निश्चल गिरफ्तारीमा परिसकेपछि र मेरा श्रीमान्समेत भारतमा गिरफ्तारीमा परेपछि बन्दीका स्वास्नी, छोराछोरीलाई पनि प्रतिक्रियावादी सरकारले निशाना बनाउन थालेको थियो । घरमा छापामार्ने, कुटपिट गर्ने, आतङ्क मच्चाउने, नेताहरूलाई देखा भनेर केरकार गर्ने गर्थे । हामीले त्यस्तो हुनसक्छ भनेर उसलाई बोली फुटेदेखि नै हाम्रो नाम सिकाएका थिएनौँ । हामीले उसलाई बाबाआमा भन्न मात्र सिकाएका थियौँ । उनीहरू रातविरात आउने सबैलाई उठाउने अनि नाम सोध्ने गर्थे रे । एक दिन उसलाई पनि उठा भनेछन् । हामीले त्यसरी सोधेमा हाम्रो असल नामै भन्नुहोला भनेर छोडेका थियौँ किनभने ढाँट्दाखेरि पछि थाहा पाएपछि घरपरिवारलाई सास्ती दिन त्यही निहुँ पर्याप्त हुने थियो । बच्चालाई कुटपिट, डर, धम्की जे दिए पनि अपहरण गरे पनि, जे सुकै गरून् भनेर भन्नुपर्ने अवस्था थियो । कतिपय आधार क्षेत्रमा समेत माओवादी आतङ्ककारीका छोराछोरी, परिवार पनि आतङ्ककारी नै हुन्छन् भन्दै अपहरण, बेपत्ता, नक्कली मुठभेडका नाममा देशैभरि हत्या गरिरहेका थिए । वर्गीय र पार्टीको नाताको आफन्तकोमा थियो मेरो बाबु । उनीहरूले आफ्नै रक्तनाताको बच्चाभन्दा राम्रोसँग पालनपोषण गर्छन् भन्ने विश्वास थियो । तर सरकारी दुस्मन सेना, प्रहरीबाट भने सुरक्षित गर्ने कुनै उपाय थिएन । त्यहीमाथि घरका माओवादीमा लागेका कमरेड निश्चल बेपत्ता पारिएका थिए ।