स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस

२०७९ मंसिर १९ गते, सोमबार

काठमाडौं । आज मंसिर १९ गते स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस ,नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको वि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो । वि.सं. १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनु भएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो ।
नारायण गोपालले नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व गरेका थिए । साथै सुगम–संगीतको पाठशाला निर्माणमा पनि उनकै देन रहेको छ । आफ्नो जीवनकालमा सयौं गीत गाउनु भएका नारायण गोपालका सबै गीत उत्तिकै कर्णप्रिय र कालजयी छन् ।
नारायणगोपालले ‘एउटा मान्छेको मायाले कति’, दुईटा फूल देउरालीमा’, ’पोखिएर घामको झुल्का’, ‘पर्खी बसेँ आउला भनी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘मेरो बेहोसी आज’, मेरो आँखालाई राख्ने’, ‘श्रद्धाको फूल चढाइदिनु’, ‘स्वर्गकी रानी मायाकी खानी’, ’ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ लगायत कालजयी गीत गाएका थिए ।

गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलगायत प्रतिष्ठित पुरस्कार पाएका उहाँलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट, तेस्रो प्रदान गरिएको थियो ।

स्मृति दिवसको अवसरमा नेपाल संगीत प्रज्ञा प्रतिष्ठान तथा नारायण गोपाल संगीत विद्यालयलगायत संघ संस्थाले विभिन्न कार्यक्रमहरु गर्दैछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हुँदैन भो हुँदैन

२०८२ भाद्र ३१ गते, मंगलवार

गीत-नेताहरु नेताजस्तो (भिडियोसहित )

२०८२ भाद्र ३० गते, सोमबार

जल्यो !

२०८२ भाद्र २९ गते, आईतवार

लिपुलेक

२०८२ भाद्र १३ गते, शुक्रबार