राष्ट्रका लागि संगीत अभियान सुरु

काठमाडौं । राष्ट्रका लागि संगीत अभियान धनगढीबाट सुरु भएको छ । देशका बाम घटकहरूलाई एकै ठाउँमा ल्याउन सङ्गीत अभियान सुरु गरिएको बताइएको छ । अभियानको पहिलो दिन धनगढीमा आयोजित कार्यक्रममा एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, बिप्लप, जनमोर्चा, मसाल लगायत कम्युनिस्ट धारका जनवादी गायकहरूले प्रस्तुति दिएका थिए । जसमा जीवन शर्मा, उदय श्रेष्ठ, कुस्मिता दर्लामी, महित श्रेष्ठ, नीलिमा पुन, कविता पुन अनु शर्मा, उदय रिजाल लगायतले प्रस्तुति दिएका थिए । उनीहरुले सङ्गीतको माध्यमबाट सबै बाम घटकहरू एकै ठाउँमा उभिन अपिल गरेका थिए ।
कार्यक्रमा शब्द सङ्कलक तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पनि उपस्थित थिए । उनले मुलुकको व्यवस्था बदलिय पनि अवस्था फेरिन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । धनगढीबाट सुरु भएको अभियान सबै सबै प्रदेशमा गरेर काठमाडौँमा सबै नेताहरूको उपस्थितिमा सम्पन्न गर्ने बताइएको छ ।