चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको १९ औं महाधिवेशनबाट निरौला निर्वाचित भएका हुन् । कलाकार निरौलाले अभिनेत्री रेजिना उप्रेतीलाई २६ मतले पराजित गरेका हुन् । कुल खसेको मतमध्ये निरौलाले दुई सय ३५ मत प्राप्त गर्दा उप्रेतीले २०९ मत प्राप्त गरिन् । जानकारी अनुसार २६ मत बदर भयो ।
जसको उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी महासचिवमा सबिन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी , कोषाध्यक्षमा सुनिल कटुवाल , सहकोषाध्यक्षमा पवित्रा आचार्य र सदस्यहरुमा शीतल केसी , गोपाल ढकाल, उद्धवप्रसाद भट्टराई , पवन केसी , नम्रता खरेल , पुकार भट्टराई , खुश्बु खड्का , सरिता राजोपाध्याय , रोशन श्रेष्ठ र समीर लामा रहेका छन।