मैले बुझेको माक्र्सवाद
तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ कमरेड ।
किनकि तपाईं त कुनै एक विश्वविद्यालयहरुको प्रोफेसरले पढाएको र व्याख्या गरेको माक्र्सवाद पढेको होला कमरेड ।
मैले त गरिबहरुको झुपडीमा ती किसानहरुको गाँस, बाँस र अधिकारको माक्र्सवाद पढेको छु कमरेड ।
त्येसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुनसक्छ कमरेड !
तपाईं त शहरहरुको बीचमा रगिङ्गन खालको बोर्डमा धेरै ब्याख्या गर्ने माक्र्सवादी लेखकहरुले पढाएको
माक्र्सवादीको ब्याख्या गर्नु हुन्छ होला, कमरेड ।
मत भरिया दाइको बिसाउने भारी डाडैको चौतारी, किसानी दाइको हलो र जुवा नै जीवन हो भन्ने पढेको छु, कमरेड ।
त्यसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ कमरेड !
तपाईंले त सर विलियम,डेभिड रिकार्डाे, थोमस रोबर्ट आदि अर्थशास्त्रीहरूको
विनिमय वितरणको मुल्य र मुनाफाको बारेमा माक्र्सवादी अर्थशास्त्र पढेको होला, कमरेड ।
मैले त मजदुर, किसानहरुले एक दिनको एक बीस, दुई दिनको बीस, तीन दिनको तीन बीस, भन्दै
हातका औला भाचेर हिसाब गरेको माक्र्सवादी आर्थिक नीति पढेको छु कमरेड ।
त्यसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुनसक्छ, कमरेड !
तपाईंले त पाचतारे होटलको एक शान्त आनन्दमय टेबुल भएको सोफा सेटमा बसेर
पिजा, बर्गर, चिकेन चिल्लीको सोध लिएर धेरै पैसा तिरेर माक्र्सवाद पढेको होला, कमरेड ।
मत गरिबहरुको झुपडीको बार्दलीमा भिजेको र उद्रको गुन्द्रीमा बसेर
वारि बाझै, खेत बाझै, जौ र जनालोको रोटी र सिस्नाको साग
ती किसानहरुले आधा छाक आपूmले नखाइकन हामीलाई दिइएको माक्र्सवाद पढेको छु, कमरेड ।
त्यसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुनसक्छ सक्छ कमरेड !
तपाईंले तीन शान्तिपूर्ण सिद्धान्तहरु शान्तिपुर्ण सहअस्तित्व, शान्तिपूर्ण प्रतिस्पर्धा
शान्तिपूर्ण समाजवादको नारा दिँदै वर्गसंघर्षको मान्यतालाई ध्वस गरेको
काउत्स्की, वर्नासिस्टन, हुँदै खुस्चोवसम्मको माक्र्सवादलाई ब्याख्या गर्ने माक्र्सवाद पढेको होला, कमरेड ।
मैले त बल प्रयोग सिद्धान्त अनिवार्य हो, जनताको सत्ता, जनताको सेना, जनताको जन न्यायलय भएपछि मात्र समाजवाद ल्याउन सकिन्छ
भन्ने लेनिनवाद माओवाद र नेपाल को १० वर्षीय जनयुद्धमा बल प्रयोग सिद्धांतको माक्र्सवाद पढेको छु, कमरेड ।
त्यसैले त तपार्इं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ, कमरेड !
तपार्इंले त तातु नदि, हुनान प्रान्त, छुङ्गकिङ बर्ता हुँदै सन् १९१७ अक्टोबर क्रान्ति र १९५७–५८ को महान अग्रामी छलाङ अभियानहरुको बारेमा
एसि भएको हलमा कुनै माक्र्सवादभित्रका अवसरवादीहरुले पढाएको माक्र्सवाद पढेको होला, कमरेड ।
मैले त हिमाल का हिउँहरु पहाडका ती भन्जेङ्गहरु तराईका ती गर्मी फाटहरु, भेरी र कर्णाली नदिहरुमा चिन्डा र टेक्याट्ररका ट्युबहरु कम्मरमा बाँधेर
सयौं जनताका जनमुक्ति सेनाका योद्धाहरुलाई तराउदै गरेको माक्र्सवाद पढेको छु, कमरेड ।
त्यसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ हुनसक्छ कमरेड !
तपाईंले त उत्पादनको निम्ति संङघर्ष, वर्ग सङघर्ष, वैज्ञानिक प्रयोगबाट सहि ज्ञान आउँछ भन्ने
दर्शन झिलिमिली रातदिनै उज्यालो देखिने सहरहरुको एसि भएको सेमिनार हलमा बसेर दर्शन र माक्र्सवाद पढेको होला, कमरेड ।
मैले त किसानहरुको त्यो खेतको आलिमा हिलोले लत्पतिएको झरी र बर्साले भीजेका, ती गरिब आमा बाबाहरुसँगै बसेर धान, कोदो रोप्दै गर्दा
पसिनाले भिजेको पछ्यउरीले पसिना पुछ्दै गरेका ती किसानी आमा बुवाहरुसँग उत्पादनको निम्ति
सङघर्ष, वर्ग सङघर्ष, र वैज्ञानिक प्रयोगबाट सहि ज्ञान आउन्छ भन्ने दर्शन र माक्र्सवाद पढेको छु, कमरेड ।
त्यसैले तपार्इं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ, कमरेड !
तपार्इंले त श्रम शोषण गर्ने व्याक्तिगत पुँजी सीमित एक व्यक्तिलाई धनी बनाउने
श्रम गर्ने श्रमिकहरूलाई भित्र भित्रै मजदुर र दास बनाउने
बाहिर चाहिँ श्रमिकको ब्याख्या गर्ने माक्र्सवाद पढेको होला, कमरेड ।
मैले त श्रम नै जीवन हो समय, श्रम, र उत्पादन जसले गर्छ उसैसँग सबै भन्दाधेरै जमिन र अधिकार हुनु पर्छ ।
श्रम शोषण होईन कि सम्मानजनक तरिकाले श्रम गरे अनुसारको खान र बस्न पाउनु पर्छ भन्ने माक्र्सवाद पढेको छु, कमरेड ।
त्यसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ , कमरेड !
तपाईंले त स्कुल कलेज हुदै ठूल्ठूला विकसित देशहरूका विश्व जिद्यालयहरुमा पूँजीवाद र समाजवादका कितावहरु । अध्ययन गरेर माक्र्सवाद पढेको होला, कमरेड ।
मत गाउँमा गरिबको घरहरुमा हलो, कुटो, कोदालो, गोठालो, घाँस, दाउरा, गर्दै ती किसानहरुको जीवन जस्तै मैले पनि जीवन बिताएको
जगलभित्र झुलि र सालका बुटामुनि बसेरर स्याउलालाई सिरानी बन्दुकलाई साथी बनाएर गरिबहरुको सत्ता ल्याउनु पर्छ भने माक्र्सवाद पढेको छ, कमरेड ।
त्यसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुन सक्छ, कमरेड !
तपाईंले त जनयुद्ध गर्नु अपराध हो, जनताको सत्ता निर्माण गर्नु अपराध हो
जनताको जनमुक्ति सेना चहिँदैन, राजासहितको बहुदलीय ब्यवस्था नै समाजवाद हो भन्ने माक्र्सवाद पढेको होला, कमरेड ।
मैले त ती हजारौं सहिदहरु र हजारौं बेपत्ता कमरेडहरुसँगै ती युद्धका मोर्चाहरुसँगै लड्दै गर्दा साथी भाइलाई गोलि लाग्यो म सहिदहुन्छु होला
तर तपार्इंले मैले बोकेको बन्दुक र तपार्इं हामीहरु हिडेको बाटोबाट बिचल्ली नहुनु होला भन्दै त्यो मेरो सहयोद्धा कमरेडले अन्तिम शब्द भनेको माक्र्सवाद पढेको छु, कमरेड ।
त्यसैले त तपार्इं र मैले बुझेको माक्र्सवाद फरक हुनसक्छ, कमरेड !
तपाईंले त आव माक्र्सवाद भन्नु हँुदैन, माक्र्सवादी बिचार सकियो भन्दै, जनयुद्ध गरेकोत राजतन्त्र फाल्न मात्र हो
अब क्रान्ति का कुरा गर्नु हुँदैन भन्ने, माक्र्सवादका कुरा पढेको होला कमरेड ।
मैले त माक्र्सवादी बिचार नै सही बिचार हो, जनयुद्धको विकसित रुप एकीकृत जनक्रान्तिको सही कार्यादिशाको बाटोबाट
नेपालमा नेपाली विशेषताको समाजवादी सत्ता ल्याउन सकिन्छ भन्ने माक्र्सवाद पढेको छु, कमरेड ।
त्यसैले त तपाईं र मैले बुझेको माक्र्सवाद फरक हुनसक्छ, कमरेड