पाथीभरा मन्दिरमा ३ करोड ११ लाख भेटी सङ्कलन

२०८२ श्रावण २ गते, शुक्रबार


काठमाडौँ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एक वर्षको अवधिमा ३ करोड ११ लाख बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१–८२ मा मन्दिरमा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ भेटी रकम संकलन भएको छ । सबैभन्दा बढी भेटी वैशाख र चैत महिनामा सङ्कलन भएको बताइएको छ । वैशाखमा ६० लाख ९० हजार ८१५ रुपैयाँ र चैत महिनामा ५० लाख पाँच यस रुपैयाँ भेटी सङ्कलन भएको छ । विशेष गरी चैत्र, वैशाख र दशैँ तिहारलाई पाथीभरा सिजनको रूपमा लिने गरिन्छ । गत आर्थिक वर्षमा भने ३ करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो ।
समितिका अनुसार तुलनात्मक रूपमा उक्त आर्थिक वर्षको भेटी रकम धेरै देखिनुमा धेरै समय अघिदेखि भण्डारमा थन्किएको रकम सोही वर्षमा नै गणना भएको थियो भने भारु नोट र सिक्काको समेत सटही भएको थियो ।
यस्तै, चालू आर्थिक वर्ष २०८१÷०८२ मा दुई लाख बढी भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले आज सार्वजनिक गरेको विवरण अनुसार २ लाख १७ हजार ८७६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ३१ हजार ३३४ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पर्यटक आगमनमा ७.३ प्रतिशतले गिरावट

२०८३ बैशाख २१ गते, सोमबार

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

२०८३ बैशाख २१ गते, सोमबार

२५७०औं बुद्ध जयन्ती मनाइँदै

२०८३ बैशाख १८ गते, शुक्रबार