तिमिले रोजेको बाटो . . .

२०८१ फाल्गुन २१ गते, बुधबार

तिमिले रोजेको बाटो कति सुन्दर थियो
तिमिले हिडेको लक्ष्य कति महान थियो
मुटुको ढड्कन रोकिने पारी छाडी गयौ हामीलाई
नशाको रगत छेकिने पारी छाडी गयौ सबैलाई

कति खहरे पाखा सङ्गै हुन्थ्यौ
कति गाउँ घर सङ्गै डुल्थ्यौ
कति भोक भोकै साथ बाड्थ्यौ
सङ्गै बनपाखामा रात काट्थ्यौ
कहिले सिस्नेको हिमाल, जलजलाको काख सझना ताजै छ
कहिले खुकु छिन्ताङ्ग, सुखानीको पीडा अझैनी आलै छ,
तिमिले…,

कति मिठा मिठा योजना थियो,
कति साचो सत्य सपना थियो,
सङ्गै मर्ने बाच्ने बिपना थियो,
सङ्गै लक्ष्य चुम्ने बिस्वास थियो
कहिले दुस्मनको गोली, थापेर छाती बलिदानको बाटोमा,
कहिले नओईली जाने, श्रद्धाको फुल रोज्यौ नेपाली माटोमा ।

तिमिले रोजेको बाटो कति सुन्दर थियो
तिमिले हिडेको लक्ष्य कति महान थियो
मुटुको ढड्कन रोकिने पारी छाडी गयौ हामीलाई
नशाको रगत छेकिने पारी छाडी गयौ सबैलाई ।

  • रचना / सङ्गीत : चिरन सी (सहिद सप्ताहाको सन्दर्भमा वीर सहिदको स्मरण एबम सम्मानमा)

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित

२०८१ फाल्गुन २९ गते, बिहीबार

‘महिला चलचित्र महोत्सव’ सुरु

२०८१ फाल्गुन २० गते, मंगलवार