नेकपाद्धारा भूकम्प प्रभावितका लागि राहत संकलन सुरु

२०८० कार्तिक १९ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले भूकम्प प्रभावितका लागि राहत संकलन सुरु गरेको छ। यसैक्रममा काठमाडौं उपत्यका ब्युरोले भूकम्प प्रभावित क्षेत्रमा राहत बितरणका लागि सहयोग सङ्कलन अभियान सुरु गरेको छ । ब्युरोले भूकम्प प्रभावित क्षेत्रका लागि मानवीय सहायता सामग्री पठाउने निर्णय गर्दै सहयोग संकलन अभियान सुरु गरेको हो । प्राकृतिक विपत्तिले ल्याएको मानवीय संकटमा राहत दिन उपत्यका ब्युरो पनि तयार भएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार खाद्यान्न, लत्ता कपडा, त्रिपाल लगायतका सामग्रीहरु सङ्कलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइने नेकपा उपत्यका ब्युरोले जनाएको छ । व्युरोले आजबाट उपत्यकाका विभिन्न व्यवसायीहरुका बिच राहत तथा सहयोग संकलन अभियान थालेको छ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले ठुलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार