आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाद्वारा दरखास्त पेश

२०८० माघ १ गते, सोमबार


काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले दरखास्त बुझाएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न दरखास्त माग गरेको थियो। मन्त्रालयकाअनुसार निगमको कार्यकारी निर्देशक बन्न महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौंका उत्तरकुमार रेग्मी, ई. सहदेव चन्द, दिलिप शेखर श्रेष्ठ, चितवनका ई. डा. डोलप्रसाद चापागाई, मोरङका पंकजकुमार दास, माधव रेग्मी, ई. आमोदप्रसाद चौधरी, धनुषाका रामदेव यादव, सप्तरीका संजिवकुमार देव, गोरखाका चण्डिकाप्रसाद भट्ट, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङका डोलिन्द्रप्रसाद शर्मा र ललितपुरका शत्रुध्नप्रसाद पुडासैनीले आवेदन दिएका छन्।
मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र दरखास्त खुलाइएको थियो।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मंसिर २६ मा पदबाट राजीनामा दिएका थिए। कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्ष, विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार थानीलाई सरकारले २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो। उनले २१ महिना काम गरे। कार्यकाल सकिनु १५ महिनाअगावै उनले पदबाट राजीनामा दिएपछि मन्त्रालयले नयाँ नियुक्तिको प्रक्रिया अघि बढाएको हो। थानीको कार्यकालमा निगमले आफ्नो ५० अर्ब रुपैयाँ ऋण घटाएको थियो। निगम हाल नाफामा छ। थानीले पद छाडेपछि निगममा हाल निमित्त कार्यकारी निर्देशकको सीए नगेन्द्र साह छन् ।
मन्त्रालयले १४ जनामध्येबाट ३ जना प्रतिस्पर्धीको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ। त्यसपछि सरकारले ३ जनामध्येबाट १ जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २.३८ अंकले घट्यो

२०८२ बैशाख १० गते, बुधबार

नेप्से ७.७५ अंकले घट्यो

२०८२ बैशाख ८ गते, सोमबार

सुन प्रतितोला १ लाख ९१ हजार

२०८२ बैशाख ८ गते, सोमबार