प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५८ करोड बढी मौज्दात

२०८३ भाद्र २९ गते, सोमबार


काठमाडौँ । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५८ करोड १५ लाखभन्दा धेरै रकम मौज्दात रहेको छ। मन्त्रालयले भोटेकोशी बाढीपछि मात्र ८ अर्ब ९२ करोड २० लाख ७ हजार ७५९ रुपैयाँ संकलन भएको जनाएको छ। बाढीपछि दुई करोड २८ लाख ५६ हजार ४७५ अमेरिकी डलर पनि संकलन भएको छ। त्यसको नेपाली रुपैयाँमा मूल्य करिब तीन अर्ब ५७ करोड ७० लाख ९४ हजार ६१८ रुपैयाँ हुन्छ।
मन्त्रालयका अनुसार सोमबार बिहान ९ बजेसम्म कोषमा कुल १३ अर्ब ५८ करोड १५ लाख २४ हजार ७८३ रुपैयाँ मौज्दात रहेको छ। बाढीअघि कोषका नेपाली रुपैयाँका खातामा दुई अर्ब ८ करोड २४ लाख २२ हजार ४०५ रुपैयाँ मौज्दात थियो।
त्यस्तै, अमेरिकी डलर खातामा बाढीअघि पाँच लाख ८६ हजार ४८ अमेरिकी डलर रहेकोमा बाढीपछि थप दुई करोड २८ लाख ५६ हजार ४७५ अमेरिकी डलर संकलन भएको पाइएको छ।
मन्त्रालयले कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते हस्तान्तरण गरिएको जानकारी दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]