प्रवास

रोहिग्या शरणार्थीद्वारा न्यायको माग गर्दै प्रदर्शन

काठमाडौं , १० भदौ । म्यानमारको सैनिक दमनका कारण मुलुक छाड्न बाध्य भई छिमेकी देश बंगलादेशलगायतका मुलुकमा पुगेका रोहिग्या शरणार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् । सैनिक दमनको एक बर्ष पुगेको सन्दर्भमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । आफन्तहरुमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै उनीहरुले आफु रहेको शिविरमै कार्यक्रम गरेका […]

२०७५ भाद्र १० गते, आईतवार

प्रवासी मोर्चाहरुद्वारा सरकारको दमन तथा धरपकडको भर्त्सना

काठमाडौं , २४ साउन । प्रवासमा रहेका बिभिन्न मोर्चाहरुले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड को बिरोध गरेका छन् । उनिहरुले सरकारले योजनाबद्ध रुपले गरिएको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, पोलीटव्युरो सदस्य पदम राई, ओमप्रकाश पुन,मोहन कार्की, कृष्ण धमलालगायत सयौ नेता कार्यकर्ताहरुको गिरफ्तारी प्रती गम्भिर ध्यानाकर्षण भएको […]

२०७५ श्रावण २४ गते, बिहीबार

एम करुणानिधिको निधन, अन्त्येष्टीका विषयमा विवाद

काठमाडौं, २३ साउन । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको निधन भएको छ । चेन्नाइस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा निधन भएको हो । तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत जुलाई २८ मा उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना […]

२०७५ श्रावण २३ गते, बुधबार

जम्मु कश्मीरमा ४ जना भारतीय सेना मारिए

काठमाडौँ, २२ साउन । भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् । गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए । ती आठ […]

२०७५ श्रावण २२ गते, मंगलवार

युएईद्वारा आममाफीको सदुपयोग गर्न आग्रह

काठमाडौं , १६ साउन । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले युएईमा गैरकानूनीरुपमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको सदुपयोग गर्न आग्रह गरेको छ । युएई सरकारले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकलाई वैध रुपमा युएईमा काम गर्न दिने तथा स्वदेश फर्कन चाहनेका लागि ३ महिने आममाफीको व्यवस्था गरेको छ । […]

२०७५ श्रावण १६ गते, बुधबार

खाल्डाेका कारण छोराको मृत्यु भएपछि …

काठमाडौं, १५ साउन । भारत मुम्बईका दादाराओ बिलहोरे सडकमा रहेका खाल्डाका कारण छोराको मृत्यु भएपछि सो पीडालाई सेवामा लगाएका छन् ।। उनको छोराको १६ वर्षीय उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरको सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् । सन् २०१५ मा सडक दुर्घटनामा नै परेर उनका छोरा […]

२०७५ श्रावण १५ गते, मंगलवार

नेपाली महिला बन्धक बनाउने पक्राउ

काठमाण्डौ, ९ साउन । भारतको बनारसमा नेपाली महिला बन्धक बनाउने ५ जना भारतीय पक्राउ परेका छन् । बनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले बनारसस्थित नटकनिया दाइका जयसिंहको घरमा छापा मार्ने क्रममा दुई महिला र तीन पुरुष सहित पॉच जनालाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्ने सूचना पाएपछि जयसिंहको घरमा राखिएका नेपाली महिलालाई […]

२०७५ श्रावण ९ गते, बुधबार

डा. केसीको पक्षमा अष्ट्रेलियामा प्रदर्शन

काठमाडौं, ६ साउन । २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धतास्वरूप प्रदर्शन गरिएकाे छ । डा. केसीका मागलाई सरकारले सम्बाेधन गर्न नसकेकाे भन्दै तत्काल माग पुरा गर्न त्यहा रहेकाे नेपालीले प्रदर्शन गरेका हुन् । पश्चिम अष्ट्रेलियाको पर्थमा ऐक्यबद्धता कार्यक्रम गर्दै उनीहरुले सरकारबाट भइरहेको हस्तक्षेप समेत तत्काल बन्द गर्न र डा. केसीको […]

२०७५ श्रावण ६ गते, आईतवार

डा. केसीकाे समर्थनमा अमेरिकामा प्रदर्शन

काठमाडौं, ५ साउन । डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै अमेरिकामा प्रदर्शन भएकाे छ । २२ दिनदेखि अनशनमा रहेका केसीकाे जीवन रक्षा र उनले उठाएका मागहरु पूरा गर्न नेपाल सरकारलार्इ अमेरिकामा रहेका नेपालीहरुले प्रर्दशन गर्दै हस्ताक्षर समेत संकलन गरेका छन् । अमेरिकाकाे टेक्सासलगायत विभिन्न स्थानमा भएका प्रदर्शनसँगै संकलित हस्ताक्षर राष्ट्रसंघमा बुझाउने तयारी भइरहेकाे बताइएकाे छ […]

२०७५ श्रावण ५ गते, शनिबार

साउदी अरबमा ३८ नेपाली अलपत्र

काठमाडौँ, २ साउन । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८ जना नेपाली युवा सम्झौता अनुसारको काम र दाम नपाएपछि अलपत्र परेका हुन् । साउदी पुगेयता ९०० रियल मात्र पाएका नेपालीले एक दिन […]

२०७५ श्रावण २ गते, बुधबार