प्रवास

अवैध बाटोबाट अमेरिका !

काठमाडौं, १४ कात्तिक । अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका रूपमा रहेको मेक्सिकोका विभिन्न क्षेत्रमा लुकीछिपी रहँदै आएका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएलगत्तै लिएको कडा अध्यागमन नीतिका कारण अलपत्र परेका […]

२०७४ कार्तिक १४ गते, मंगलवार

श्रम कानुनमा सुधार गर्ने कतारको घोषणा

काठमाडौं, ९ कात्तिक । कतार सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकभन्दा ठिक एक दिन अगाडि आफ्नो श्रम कानुनमा सुधार गर्ने निर्णय गरेको छ। यसअन्तर्गत कतारमा काम गर्ने श्रमिकले प्राप्त गर्ने पारिश्रमिकको न्युनतम दर तय गरिनेछ । अन्तर्राष्ट्रिय समुदायमा कतारमा काम गरिरहेका नेपालीसहितका आप्रवासी मजदुरको स्थिति नाजुक रहेको विषयमा कतार सरकारको निन्दा भइसकेको छ। अन्तर्राष्ट्रिय मजदुर संगठनले […]

२०७४ कार्तिक ९ गते, बिहीबार

क्याम्ब्रियन गस्ती अभ्यास २०१७ मा नेपाली सेनालाई स्वर्णपदक

काठमाडौं, ६ कात्तिक । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सन्चालन भएको क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्णपदक प्राप्त गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार उक्त अभ्यास असोज २७ देखि आइतबार (आज)सम्म सन्चालन भएको थियो । उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत […]

२०७४ कार्तिक ६ गते, सोमबार

‘क्याटलोनिया देशको महत्वपूर्ण भाग’

काठमाडौँ, ४ कात्तिक । स्पेनका राजा फेलिपे छैठौंले क्याटलोनिया देशको महत्वपूर्ण भाग रहेको र रहिरहने प्रष्ट पारेका छन् । देशको उत्तरी शहर ओविएदोमा भएको एक समारोहमा राजा फेलिपेले क्याटलोनिया सरकारले सृजना गरेको समस्यालाई केन्द्र सरकारले प्रजातान्त्रिक ढंगले समाधान गर्न चाहेको बताए । क्याटलन विवादमा राजा फिलिपे छैठौले मुख खोलेको यो दोस्रो पटक हो । स्पेनबाट […]

२०७४ कार्तिक ४ गते, शनिबार

एनआरएनका ‘इलिट’ हरूका नाममा – दीपकराज जोशी

यसबेला गैरआवसीय नेपालीहरूको अधिवेशनका लागि तपाईंहरूमध्ये केही नेपाल आउनुभएको छ । अरू कतिपय आउन पाउनुभएको छैन । नेपालबाहिर बसे पनि तपाईंहरू नेपालको बारेमा सोच्नुहुन्छ, नेपालको राम्रो भएको देख्न चाहनुहुन्छ र नेपालको बारेमा राम्रो सुन्न चाहनुहुन्छ । तर, एनआरएनमा केही ‘इलिट’हरू पनि छन् जो फेसबुकमा ‘राष्ट्रवाद’ प्रदर्शन गर्छन्, अर्ती उपदेश दिन्छन्, नेपालका नेता र पद्धतिलाई सत्तोसराप […]

२०७४ कार्तिक २ गते, बिहीबार

दार्जि्लिङमा पुन हिंसा भड्कियो

काठमाडौं , २७ असोज । दार्जि्लिङमा पुन हिंसा भड्किएको छ । आज बिहान दार्जि्लिङको तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आन्दोलनकारी बीच झडप हुँदा एक सुरक्षाकर्मी सहित २ जनाको मृत्यु भएको हो । विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले आज बिहानै देखि खोजी अभियान तीव्र पारेको थियो । सोही क्रममा प्रहरीका इन्स्पेक्टर अमिताभ मल्लिकको मृत्यु […]

२०७४ आश्विन २७ गते, शुक्रबार

सडक दुर्घटनाका पीडितलाई आर्थिक सहयोग

काठमाडौ, २२ असोज । रोजगारीका लागि कतारमा गएका बागलुङका एक पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ । गम्भीर घाइते गल्कोट–६ का गिरीबहादुर विश्वकर्माको उपचारार्थ ‘गल्कोट समाज जापान’ले पाँच लाख २० हजार ४२१ जापानी यान उपलब्ध गराएको हो । उक्त समाजले जापानमा शुरु गरेको सहयोग अभियानअन्तर्गत संकलित रकम विश्वकर्मा परिवारलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष नरबहादुर […]

२०७४ आश्विन २२ गते, आईतवार

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

काठमाडौँ, १६ असोज । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का […]

२०७४ आश्विन १६ गते, सोमबार

दार्जिलिङमा आन्दोलन स्थगित

काठमाडौं, ११ असोज । दार्जिलिङमा आन्दोलन स्थगित भएको छ । विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् । भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित […]

२०७४ आश्विन ११ गते, बुधबार

४३ जनालाई आजीवन काराबासको सजाय

काठमाडौं, ३ असोज । इजिप्टमा हिंसा भड्काएको आरोपमा ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको छ । सन् २०१३ मा राष्ट्रपति मोहमद मोर्सीलाई पदच्युत गर्ने अभियोगमा पक्राउ गरिएका ५ सय मध्ये ४३ जनालाई आजीवन काराबासको सजायँ दिइएको हो । अन्य ३ सय जनालाई भने ५ वर्षदेखि १५ वर्षसम्मको जेल सजायँ सुनाइएको छ । यसरी सजायँ पाउनेहरुमा […]

२०७४ आश्विन ३ गते, मंगलवार