प्रवास

‘नेपालको श्रीपेच’ भारतीय वस्तुको नाममा प्रदर्शन

काठमाडौं, २४ जेठ । चीनको राजधानी बेइजिङका दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा राखिएका ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीमध्ये एउटा छ– नेपालको श्रीपेच । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । […]

२०७५ जेष्ठ २४ गते, बिहीबार

अलपत्र परेका नेपाली कामदारको उद्दार

काठमाडौं, २२ जेठ । कतारस्थित प्रवासीहरुको संगठन जनप्रगतिशील मोर्चाले अलपत्र परेका एक नेपाली कामदारको उद्दार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चाले वैदेशिक रोजगारीको क्रममा कतार पुगेका दाङका तेजबहादुर चौधरीको उद्दार गरेको हो । तुल्सीपुर नगरपालिका–११ बेलगनारका चौधरी काठमाडौंस्थित पगेणी मेनपावरबाट कतारको दोहा स्थित सैलियाको एक कास्टल कम्पनीमा लामो समयदेखि काम गर्दै आएका थिए […]

२०७५ जेष्ठ २२ गते, मंगलवार

चौधरीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

काठमाडौं, २१ जेठ । कतारको अदालतले कतारी नागरीक उमैर मोहोम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको छ । तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले सो फैसला सुनाएको हो । तल्लो अदालतले गरेको फैसला उपर नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औराही–१, मोहत्तरीका […]

२०७५ जेष्ठ २१ गते, सोमबार

दुई नेपाली ल्हासा कारागारमा

काठमाडौं, १२ जेठ । सुन बोकेको अभियोगमा दुई नेपाली युवा चीनको ल्हासा कारागारमा परेका छन् । ल्हासास्थित नेपाली महावाणिज्यदूतावासलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालले चिनियाँ कारागारमा पर्नेमा रसुवा, गोसाइँकुण्ड गाउँपालिका–५, सानो भार्खुका ग्यालदोर्जे तामाङ र आमाछोदोङ्मो गाउँपालिका, हाकुबेंसीका विकास वाइवा रहेका छन् । अभियुक्तले करीब एक महीनाअघि नेपाली ट्रकमा नौ […]

२०७५ जेष्ठ १२ गते, शनिबार

जोशी अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन

काठमाडौं, ९ जेठ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा. जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् । आजभन्दा झन्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आएका छन् । डा. जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङबीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुन् । […]

२०७५ जेष्ठ ९ गते, बुधबार

‘निपाह’ भाइरसको आतंक !

काठमाडौं, ८ जेठ । भारतमा ‘निपाह’ नामक भाइरसले आतंक मच्चाएको छ । केरल राज्यमा यो भाइरसका कारण ११ जनाको मृत्यु भइसकेको बताइएको छ भने अन्य कयौंमा संक्रमण रहेको बताइएको छ । केरल राज्यका स्वास्थ्यमन्त्री केके शायलजाका अनुसार यो भाइरसको प्रकृतिबारे पूर्ण रुपमा जानकारी आइसकेको छैन । मृतकका रगत तथा अन्य नमूना परीक्षणका लागि पुणेस्थित प्रयोगशालामा […]

२०७५ जेष्ठ ८ गते, मंगलवार

विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

काठमाडौं, ७ जेठ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्रीवितरण गर्ने एक जनालाई पक्राउ गरेको छ । यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ […]

२०७५ जेष्ठ ७ गते, सोमबार

माओवादीको एम्बुसमा परी ७ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, ७ जेठ । माओवादीको एम्बसुमा परी आधा दर्जन सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्यको पर्ने दन्तेवाडामा थापेको धरापमा परी सुरक्षाकर्मी परेका थिए । भारतीय संचारमाध्यमहरुका अनुसार सुरक्षा बलका ७ जवानको मृत्यु भएको छ । माओवादी सेनाहरुले एके–४७, इन्सास राइफल, एसएलआरलगायत दर्जनौं अत्याधुनिक हतियारसँग गोली र ग्रेनेड कब्जा गरेको बताइएको छ । एन्टी […]

२०७५ जेष्ठ ७ गते, सोमबार

भारतद्वारा एकतर्फी युद्धविरामको घोषणा

काठमाडौं, ३ जेठ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र कास्मिरमा कुनै सैन्य कारबाही नगर्न निर्देशन दिएको ट्वीटमार्फत् जानकारी दिएका छन् । […]

२०७५ जेष्ठ ३ गते, बिहीबार

भारत हावाहुरी, ३९ जनाको मृत्यु, रेल र बससेवा ठप्प

काठमाडौं, ३१ बैशाख । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थुप्रैं […]

२०७५ बैशाख ३१ गते, सोमबार