प्रवास

चीनमा २५० नयाँ अर्बपति थपिए !

काठमाडौँ । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा फड्को मारेको छ । विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोनाभाइरसलाई […]

२०७७ फाल्गुन १९ गते, बुधबार

भागरथीको परिवारलाई सुदूरपश्चिम समाज कोरियाद्वारा आर्थिक सहयोग

काठमाडाैं । सुदूरपश्चिम समाज कोरियाले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा सहयोग […]

२०७७ फाल्गुन १८ गते, मंगलवार

भारत र चीन विवादास्पद सीमा क्षेत्रबाट सैनिक फिर्ता बोलाउन सहमत

काठमाडौँ । भारत र चीनले विवादास्पद हिमालयन सीमाबाट आफ्ना सेना फिर्ता बोलाउन सहमत भएका छन् । दुवै राष्ट्रका उच्च सैनिक अधिकारीहरुले आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको बीबीसीले जनाएको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार दुवै देशका सैनिक अधिकारीहरुले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी फिर्ता बोलाएका छन ।यस्तै अन्य […]

२०७७ फाल्गुन १० गते, सोमबार

भारतीय सेनासँगको झडपमा चार सैनिक मारिए : चीन

काठमाडौं । चीनले भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको बताएको छ । चीनले गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो । उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीयस सैनिक आयोगले काराकोरम पर्वतमा ड्युटीमा […]

२०७७ फाल्गुन ७ गते, शुक्रबार

सैन्य ‘कू’ विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष कैद सजाय !

काठमाडौँ । म्यानमारको सैन्य सरकारले विरोध प्रदर्शन गर्नेविरुद्ध नयाँ कानुन लागू गरेको छ । सैन्य सरकारले ‘कू’को विरोध गर्ने मानिसलाई २० वर्षको कैद सजाय हुनेगरी सो कानुन जारी गरेको हो । सरकारले जारी गरेको विवरणमा सैनिक बलमाथि अवरोध पुर्‍याउने जो कोहीलाई उक्त सजाय हुने भनिएको छ । ‘कू’ गर्ने प्रक्रियामा संलग्न भएका सैनिक अधिकारीलाई गाली […]

२०७७ फाल्गुन ४ गते, मंगलवार

चीनमा बिबिसीको प्रसारण बन्द !

काठमाडौं । चीनले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनमाथि रोक लगाएको छ । ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसी वर्ल्ड न्युजलाई प्रसारणमा रोक लगाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड […]

२०७७ माघ ३० गते, शुक्रबार

चीनद्वारा भारतसंग पुन: झडप हुनसक्ने चेतावनी

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले दुई देशबीच सीमा निर्धारण गरिएको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतले बारम्बार नियम उल्लंघन गरिरहेकाले सीमामा झडपको स्थिति निम्तिएको जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीका प्रवक्ता वांग वेन्बिनले भारतलाई दुई देशबीच भएको सम्झौता इमान्दारिताका साथ पालना गर्न र सीमावर्ती क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्न भनेका छन्।भारतीय सेनाका रिटायर्ड […]

२०७७ माघ २७ गते, मंगलवार

हिमताल फुटेर वेपत्ता भएका ३ नेपाली सहितको नाम सार्वजनिक

काठमाडौं । भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता भएका नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ । स्थानीय प्रशासनले हिजो वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता हुनेमा नेपालका ३ जना पनि रहेका हुन् । स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको […]

२०७७ माघ २७ गते, मंगलवार

कुखुरालाई जेल !

काठमाडौं । भारतको तेलाङ्गनाको एक जेलमा २५ दिनदेखि थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् । केही सट्टेबाजका कारण उनीहरूलाई समातेर त्यहाँ राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कुखुराका साथमा पक्राउ परेको सट्टेबाजहरू जमानतमा रिहा भइसकेका छन् । तर, दुई कुखुरा भने अहिलेसम्म जेलमै छन् । उनीहरूलाई प्रहरीले १० जनवरीमा पक्राउ गरेको थियो । संक्रान्ति पर्वको […]

२०७७ माघ २४ गते, शनिबार

भारतमा कोरोनावाट १ लाख ५४ हजारको मृत्यु

काठमाडौं । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ३९ […]

२०७७ माघ २१ गते, बुधबार