प्रवास

दूतावासमा महिला कर्मचारी मृत फेला

काठमाडौं, ३ पुस । लेवनानस्थित बेलायतको दूतावासमा काम गर्ने एक बेलायती महिला मृत अवस्थामा फेला परेकी छन् । लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ । उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागको कार्यक्रम एवम् नीति […]

२०७४ पुष ३ गते, सोमबार

राष्ट्र संघीय अन्तराष्ट्रिय स्वयम् सेवा आदानप्रदान सम्मेलनमा महाभूकम्पपछिको नेपालबारे छलफल

काठमाडौं, १ पुस । बहुचर्चित बेल्ट एण्ड रोड परियोजनालाई आधार मान्दै चीनको राजधानी पैचिंगमा अन्तराष्ट्रिय श्वयंसेवा आदानप्रदान सम्मेलन सम्पन्न भएको छ । सम्मेलन उद्घाटन समारोहमा बोल्दै संयुक्त राष्ट्र संघीय श्वयंसेवक संस्थाका कार्यकारी संयोजक ओलिभिएर आदमले राष्ट्र संघीय श्वयंसेवकहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै वेल्ट एण्ड रोडको युगमा यो जीम्मेवारी अझै बढेको बताए । युएनडिपीका सहायक निर्देशक […]

२०७४ पुष १ गते, शनिबार

नेपाली जनप्रगतिशिल मोर्चा युएईको अध्यक्षमा मनोज काउछा

काठमाडौं, १ पुस । नेपाली जनप्रगतिशील मोर्चा युएईको चौथो अधिवेशन सम्पन्न भएको छ । विगत लामो समयदेखि युएईमा रहेर नेपाली मजदुरहरुको पक्षमा संघर्षरत र क्रियाशील रहँदै आएको मोर्चाको अधिवेशन युएईमा सम्पन्न भएको हो । चौंथो अधिबेशनले मनोज काउचाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कमल पोखरेल, महासचिव केदार लम्साल, प्रथम […]

२०७४ पुष १ गते, शनिबार

गुजरातमा पुन: भाजपाको सरकार

काठमाडौं, २९ मंसिर । भारत गुजरातमा भएको निर्वाचनमा फेरि पनि प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टी भारतीय जनता पार्टी (भाजपा)को विजय हुने चुनावी सर्वेक्षणहरुले देखाएको छ । २२ वर्षदेखि गुजरातको सत्तामा रहेको भाजपालाई सत्ताच्यूत गर्न कंग्रेस आईले यसपटक निकै शक्ति लगाए पनि सम्भव नदेखिएको नतिजा आउनुपूर्वका सर्वेक्षणहरुले देखाएका छन् । हालैमात्र कंग्रेस अध्यक्षको कमान सम्हालेका राहुल गान्धीका […]

२०७४ मंसिर २९ गते, शुक्रबार

भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि…

काठमाडौं, २८ मंसिर । भारतको बिहार राज्यको गयामा १५ वर्षीय किशोरले परिवारद्वारा भाउजुसँग जबर्जस्ती बिहे गराइदिएपछि आत्महत्या गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार विनोवा गाउँका महादेव दास स्थानीय सरकारी विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । परिवारका सदस्यले उनको बिहे २५ वर्षीय भाउजुसँग गराइदिएपछि बिहेकै रात उनले आत्महत्या गरेका हुन् । मृतकका पिता चन्द्रेश्वर दासका […]

२०७४ मंसिर २८ गते, बिहीबार

विस्तारवाद र पुँजिवादको जरा उखेलेर फ्याल्न तयार होऔ – नबीन अधिकारी

पछिल्लो समय नेपालमा कथित चुनाबको मतपरिणाम सार्वजनिक हुँदै दलालहरुको केन्द्रमा ठुलै उत्सव चल्दै गरेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले सन्चालन गरेको बहिस्कार आन्दोलन र एकीकृत जनक्रान्तिका विषयमा केहि लेख्न आवस्यक लाग्यो! निश्चय नै देश राजनीतिक हिसाबले कित्ताकाट भैसकेको अवस्था हो। अब यसमा संका र दुबिधा रहेन। यसै क्रममा दलाल पुँजीवादमा आधारित संसदिय व्यवस्थाका बिरुद्ध बैज्ञानिक समाजवाद […]

२०७४ मंसिर २६ गते, मंगलवार

जुनेलीको एक्लो यात्रा- प्रल्हाद दाहाल ‘प्रेम’

करोडौ यात्रुले यात्रा गर्ने दुबई मेट्रोको यात्रा सहज छैन | यंहा मानिसहरु हतार हतार र तंछाड-मछाड गर्दै आफ्नो कामका लागि भागिरहेका देखिन्छन | यँहा कसैलाई कसैको वास्ता छैन, न कसैले कसैलाई बोलाउने गर्छ, नत कसैले कसैलाई चिने झैँ गर्छ | नचिनेझैं गरे भनौभने पनि यंहा करोडौ यात्रु भएनी, आफु आउने जाने समयमा चिनेका मानिस कमै […]

२०७४ मंसिर १८ गते, सोमबार

प्रवासी संघसंस्थाद्वारा सरकारी धरपकड र गिरफ्तारीको भर्त्सना

काठमाडौं, १६ मंसिर । युरोपका रहेका विभिन्न संघसंस्था र मोर्चाहरुले नेपालमा नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण निर्वाचन बहिष्कार अभियानमा सरकारद्धारा गरिएको तीव्र धरपकड र गिरफ्तारीको कडा रुपमा विरोध गरेका छन् । लामो समयदेखि प्रगतिशील आन्दोलनलाई सहयोग र समर्थन गर्दै आइरहेको नेपाली जनप्रगतिशील मोर्चा युरोप र यस मातहतमा रहेका युरोपभरिका करिब एक दर्जन मोर्चाहरुले नेकपाका करिब एक […]

२०७४ मंसिर १६ गते, शनिबार

आतंककारी र सुरक्षाकर्मीबीच गोली हानाहान

काठमाडौं ,१४ मंसिर । भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाका बीच पनि दोहोरो गोली हानाहान भएको छ । लासकार ए तोइबा नामक आतंककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि भारत प्रशासित क्षेत्र कश्मिरको सुरक्षा व्यवस्था गएको हप्तादिन भन्दा लामो समयदेखि कडा बनाइएको थियो । तर, बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच […]

२०७४ मंसिर १४ गते, बिहीबार

बलात्कारीलाई मृत्युदन्डको सजाय !

काठमाडौँ, १३ मंसिर । भारत, महाराष्ट्रको अहमदनगर जिल्ला अदालतले १५ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गर्ने तीनजनालाई मृत्युदन्डको सजाय सुनाएको छ । २० वर्षका ती तीनजनाले गत वर्षको जुलाईमा उक्त घृणित कुकृत्य गरेका थिए । अदालतले नोभेम्बर १८ मा उनीहरुलाई दोषी ठहर गरेको थियो । पीडित किशोरी महाराष्ट्रको कथित उपल्लो जातकी र दोषीहरु कथित तल्लो […]

२०७४ मंसिर १३ गते, बुधबार