प्रवास

बेलायतमा एकै दिन एक लाख २० हजार कोरोना संक्रमित थपिए !

काठमाडौं । बेलायतमा एकैदिन झण्डै एक लाख बीस हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय लगातार बेलायतमा कोरोना संक्रमितको नयाँ रेर्कड कायम रहने क्रम जारी रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् । […]

२०७८ पुष ९ गते, शुक्रबार

चीनले तियानानमेन स्क्वायर नरसंहारको झल्को दिने मूर्ति हटायो

काठमाडौं । चीनको बेइजिङस्थित तियानानमेन स्क्वायरमा रहेको एउटा स्मारक मूर्ति हटाइएको छ । त्यहाँ भएको नरसंहारको सम्झनामा एक मूर्तिकारले युनिभर्सिटी अफ हङकङको परिसरमा उक्त मूर्ति स्थापना गरेका थिए । डेनमार्कका मूर्तिकारले बनाएको सो प्रतिमा विगत २४ वर्षदेखि उक्त विश्वविद्यालयमा राखिएको थियो । मूर्ति करिब ८ फिट अग्लो थियो र तामाबाट बनेको थियो । तर विश्वविद्यालयको […]

२०७८ पुष ८ गते, बिहीबार

म्यानमारको सेनाद्वारा पुन: नरसंहार

काठमाडौं । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधरणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरुलाई […]

२०७८ पुष ५ गते, सोमबार

इजरायलद्वारा बेलायत र डेनमार्कका यात्रुमाथि प्रतिबन्ध

काठमाडौँ । इजरायलले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेको भन्दै बेलायत र डेनमार्कबाट फर्कने यात्रुहरुमाथि प्रतिबन्ध लगाएको छ । साथै मुलुकभित्रका नागरिकहरुलाई ती देशको यात्रामा जान प्रतिबन्ध लगाएको छ । ओम्रिकोनको संक्रमण बढेको भन्दै इजरायलले गतमहिनादेखी नै बोर्डर बन्द गर्दै आएकोमा हालै खोप लगाएका व्यक्तिहरुलाई प्रवेश अनुमति दिएको थियो ।आगामी आइतबारसम्ममा फ्रान्स, स्पेन, आयरल्याण्ड, स्वीडेन […]

२०७८ पुष २ गते, शुक्रबार

सन् २०२२ ‘श्रीलंका भ्रमण वर्ष’ !

काठमाडौं । श्रीलंकाले आगामी सन् २०२२ लाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने भएको छ । यहाँका पर्यटन मन्त्रीले यस विषयमा सरकारले व्यापक मात्रामा तयारी गरेको र श्रीलंका सरकारले आगामी वर्ष कम्तीमा पनि ६० लाख पर्यटक भित्र्याउने तयारीका साथ ‘भिजिट श्रीलंका’ वर्षका रुपमा घोषणा गर्ने बताए । यहाँको सरकारले आगामी वर्षलाई श्रीलंका भ्रमण वर्षका रुपमा मनाउने […]

२०७८ पुष १ गते, बिहीबार

दिल्लीदेखि काठमाडौको बस यात्रा पुन: सुरु

काठमाडौं । आज देखि यात्रुहरुलाई दिल्ली देखि काठमाडौं सम्मको बस यात्रा सुरु भएको छ । यात्राको क्रममा यात्रुहरुले कोभिडसँग सम्बन्धित सबै नियमहरु पालना गर्नुपर्नेछ । यात्रा गर्ने यात्रुहरुले ४८ घण्टा पहिला पीसीआर टेस्ट अनिवार्य गर्नुपर्नेछ । त्यस्तै, यात्रुहरुले कोभिडको दुवै डोज लगाएको हुनुपर्नेछ । दिल्ली देखि काठमाडौं सम्मको बसलाई कोरोना भाइरसको कारण २०२० मार्च २ […]

२०७८ मंसिर २९ गते, बुधबार

भारतीय किसानद्वारा एक वर्ष लामो विरोध प्रदर्शन अन्त्य !

काठमाडौं । सरकारले विवादास्पद कृषि कानुनहरु खारेज गरेपछि भारतीय किसानहरुले एक वर्ष लामो विरोध प्रदर्शन अन्त्य गरेका छन् । एक वर्षदेखि विरोधका लागि राजधानी नयाँ दिल्लीको सिमानामा क्याम्प खडा गरेर बसेका किसानहरुले कृषि कानुनहरु खारेज गरेपछि विरोध कार्यक्रम अन्त गर्दै घर फर्कन थालेका हुन् । गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरुले आपत्ति जनाउँदै आएका तीन […]

२०७८ मंसिर २४ गते, शुक्रबार

हेलिकप्टर दुर्घटनामा सेना प्रमुखसहित १३ जनाको मृत्यु !

काठमाडौं । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य रावत, उनकी श्रीमतीसहित अरु ११ जनाको पनि मृत्यु भएको छ । भारतीय वायुसेनाले केही बेर अघि ट्ीटर मार्फत मृत्युको पुष्टि गरेको हो । हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स रावत आफ्ना परिवारका सदस्य […]

२०७८ मंसिर २३ गते, बिहीबार

युएईमा हप्तामा साढे चार दिन काम !

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा हप्तामा साढे चार दिन काम गर्ने नियम बनाइएको छ । युएईले यसअघि हप्तामा दुई दिन बिदा दिँदै आएकोमा अब शुक्रवार आधा दिनपछि मात्रै बिदा दिने बताएको हो । यो नियम आगामी जनवरी २ देखि लागू हुनेछ । सबै सङ्घीय सरकारी विभागमा भने जनवरी १ तारिखदेखि नै नयाँ कार्य […]

२०७८ मंसिर २२ गते, बुधबार

आङ सान सुचीलाई ४ वर्षको जेलसजाय !

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई ४ वर्षको जेलसजाय सुनाइएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम तोडेको आरोपमा उनी दोषी पाइएको सैनिक सरकारले जनाएको हो । ७६ वर्षीया सुचीमाथि अन्य ११ आरोपसमेत लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ । सुचीले भने आफूमाथि लगाइएका आरोपहरु निराधार रहेको वताउँदै आएकी छिन् । गत फेब्रुअरीमा […]

२०७८ मंसिर २० गते, सोमबार