प्रवास

भारतद्वारा यात्रामा प्रतिबन्ध, १५ अप्रिलसम्म सबै भिसा निलम्बन

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले एक महिनासम्म यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोराना भाइरसको त्रासकै कारण भारत सरकारले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको हो । भारतीय स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न भन्दै यो निर्णय लिएको हो । […]

२०७६ फाल्गुन २९ गते, बिहीबार

स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण

काठमाडाैँ, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड १९) संक्रमण भएको बेलायती समाचार संस्था युके डेलिमेलले जनाएको छ । गत शुक्रवार अचानक बिरामी परेकी डोरिसलाई कोरोना संक्रमण भेटिएपछि हाल उनी चिकित्सकको परामर्श सहित ‘आइसोलेसन’मा रहेकी छिन् । ६२ वर्षीया डोरिसले एक विज्ञप्ति जारी गर्दै आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने […]

२०७६ फाल्गुन २८ गते, बुधबार

कतारद्वारा नेपालसहित १४ देशका यात्रुमाथि प्रतिवन्ध

काठमाडाैं, २६ फागुन । कतार सरकारले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । कतार सरकारले एक सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यसैबीच […]

२०७६ फाल्गुन २६ गते, सोमबार

क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको पाँच तले होटेल भत्कियो

काठमाडाैं, २५ फागुन । चीनको ग्वान्जाओमा क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएको सिञ्जिया होटेल भत्कँदा ७० जना फसेका छन् । ४० जनालाई उद्धार गरिएको छ । उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सन् २०१८ मा निर्मित उक्त होटलमा ८० वटा पाहुना कक्ष रहेका थिए । होटलमा रहेका ७० जना कोरोना संक्रमितको सम्पर्कमा आएका […]

२०७६ फाल्गुन २५ गते, आईतवार

कोरोनाविरूद्धको खोप आउँदो महिनादेखि प्रयोगमा !

काठमाडौं , २४ फागुन । चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ। वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्। कोरोनाबाट संक्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक […]

२०७६ फाल्गुन २४ गते, शनिबार

चीनमा कोरोनाको प्रभाव घट्दै

काठमाडाैँ, २२ फागुन । गत डिसेम्बर ३१ मा चीनबाट फैलिएको कोरोना भाईरसबाट प्रभावितको संख्या घट्न थालेको छ । बुधबार नयाँ बिरामी एक सय ३४ जना देखिए भने त्यसै दिन ३१ जनाको मृत्यु भयो । यस अघि दिनमा ५ सय भन्दा बढी विरामी र सय भन्दा बढीको ज्यान जाने गरेको थियो । चीनमा कोरोनाबाट अहिले सम्म […]

२०७६ फाल्गुन २२ गते, बिहीबार

कोरोना विरुद्ध युद्धको घोषणा !

काठमाडौं, २० फागुन । दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनले देश कोरोनाभाइरसविरूद्ध युद्धमा गइसकेको बताएका छन । सोमबारमात्र कोरियामा ६ सय जना थप व्यक्तिमा संक्रमण देखिएको छ। योसँगै कोरियामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्यामा ४ हजार ८ सय १२ जना पुगेको छ भने २८ जनाले ज्यान गुमाइसकेका छन्। राष्ट्रपति मुनले भाइरसविरूद्धको लडाइँमा २५ अर्ब अमेरिकी […]

२०७६ फाल्गुन २० गते, मंगलवार

नवनियुक्त भारतीय राजदूत विनयमोहन काठमाडाैं आउँदै

काठमाडाैं, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आज नेपाल आउँदै छन । उनि बिहान सवा १० बजे काठमाडौं आइपुग्ने नेपालस्थित बताइएको छ । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् । सन् १९८८ मा भारतको परराष्ट्र […]

२०७६ फाल्गुन १८ गते, आईतवार

दिल्ली हिंसामा २५जनाको मृत्यु : विपक्षीद्वारा गुहमन्त्रीको राजीनामा माग

काठमाडौँ, १५ फागुन । भारतको नयाँ दिल्लीमा गत आइतबारदेखि सुरु भएको हिंसामा परि मृत्यु हुनेको संख्या २५ पुगेको छ । घटनामा सयौं घाइते भएको समाचारमा जनाइएको छ । घाइतेहरुको दिल्लीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हिजोमात्र प्रदर्शनकारीहरुमाथि भएको सुरक्षाकर्मीको दमनमा ६० जना भन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरी र अर्ध […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

चिनिया कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित

काठमाडौं, १३ फागुन । चीनले कोरोना भाइरसका संक्रमण नियन्त्रणका प्रयास जारी राख्न अर्को महिना बस्ने भनिएको कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित गरेको छ । कोरोनाका कारण विश्वव्यापी सेयर बजारमा पनि गिरावट आएको छ । त्यसैगरी कोरोनाको संक्रमणको डरले लगानीकर्ताहरुले सुरक्षित स्थान खोज्न थालेपछि विश्व बजारमा सुनको मुल्य आकासिएको छ । यसैबीच कोरोनाको सम्भावित महामारी रोक्न […]

२०७६ फाल्गुन १३ गते, मंगलवार