कला तथा साहित्य

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र छायाङ्कन

काठमाडौ, ३ असार । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । छायाङ्कन भएका चलचित्रमध्ये २५ वटा विदेशी, एक सार्क र २३ नेपाली रहेका छन् । एक चलचित्र निर्माणका […]

२०७४ असार ३ गते, शनिबार

हिँडु कहाँ – वैरागी जेठा

मल्ल्का आँसुहरू मेरो थाप्लामा वर्षिए मध्यान्हको प्रचण्ड गर्मीले लाश पोलेझै मलाई पोलिरहेथ्यो हरेक वहालहरूमा म उफ्रेर छटपटाइरहेँ मल्लका आँगनमा घामले मलाई पोलिरहेथ्यो हरेक चोकहरूले मलाई डामी रहे निरन्तर हाँसिरहेका मानव आकृतिहरू ज्यापूदाईले बनाएका बुख्याँचाझैँ रमाइरहेका थिए मेरो शरिरबाट बगेका पानीका भेलहरू आतुर थिए मल्लका आँसु पुछ्न मेरो मन मल्का परिश्रमहरूलाई प्रेम गरिरहेको हुन्छ वहालहरू चुपचाप […]

२०७४ जेष्ठ ३० गते, मंगलवार

एकसाँझ:सोल टु सुन्धारा – मिलनकान्छा किराती

घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । […]

२०७४ जेष्ठ २९ गते, सोमबार

जनकम्युन को हुन् ? –वैरागी जेठा

सत्ताका पूजारीहरू कुर्सी छोड्न तयार छैनन् लगातार गुलामहरू नै अगाडि बढिरहेछन् दुखद समाचार , भाषा नबुझ्ने मानिसहरू धेरै धेरै कम्युन छन् सल्लाका पातहरूझैँ यो देशमा ! तर को हो ? जनकम्युन ! शत्रुहरूसँग घाँटी जोडेर एकदम सजिलैसँग भनिदिन्छ जिन्दावाद । जनसेनाका आँसु पिएर आफ्नै टाउकाको मूल्य तोक्नेसँग कुर्सि जोगाउन संसद भवन कब्जा गरिरहेछ एउटा उल्लू […]

२०७४ जेष्ठ २२ गते, सोमबार

एसबीको ‘लुकी छिपी गर्दिन म प्यार’ यु ट्युबमा

काठमाडौं, २० जेठ । पत्रकार एस.बी. साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको “दिलको उदार” को भिडियो यु ट्युबमार्फत सार्वजनिक भएको छ । यो उनको तेस्रो गीत हो । यसै गीतको अर्को भिडियो पनि तयारी हुँदै गरेको साउद बताउछन । यस्तै गीतका साथ् रेडियो पत्रकार एस.बी. साउद सांगितीक बजारमा समेत चर्चा बटुल्न सफल भएका छन् […]

२०७४ जेष्ठ २० गते, शनिबार

ललिका सपनाहरू –वैरागी जेठा

ललिका रगत सिँच्तै निरन्तर बगिरहेछन् रालिवाङका पाखरहरू खोप्दै थवाङका चट्टानहरू मानविय गीत गाउँछन् संवेदनशील भाका कोइलीहरू विचारको पिठ्यूँमा ऐँजेरु पलाएपछि नयाँ युगमा ललिका थुङ्गाहरू ओइलिएकाछन् गृष्मऋतुका चर्को घामले डामेर गालाहरू काला काला भएकाछन् ललिको विजय गान नभएर एउटा क्रुरशासकको राष्ट्रिय गान गाइरहेछन् हावाका झोक्काहरू ! यता हावाहरू पेलेर साम्राज्य फैलाइरहेछन् सहन सकिन्न उष्ण आभासँगै रमाएका […]

२०७४ जेष्ठ १९ गते, शुक्रबार

अलमारिमा छोडिएका यादहरु – इन्द्र थेगिम

मैले याद छोडी आएं…. साथीहरूसंग हांस्दाको खित्खिताहटमा बालापनका साथीहरूसंग एक्कि दुक्की खेलेको चौकटमा अटेरी गर्दा आमाको पिटाई खाएको पासुलाको सुम्लोमा टिचर नहुंदा कागज फालेको कक्षा कोठाको कुनामा। हो, मैले तेतै याद छोडी आएं…… कलेज जाने बाटै बाटोको बनमाराहरुमा क्यान्टिनको चना चिउरासंगै पिउने चिया गिलासमा उसले बोलाउन नसकी हेरिरहेको मायालु एक जोर आंखामा नोटबुक भित्र संगालेर […]

२०७४ जेष्ठ १४ गते, आईतवार

पूर्वका स्रष्टा, प्रतिरोधी चेतना र कथित स्थानीय निर्वाचन – खेम थपलिया

सामन्तलाई नगिँडे दुश्मनसँग नभिँडे आउँदैन है जनवाद भाषण ठोकेर … । २०२८ सालतिर झापामा यो गीत असाध्यै चर्चित थियो । त्यतिबेला भारत–नक्सालका चारु मजुमदारको ‘वर्गसत्रु खत्तम गर’ भन्ने अभियानबाट प्रभावित झापाली युवा कम्युनिस्टहरू क्रान्तिको थालनी गर्न आतुर थिए; यतिबेला हामी पनि हेटौंडा हुँदै त्यतै पुग्न कम्ती आतुर थिएनौँ । नेपाल कम्युिनस्ट पार्टी, शिक्षा, साहित्य तथा […]

२०७४ बैशाख २८ गते, बिहीबार

बाहुबलीका केहि रोचक तथ्य

काठमाडौैंं, २६ बैशाख । ‘बाहुबली २’ले आमिर खानको फिल्म ‘पीके’ र ‘दंगल’ लाई पछार्दै संसारभरबाट हजार करोड कमाइसकेको छ । आमिर खानको फिल्म ‘पीके’ले ७६८ करोड र दंगलले ७१६ करोड कमाएको थियो । निर्देशक एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ ले भारतको सबै किर्तिमान भंग गरेर अहिले सर्वाधिक कमाइ गर्ने फिल्म बन्न पुगेको छ । रिलिज […]

२०७४ बैशाख २६ गते, मंगलवार

वरिष्ठ साहित्यकार शर्माको निधन

काठमाडौं, २४ वैशाख । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको […]

२०७४ बैशाख २४ गते, आईतवार