जनवादी गायक पाख्रिनको निधन
काठमाडौँ, ५ मंसिर । जनवादी गायक खुशीराम पाख्रिनको आज हृदयघातबाट निधन भएको छ । संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा आज आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा गीत गाएपछि अस्वस्थ हुनुभएका पाख्रिनको अपराह्न उपचारका क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो । चिकित्सकका अनुसार हृदयघातका कारण उहाँको निधन भएको हो । […]
२०७४ मंसिर ६ गते, बुधबार