कला तथा साहित्य

‘धैर्यताले मात्र सफलता मिल्छ’

काठमाडौं, २४ असार । वरिष्ठ संगीतकार सम्भुजीत बास्कोटले एक सफल कलाकार बन्न धैर्यताका साथसाथै सहनशीलता आवश्यक पर्ने बताएका छन् । श्निबार काठमाडौंस्थित संवाद डबलीमा गलकोट म्युजिक प्रा.लिको आयोजनामा ‘स्रष्टा सम्मान–२०७४’ मा बोल्दै संगीतकार बास्कोटाले कलाकारलाई आफ्नो कर्मलाई सम्मान गर्न सिक्नु पर्ने बताए । उनले नेपाली सांगीतिक आकश निरनतर रुपमा विस्तार तथा विकास भएको बताउँदै भने, […]

२०७४ असार २५ गते, आईतवार

बङ्गाली अतिशाबारे अनुसन्धान गरिने

काठमाडौँ, २० असार । नेपाल प्रज्ञा–प्रतिष्ठान तथा बङ्गलादेशको बङ्गला एकेडेमीले ११ औँ शताब्दीका बौद्ध विद्वान् अतिशा दीपङ्करका बारेमा दुवै मुलुकमा खोज अनुसन्धान गर्ने भएका छन् । ढाकामा जन्मनुभएका अतिशाले नेपालमा आएर बौद्ध दर्शनको प्रवद्र्धन तथा प्रचारप्रसारमा ठूलो भूमिका निर्वाह गरेका थिए । नेपाल भ्रमणमा रहेको बङ्गला एकेडेमीको प्रतिनिधिमण्डलले दुवै मुलुकका संस्कृति आदानप्रदानका लागि नेपाली साहित्यकार […]

२०७४ असार २० गते, मंगलवार

दोहोरी गीत “रुन्छु धर्केर” बजारमा

काठमाडौं, १७ असार । बिन्ध्यवासिनी म्युजिक प्रा:लि मार्फत नेपाली लोक तथा दोहोरी गीत सङ्गितको क्षेत्रमा प्रेम भाव समेटिएको कारुणिक तथा मार्मिक लोक दोहोरी गीत “रुन्छु धर्केर” बजारमा आएको छ । सर्जक शाहस भट्टले धेरै प्रेमी जोडीहरुको यथार्थ भाव समेटिएको यो गीत छोटो समयामा नै आम दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भएको बताएका छन् । […]

२०७४ असार १७ गते, शनिबार

किसानहरू – वैरागी जेठा

किसानहरू मानव सभ्यता विकाससँगसँगै आफ्ना पसिनाहरू बगाइरहेछन् लिखुझैँ किसानका पसिना पिएर प्यासका र्तिसना मेटाइरहेका जमिन्दारहरू रातो अनुहार बनाएर उनीहरूलाई माटोमा हलगोरु जस्तै जोतिरहेकाछन् प्यारा किसानहरूलाई ! हेर्दाहेर्दै आँखाहरू जगमगाउँछन् ठूलो भेलमा उनीहरू बगिरहेका दृष्यहरू उभिन्छन् मेरो हृदयमा मानवता हराएको समयमा किसानका कथा वाचन गरिरहँदा उल्लू हुनसकिन्छ एककचौरा मोही पिएर दिनभर जोतिरहन्छन् एउटा हली दाई ! […]

२०७४ असार १५ गते, बिहीबार

म निर्धो छैन – वैरागी जेठा

प्रिय काल माक्र्स म निर्धो छैन नेपाली माटो भन्छ मेरो आँगन निर्भीक छ मेरो ,प्यारो नेपाल ! कालो रासँग जुझेर रूख र पातहरूको मीठो आवाजमा विहान पर्खिरहेको छ मेरो घर हामी कम्युनिष्टहरू छिमेकीहरूसँग सामाना गरिरहेछौँ पुष्पलालहरू फुलिरहेछन् हाम्रो सगरमाथामा भारतीय सैनिकहरू हामीसँग धावा खोलिरहेछन् मुर्दा भारतीहरूले सताइरहेकाछन् । हजारौँ शहीदका प्रेरणाले हामी जाग्नु छ । […]

२०७४ असार ८ गते, बिहीबार

विश्व संगीत दिवस मनाईंदै

काठमाडौं, ७ असार । आज विश्व संगीत दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ । अहिले संसारका एक सय […]

२०७४ असार ७ गते, बुधबार

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र छायाङ्कन

काठमाडौ, ३ असार । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । छायाङ्कन भएका चलचित्रमध्ये २५ वटा विदेशी, एक सार्क र २३ नेपाली रहेका छन् । एक चलचित्र निर्माणका […]

२०७४ असार ३ गते, शनिबार

हिँडु कहाँ – वैरागी जेठा

मल्ल्का आँसुहरू मेरो थाप्लामा वर्षिए मध्यान्हको प्रचण्ड गर्मीले लाश पोलेझै मलाई पोलिरहेथ्यो हरेक वहालहरूमा म उफ्रेर छटपटाइरहेँ मल्लका आँगनमा घामले मलाई पोलिरहेथ्यो हरेक चोकहरूले मलाई डामी रहे निरन्तर हाँसिरहेका मानव आकृतिहरू ज्यापूदाईले बनाएका बुख्याँचाझैँ रमाइरहेका थिए मेरो शरिरबाट बगेका पानीका भेलहरू आतुर थिए मल्लका आँसु पुछ्न मेरो मन मल्का परिश्रमहरूलाई प्रेम गरिरहेको हुन्छ वहालहरू चुपचाप […]

२०७४ जेष्ठ ३० गते, मंगलवार

एकसाँझ:सोल टु सुन्धारा – मिलनकान्छा किराती

घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । […]

२०७४ जेष्ठ २९ गते, सोमबार

जनकम्युन को हुन् ? –वैरागी जेठा

सत्ताका पूजारीहरू कुर्सी छोड्न तयार छैनन् लगातार गुलामहरू नै अगाडि बढिरहेछन् दुखद समाचार , भाषा नबुझ्ने मानिसहरू धेरै धेरै कम्युन छन् सल्लाका पातहरूझैँ यो देशमा ! तर को हो ? जनकम्युन ! शत्रुहरूसँग घाँटी जोडेर एकदम सजिलैसँग भनिदिन्छ जिन्दावाद । जनसेनाका आँसु पिएर आफ्नै टाउकाको मूल्य तोक्नेसँग कुर्सि जोगाउन संसद भवन कब्जा गरिरहेछ एउटा उल्लू […]

२०७४ जेष्ठ २२ गते, सोमबार